काठमाण्डु,४ वैशाख-वीर भक्ति थापा राष्ट्रिय एकता अध्ययन केन्द्रले थापालाई राष्ट्रिय विभूति घोषित गर्नुपर्ने माग गरेको छ । देउथल युद्ध र वीर भक्ति थापाको २००औँ स्मृति दिवसको अवसरमा केन्द्रद्वारा शुक्रबार आयोजित कार्यक्रममा सहभागीले नेपालको एकीकरणमा महत्वपूर्ण योगदान पु¥याएका वीर भक्ति थापालाई राज्यले समेट्न नसकेको...
काठमाण्डु, ४ वैशाख– काठमाण्डु मेडिकल कलेजले कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरेको छ । कलेजले आफ्नो १६ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार पत्रकार सम्मेलन गरी कलेजो प्रत्यारोपण सेवा सुरु गर्न लागेको जानकारी दिएको हो । अंग प्रत्यारोपण नियमित तथा निषेध ऐन २०५५...
काठमाण्डु,४ वैशाख-राजनीतिक समूह,व्यापारिक तथा व्यावसायिक संस्थाको दबाबका कारण सञ्चारकर्मीले स्वतन्त्र रुपमा समाचार सङ्कलन तथा प्रकाशन गर्न नसकेको पाइएको छ । नेपाल पत्रकार महासङ्घको आयोजना तथा युनेस्कोको प्राविधिक सहयोगमा शुक्रबार आयोजना गरिएको‘स्वःनियन्त्रण तथा सञ्चारकर्मीको सुरक्षा’विषयक एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीले भ्रष्टाचार,अपराधिक र अन्य कारणले...
काठमाण्डु,४ वैशाख-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे आगामी बुधबार इन्डोनेसियाको राजधानी जकार्तामा हुने एसियाली–अफ्रिकी मन्त्रीस्तरीय बैठकमा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । त्यसअघि हुने वरिष्ठ अधिकारीका बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका निमित्त सचिव शङ्करदास वैरागी शुक्रबारनै इन्डोनेसिया प्रस्थान गरिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ...
काठमाण्डु, ४ वैशाख–तार्केश्वर नगरपालिका–१० लोलाङमा घर ढलान काम गर्नेक्रममा शुक्रबार जेनेरेटरमा तार सर्ट भई करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । करेन्ट लागेर घाइते भएका लोलाङ बस्ने नुवाकोटका ३२ वर्षीय सुमन तामाङको जनमैत्री अस्पताल बालाजुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।...
कैलाली, ४ वैशाख–कैलालीको धनगडीबाट डोटीको बिपीनगरको लागि हिँडेको से १ ख ८३२ नम्बरको यात्रुबाहक बसमा एकजना मृत फेला परेका छन् । कैलालीको डोटी लाना केदारेश्वर–७ का ३० वर्षीय तेजबहादुर कठायत शुक्रबार गाडीभित्र मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक...
काठमाण्डु,४ वैशाख-राष्ट्रपति रामवरण यादवले पटक पटक नेपालको प्रधानमन्त्रीमा रही राष्ट्रको गहन जिम्मेवारी बहन गरेका कुशल एवम् अनुभवी राजनीतिज्ञ थापाको निधनबाटमुलुकलाई ठूलो क्षति भएको बताएका छन् । आफ्नो सम्पूर्ण जीवन मुलुकको राजनीतिमा समर्पण गरेका थापाको समन्वयकारी भूमिका, स्पष्ट राजनीतिक दृष्टिकोण, दृढ इच्छाशक्ति र सन्तुलित व्यवहार...
काठमाण्डु,४ वैशाख-प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर उनीप्रति श्रद्धासुमन अर्पण गरेका छन् । प्रधानमन्त्री कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष थापाप्रति दशरथ रङ्गशालामा पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन् । नेता थापाप्रति राष्ट्रिय झन्डा ओढाएर प्रधानमन्त्री कोइरालाले सरकारका...
भक्तपुर,४ वैशाख-परापूर्वकालदेखि बोडेका बासिन्दाले धान्दै आएको प्रसिद्ध जिब्रो छेड्ने जात्रा सञ्चालनका मुख्य व्यक्ति जुजुभाइ बाँस श्रेष्ठले जिब्रो छेडेको तीन दिन बित्दा पनि दुखाइ घटेको छैन । परम्परा धान्नकै लागि २०६६ सालबाट निरन्तर जिब्रो छेड्दै आएका थिमी बोडे–१ का ३६ वर्षीय श्रेष्ठले यस वर्ष...
काठमाण्डु, ४ वैशाख– एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले आफ्नो फेसबुकमार्फत सूर्यबहादुर थापाको निधनमा आफूले अभिभावक गुमाएको लेखेपछि उनलाई सयौं फलोअरले जिल्याएका छन् । भट्टराईले बिहीबार र शुक्रबार एक एकवटा स्टाटस लेखेका छन् । उनले बिहीबार लेखेको स्टाटसमा यस्तो छः ‘नेपाली राजनीतिका एक शीर्ष व्यक्तित्व...
मध्यपुरथिमि,४ वैशाख- भारतीय संविधान निर्माता,दलित वर्गका नेता बाबासाहेव डा भीमराव अम्बेडकरको १२४ औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ नेपालमा मनाइएको छ । भारत महाराष्ट्र प्रान्तको रत्नागिरा जिल्लास्थित ‘अम्बाबडे’ ग्राममा सन् १८९१ अप्रिल १४ तारिखमा जन्मेका डा अम्बेडकरले अछुत जातिको पक्षमा निरन्तर सङ्घर्ष गरी समानताको...
काठमाण्डु, ४ वैशाख–एमाले पोलिट्व्यूरो सदस्य डा विजय पौडेलले विकसित देश हुन्थ्यो र दण्डहीनता नभएको देश हुन्थ्यो भने सूर्यबहादुर थापा जेलभित्रैबाट मृत्युवरण गर्ने बताएका छन् । आफ्नो फेसबुक पेजमा शुक्रबार उनले लेखेका छन्, ‘विकसित देश हुन्थ्यो वा दण्डहीनता नभएको देश हुन्थ्यो भने सूर्यबहादुर थापा जेलभित्रैबाट...