समाचार

संविधानविद् भीमार्जुन आचार्य भन्छन्, ‘प्रक्रियामा जाँदैमा सत्तापक्ष मात्तिनु र प्रतिपक्ष आत्तिनु पर्दैन’

२०७२ वैशाख ५ गते ७:३४

रोल्पा, ५ वैशाख– संविधानविद् डा. भीमार्जुन आचार्यले संविधान निर्माणका लागि दलहरुले दलगत स्वार्थ त्यागेर अगाडि बढ्नुपर्ने बताएका छन् । स्थानीय शान्ति समिति रोल्पाले शनिबार सदरमुकाम लिबाङमा आयोजना गरेको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोग तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा...

आज मातातीर्थ औंसी, मातातीर्थमा दर्शनार्थीको भिड

२०७२ वैशाख ५ गते ६:४३

काठमाण्डु, ५ वैशाख–मातातीर्थ औंसीका अवसरमा आज काठमाण्डु दक्षिण पश्चिमभेगस्थित मातातीर्थमा दर्शनार्थीको अत्याधिक भिड लागेको हो । वैशाखकृष्ण औंसीका अवसरमा प्रत्येक वर्ष मातातीर्थमा मेला लाग्छ । मातातीर्थ आंैसीका दिन आमा नहुनेहरुले मातातीर्थमा आमाको श्राद्ध गरी दान गरेमा दिवङ्गत आमाले मुक्ति पाउने र सन्तानलाई सुख शान्ति...

अछाममा जन्मिए बाँदरको जस्तो रुप भएका अनौठा बालक

२०७२ वैशाख ५ गते ६:३८

अछाम, ५ वैशाख–यहाँ एक अनौठो शिशुको जन्म भएको छ । दुर्गम बलाता –४ बास्कोटकी बिन्द्रा साउदले जन्म दिएको बालकको रुप बाँदरको जस्तो र टाउकाको गिदी बाहिरी भागमा छ । बलाता स्वास्थ्य चौकीमा माता बिन्द्रा र पिता मानबहादुर साउदका पहिलो सन्तानका रुपमा शनिबार बिहान जन्मिएका...

 सम्पदा जोगाउन साइकल यात्रा

२०७२ वैशाख ५ गते ६:१५

काठमाण्डु, ५ वैशाख–विश्व सम्पदा सूचीमा परेका नेपालका पुरातात्विक सम्पदाको संरक्षण तथा प्रबद्र्धन गर्ने उद्देश्यले सम्पदा साईकल यात्रा सुरु भएको छ । शनिबार विभिन्न सामाजिक संघ–संस्था सम्पदा संरक्षणकर्मी युवाहरुले विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका दरबार परिसरबाट साईकल यात्रा सुरु गरेका छन् । बुद्ध जयन्तीको दिन...

कलेजो दिवसका अवसरमा चेतनामूलक र्‍याली

२०७२ वैशाख ५ गते ६:१२

काठमाण्डु, ५ वैशाख– विभिन्न चेतनामूलक कार्यक्रम गरी शनिबार विश्व कलेजो दिवस मनाइँदैछ । विभिन्न अस्पतालमा कलेजोसम्बन्धि विज्ञ चिकित्सकहरु काठमाण्डुको बशन्तपुरमा जम्मा भएर सचेतना र्‍याली निकालेका छन । र्‍यालीमा सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले मानव शरीरमा कलेजोको काम र सुरक्षाबारे सबैलो जानकारी राख्नु पर्ने बताए । नेपालमा...

धादिङमा बस र टिपर ठोकिँदा नौ घाइते

२०७२ वैशाख ५ गते ६:१०

धादिङ ५ वैशाख– धरानबाट काठमाण्डु आउँदै गरेको बस एउटा टिपरसँग शनिबार बिहान धादिङको थाक्रे – ५ जुँगेखोलामा ठक्कर खाँदा नौ यात्रु घाइते भएका छन् । जुँगेखोलामा काठमाण्डुबाट बैरेनीतर्फ जाँदै गरेको बा २ ख ७५७० नं को टिपरले ना ५ ख ४३७१ नं को बससँग...

सबै समस्याको जड सरकारः प्रचण्ड

२०७२ वैशाख ५ गते ६:०४

भैरहवा, ५ वैशाख– राजनीतिक गतिरोधको प्रमुख कारक सरकार र सत्तारुढ दलहरु भएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । शनिबार बिहान गौतमबुद्ध विमानस्थल भैरहवामा आयोजित पत्रकारसम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा राखेका हुन् । उनले मुलुकमा संक्रमणकाल लम्बिनुको प्रमुख कारण सत्तारुढ दलहरु नै...

प्रधानमन्त्री कोइराला नास्प सम्मेलनमा भाग लिन जाकर्ता जाँदै

२०७२ वैशाख ५ गते ५:३५

काठमाण्डु, ५ वैशाख– प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जाकर्ता र बाङ्डुङ सहरमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी नास्पको १०औँ वार्षिकोत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै यही वैशाख ७ गते त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । ‘विश्व शान्ति तथा समृद्धि...

डाँका मुद्धाका फरार प्रतिवादी पक्राउ

२०७२ वैशाख ४ गते १३:४०

झापा,४ वैशाख-डाँका मुद्दाका फरार प्रतिवादी ११ वर्षपछि झापाको शनिअर्जुन नगरपालिकाबाट शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ निवासी ४३ वर्षीय कमल विक रहेको प्रहरी चौकी शनिश्चरेका प्रहरी सहायक निरीक्षक सार्कीधन राईले जानकारी दिए ।   विसं २०६६ मा सर्वोच्च अदालतले नौ वर्ष...

नेपाल फर्के ज्ञानेन्द्र

२०७२ वैशाख ४ गते १३:२४

काठमाण्डु, ४ वैशाख– केही दिनअघिदेखि भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार साँझ नेपाल फर्केका छन् । एक महिना लामो भ्रमणका लागि भारत गएका भनिएका शाह आमाको मुख हेर्ने भन्दै नेपाल फर्केका हुन् । शाहसँगै उनकी बुहारी हिमानी शाह लगायतको टोली समेत भारत भ्रमणमा...

दिवंगत पुर्वप्रधानमन्त्री थापाको अन्त्येष्टि

२०७२ वैशाख ४ गते १३:२३

काठमाण्डु, ४ वैशाख–दिवंगत पुर्वप्रधानन्त्री सुर्यबहादुर थापाको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय थापाका एक मात्र छोरा सुनिल थापाले दागवत्ती दिएका थिए । सुनिल वर्तमान सरकारका आपुर्ति मन्त्री समेत हुन् । राजकीय सम्मानका साथ गरिएको थापाको अन्त्येष्टिमा नेपाली सेनाले सम्मान गारद् अर्पण...

एमालेले सरकार छाड्न सक्ने भण्डारीको चेतावनी

२०७२ वैशाख ४ गते १३:१०

पोखरा,४ वैशाख-नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधान निर्माणमा ढिलासुस्ती हुन्छ भने एमालेले सरकार छाड्न सक्ने चेतावनी दिएकी छन् ।   अखिल नेपाल महिला सङ्घ कास्कीको दुई दिने सातौ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सो चेतावनी दिएकी हुन् । उपाध्यक्ष भण्डारीले नयाँ संविधान निर्माणको जिम्मेवारी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us