बनेपा,७ वैशाख-जेष्ठ नागरिकसम्बन्धी दुईदिने समीक्षा तथा योजना तर्जुमा गोष्ठी र पाँचदिने स्याहारकर्ता प्रशिक्षक प्रशिक्षण तालिम सोमबारदेखि बनेपाको बुडोलमा सुरु भएको छ । महिला,बालबालिका तथा समाज कल्याण मन्त्रालय र राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घको संयुक्त आयोजनामा सात दिनसम्म चल्ने गोष्ठी तथा तालिममा महिला,बालबालिका तथा समाज...
काठमाण्डु,७ वैशाख-प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाको जकार्ता र वाङ्डुङमा आयोजना हुने एसियाली–अफ्रिकी सम्मेलनको ६०औँ तथा नयाँ एसियाली–अफ्रिकी रणनीतिक साझेदारी ९नास्प०को वार्षिकोत्सवमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । सो अवसरमा प्रधानमन्त्री कोइरालालाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख सुवास नेम्वाङ,...
पार्टीभित्र अन्तरघात भएको भन्दै छानबिनको माग काठमाण्डु, ७ चैत– संविधानसभाको उपनिर्वाचनमा बागलुङमा एमाओवादी एमाओवादीका उम्मेदवारको जमानत जफत भएपछि अहिले सामाजिक सञ्जाल मार्फत विभिन्न नेतामाथि आरोप प्रत्यारोप सुरु भएको छ । एमाओवादीका उम्मेदवार बनेका कृष्ण केसीले सोमबार काठमाण्डु टुडेसँग कुरा गर्दै निर्वाचनमा पराजय भएपछि निर्वाचन...
काठमाण्डु, ७ बैशाख- लामो समय आमरण अनसनमा बसेर चर्चा कमाएका प्रा। डा गोविन्द केसी बिरामीको उपचारका लागि जाजरकोटतर्फ लागेका छन्। उनी सोमबार बिहान नेपालगंजबाट केही दिनदेखि महामारीका कारण उच्च जोखिममा रहेको जाजरकोटतर्फ लागेका हुन्। केसी आफ्ना केही सहयोगिसहित त्यसतर्फ प्रस्थान गरेको बताइएको छ...
पोखरा,७ वैशाख-पृथ्वी राजमार्ग बस सञ्चालक समितिले तीन वर्षभित्र लामो दूरीमा चल्ने सबै डिलक्स बस सञ्चालन गर्ने भएको छ । यात्रुलाई स्तरीय र गुणस्तरीय सेवा दिने उद्देश्यले उक्त योजना ल्याएको समितिका अध्यक्ष ऐनकुमार साहीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । लामो दूरीमा...
गोरखाबजार ७ वैशाख-हावाहुरीले विद्युत्को पोल ढालेपछि गोरखाको विभिन्न गाविस विद्युत्विहीन भएका छन् । हावाहुरीले काठको पोल ढालेपछि केराबारी,थालाजुङ,ताप्ले,फिनाम,बगुवालगायतका गाविस विद्युत्विहीन भएका हुन् । दुई साताअघि आएको हावाहुरीले अधिकांश काठे पोल ढालेका छन् । विद्युत्को ट्रान्सफर्मर जलेपछि गाउँ रातमा अन्धकार हुनुको साथै विद्युत्को...
चितवन,७ वैशाख-जिल्लालाई खुला दिसामुक्त घोषणा गरेपनि खुला चौरमा शौच गर्न बाध्य चितवनको विकट लोथर गाविसका चेपाङहरुले अहिले भने शौचालय प्रयोग गर्न पाएका छन् । साथै गाउँका टोलटोलमा खानेपानीको सुविधा पनि उपलब्ध भएको छ । खानेपानी र शौचालय प्रयोग गर्न पाएपछि कान्द्राङगढीका चेपाङ खुसी...
इलाम,७ वैशाख-सूर्योदय नगरपालिका–३ का एक बृद्धको सोमबार बिहान भिरबाट लडेर मृत्यु भएको छ । घरबाट बजारतर्फ आउने क्रममा ८० वर्षीय धनबहादुर राईको सोही वडामा पर्ने सुन्तले भिरबाट लडेर मृत्यु भएको हो । वृद्धको शव निकाल्न आइतबारे र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली...
बनेपा, ७ वैशाख – बनेपामा नेवारी समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्राको तयारी सुरु भएको छ । जात्राका लागि बनेपा नगरपालिकाले १२ लाख लाख, मालपोत कार्यालयमार्फत नेपाल सरकारले ३३ हजार ५ सय र अन्य गरी १७ लाख ३३ हजार ५ सय खर्च हुने बनेपा नगरपालिकाका...
काठमाण्डु, ७ वैशाख– सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगबारेको पछिल्लो फैसला पुनरावलोकनका लागि अदालतमा निवेदन दिने भएको छ । सरकारका तर्फबाट केही दिनभित्रै कानूनमन्त्री नरहरि आचार्यले पुनरावलोकनका लागि निवेदन दिनेछन् । प्रमुख तीन दल काँग्रेस–एमाले र एकीकृत माओवादीका शीर्ष नेताको सोमबार बालुवाटारमा...
काठमाण्डु, ७ वैशाख– प्रमुख तीन दलले संविधान निर्माणमा सहमति भएका विषयलाई प्रक्रियामा अघि बढाउने र नमिलेका विषयमा सहमति जुटाउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान बसेको कांग्रेस एमाले र एमाओवादीका शीर्ष नेताको बैठकले यही वैशाख १० गते...
बागलुङ, ७ वैशाख– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ । लोकमार्गको घोडावाधेदेखि हटियासम्मको करिब २० किलोमिटर सडक कालोपत्र गर्न सुरु गरिरएको हो । लोकमार्ग घोडावाधे–हटियो खण्डको २० किलोमिटर सडक कालोपत्र करिब ४५ करोडको लागत अनुमान गरिएको छ...