समाचार

अर्घाखाँचीमा जिप दुर्घटना, ६ जना घाइते

२०७२ वैशाख ६ गते ९:५२

अर्घाखाँची,६ वैशाख-अड्गुरी गाविसमा आइतबार दिउँसो भएको जिप दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।   पाल्पाको तानसेनबाट अर्घाखाँचीको सन्धिखर्क आउँदै गरेको ग१ख ५६७१ नम्बरको जिप अड्गुरी गाविस–६ भञ्ज्याङमा सडकबाट तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय...

रतन्धो र कुपोषणबाट जोगाउन भिटामिन ‘ए’

२०७२ वैशाख ६ गते ९:१७

काठमाण्डु, ६ वैशाख– ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई आइतबार भिटामिन ए र जुकाको औषधि खुवाइएको छ । सरकारले देशभर ५३ हजार महिला स्वास्थ्य स्वयंसेविका खटाएर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाएको हो । स्वास्थ्य सेवा विभागकाअनुसार देशभरका सबै स्वास्थ्य केन्द्र र तोकिएका अन्य...

कञ्चनपुरका एक दर्जन निजी विद्यालयमा तालाबन्दी

२०७२ वैशाख ६ गते ८:५७

भीमदत्तनगर,६ वैशाख-विभिन्न विद्यार्थी सङ्गठनले आइतबार कञ्चनपुरको महेन्द्रनगर र गड्डाचौकी क्षेत्रका एक दर्जन निजी विद्यालयमा तालाबन्दी गरेका छन् ।   शुल्क वृद्धिको विरोधमा आन्दोलित बनेका विद्यार्थी सङ्गठनले निजी विद्यालयका लेखाफाँटमा तालाबन्दी गरेको अनेरास्ववियुका जिल्ला सहसचिव नरेन्द्र कार्कीले जानकारी दिए ।   आन्दोलनरत विद्यार्थी सङ्गठनले महेन्द्रनगरस्थित...

निजी विद्यालय चलाउने सभासद्को घोसेमुन्टो

२०७२ वैशाख ६ गते ८:५०

काठमाण्डु, ६ वैशाख –निजी तथा आवासीय विद्यालयहरुले भर्नाका नाममा जारी वार्षिक असूलीका विषयमा संसदको एक समितिमा कुरा उठेपछि त्यस्ता विद्यालय चालउने सभासद्हरु घोसेमुन्टो लगाएर बसे । व्यवस्थापिका संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिले आइतबार प्राविधिक विद्यालयका बारेमा छलफलका लागि बोलाएको बैठकमा सभासद्हरुले...

माटो लिन गएका ३ बालिका एउटै रुखमा झुण्डिएपछि…

२०७२ वैशाख ६ गते ८:४९

भीमदत्तनगर,६ वैशाख-बझाङको सुर्मा गाविसमा एउटै रुखमा पासो लगाएर तीन बालिकाले सामूहिक आत्महत्या गरेका छन् । बझाङको सुर्मा गाविस–५ का १४ वर्षीया जुनतारा पुजारा,१४ वर्षीया रेखा पुजारा र १५ वर्षीया कविता बोहराले जङ्गलमा एउटै रुखमा नाम्लोले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको...

न्याय खोज्दै पत्रकार पोख्रेलको परिवार राजधानीमा

२०७२ वैशाख ६ गते ८:३१

काठमाण्डु, ६ वैशाख– करेसाबारीमा राखेको बम विष्फोटमा परि आमा नमादेवीको मृत्यू भएपछि त्रासले आफ्नो गाउँ छाडेका एकजना पत्रकारका परिवार यसबेला न्याय खोज्दै राजधानीमा भौतारिरहेका छन् । प्यूठान जिल्लाको ओखरकोट गाविस ५ को थातथलो छाडेर सदरमुकाम छेउको बाग्दुल बजारमा विस्थापित भएको सञ्चारकर्मी प्रमोद पोख्रेलका परिवार...

विपक्षीसँग कांग्रेस–एमालेले निर्णयक वार्ता गर्ने

२०७२ वैशाख ६ गते ८:२०

काठमाण्डु, ६ वैशाख–सत्तापक्षले संविधानका विवादित अन्र्तवस्तुबारे सहमति खोज्न विपक्षी दलहरुसँग निर्णयक बार्ता गर्ने भएका छन् । आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ कांग्रेस र एमालेको बैठकले त्यस्तो निर्णय गरेको हो । बैठकले एमाओवादी सहितका विपक्षी दलहरुसँग आईतबार बाटै निर्णायक वार्ता थाल्ने र सहमति...

६ महिनादेखि बन्द भएका डोल्पाका विद्यालय खुल्न सुरु

२०७२ वैशाख ६ गते ७:३६

त्रिपुराकोट,६ वैशाख-गत मङ्सिर महिनादेखि बन्द भएका उपल्लो डोल्पाका विद्यालय बल्ल खुल्न सुरु गरेका छन् ।   मङ्सिरमा सुरु हुने वार्षिक परीक्षा सकाएर जाडो छल्न बेंसी झरेका शिक्षक विद्यार्थीहरु गाउँ फर्किन सुरु गरेपछि विद्यालय खुल्न सुरु भएको हो ।   उपल्लो डोल्पामा कात्तिक महिनादेखि नै...

विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबीच सिंहदरवारमा वार्ता हुँदै

२०७२ वैशाख ६ गते ७:२९

काठमाण्डु,६ वैशाख-शुल्क वृद्धिको विषयमा विभिन्न विद्यार्थी सङ्गठनले आन्दोलन चर्काएपछि शिक्षा मन्त्रालयले आइतबार सरोकारवालासहित विद्यार्थी नेताहरुलाई वार्तामा बोलाएको छ ।   मन्त्रालयले आइतबार दिउँसो २ बजे सिंहदरबारमा वार्ताका लागि विद्यार्थी सङ्गठनका प्रतिनिधि, निजी विद्यालय सञ्चालक संस्था प्याब्सन र एन प्याब्सन तथा अभिभावक सङ्घका प्रतिनिधिलाई आमन्त्रण...

काठमाण्डुमा ट्रकको ठक्करबाट एक छात्राको मृत्यु

२०७२ वैशाख ६ गते ७:२४

काठमाण्डु,६ वैशाख-चाबहिल गोपीकृष्ण हल अगाडि मिनी ट्रकले ठक्कर दिदा पशुपति बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मुत्यु भएको छ ।   क्याम्पसमा अध्ययन गरेर कपन सरस्वतीनगरस्थित निवास फर्कदै गरेकी ओखलढुङ्गाकी २१ वर्षीया बालकुमारी दाहाललाई बाटो काट्न लाग्दा आइतबार बिहान बा१ख ९११२ नम्बरको मिनी ट्रकले ठक्कर...

नीलगाई मारेर मासु आधा दिने भनेपछि …

२०७२ वैशाख ६ गते ६:३७

कपिलवस्तु, ६ वैशाख– नीलगाई मारेर मासु आधा दिने प्रलोभन आफ्नै भतिजाले दिएपछि घरको हतियार चोरी शिकारका लागि दिने ठूलोबाबु समस्यामा परेका छन् । प्रहरीले कपिलवस्तु अजिगरा–४ का ३९ वर्षीय अफजल हुसैनलाई हतियारसहित पक्राउ गरेको छ । रातको बेला नीलगाई शिकार गर्न निस्केका हुसैनलाई इप्रका...

बौद्धनाथ घुम्ने पथको जीर्णोद्धार सुरु

२०७२ वैशाख ६ गते ५:४५

काठमाण्डु, ६ वैशाख– बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्यको परिक्रमापथ जीर्णोद्धार सुरु गरेको छ । उक्त स्थानमा बिछ्याइएका ढुङ्गा पुराना भई खिइन थालेपछि त्यसको मर्मतसम्भार हुन थालेको हो । आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि भएपछि सो स्थानमा एक वर्ग फुटका ढुङ्गा ओछ्याएर त्यसलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us