काठमाण्डु,७ वैशाख-परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले देशका विभिन्न ६४ वटा उत्तरपुस्तिका परीक्षण केन्द्रबाट एसएलसीको उत्तरपुस्तिका परीक्षण सुरु गरेको छ । गत चैत ५ गते सुरु भई १६ गते सकिएको एसएलसी परीक्षामा देशभरबाट पाँच लाख ७४ हजार ६८५ विद्यार्थी सहभागी भएका थिए । परीक्षा...
जाजरकोट,७ वैशाख-जिल्लाको टालेगाउँ गाविस खुला दिशामुक्त घोषणा हुँदा टालेगाउँ–३ का स्थानीयवासी उमाकान्त सिंहलाई लागेको थियो– अब गाउँमा कुनै किसिमका रोग फैलिँदैन । तर गएको वैशाख १ गते ठूलीआमा महिसरा सिंहको मौसमी रुघाखोकीका कारण ज्यान गएपछि उनी छाँगाबाट खसे जस्त भए । सरकारले समयमा...
काठमाण्डु ७ वैशाख– लुम्बिनी फाउन्डेसनले लुम्बिनी क्षेत्रको समग्र विकासको लागि योजनासहितको ५३ बुँदे मागपत्र प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्दै सार्वजनिक गरेको छ । लुम्बिनीबासीको मागलाई समेटेर फाउन्डेसनले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर माग पत्र सार्वजनिक गरेको हो । मागपत्रमा बुद्ध जन्मभूमिलाई सम्मान...
मोरङ,७ वैशाख-मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका जिल्लाका निजी अस्पतालको नवीकरणमा रोक लगाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शिवनारायण यादवले मापदण्ड विपरीत सञ्चालन भइरहेका अस्पताललाई कारबाहीस्वरुप नवीकरण रोक लगाइएको बताए । यादवले निजी अस्पतालले स्वास्थ्य निर्देशिका–२०७० को उपहास गरेको भन्दै मापदण्ड...
काठमाण्डु, ७ वैशाख– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हस्तबहादुर विश्वकर्मामाथि करोडौंको ठगीको आरोप लागेको छ । ठगीमा परेका पीडितहरुले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर कम्पनी, सवारी साधन खरिद, भाडामा प्रयोग, ठेक्काका काम नगरी रकम लिएको र नगद लिएर रकम नै नभएको...
काठमाण्डु, ७ वैशाख– स्वास्थ्यमन्त्री खगराज अधिकारीले जाजरकोटमा स्वाइनफ्लुले भन्दा अन्य कारणले धेरै मान्छे मरेका बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बल्दै मन्त्री अधिकारी भने, ‘अहिलेसम्म स्वास्थ्य परीक्षण गरिएको चार हजार बिरामीमध्ये २५ प्रतिशतमा मात्र फ्लुको सक्रमण पाइएको छ । निधन...
काठमाण्डु,७ वैशाख– नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले नेपाली कांग्रेसमा दुइथरि मौरी रहेको बताएका छन् । सोमबार तनहुँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कांग्रेसमा रहेका भाले मौरीले बसेरमा मात्र खाएको आरोप समेत लगाए । उनले...
पैसा माग्दा आयो डन प्रयोग गरेर ज्यान मार्ने धम्की काठमाण्डु, ७ वैशाख– जेन डेभलपर्स एन्ड विल्डर्स प्रालीले बुढानिलकण्ठ–७ मा विकास गरिरहेको कान्तिपुर क्यास्टल नामक हाउजिङ परियोजना काम गराएर रकम नदिएपछि भवन निर्माणको जिम्मेवारी पाएका निर्माण कम्पनीहरु बेहाल बन्न पुगेका छन् । जेन प्यासेफिकबाट २०६९...
काठमाण्डु,७ वैशाख-ललितपुरको लुभूमा यस वर्ष पनि महालक्ष्मी–महाभैरवको रथ जात्रा मनाइने भएको छ । महालक्ष्मी नगरपालिका वडा नं ५,६,७ र ८ ९साविकको लुभूमा० प्रत्येक वर्ष अक्षय तृतीयादेखि पूर्णिमासम्म यो जात्रा मनाउने गरिन्छ । नेपाल संवत् ४२५ मा राजा हरिहरसिंह मल्लले लुभूको बस्ती बसालेको केही...
फेसबुकमा लेखे ‘उपचारका लागि गएको’ काठमाण्डु, ७ वैशाख– नेकपा एमालेका नेता शंकर पोखरेलले अमेरिका भ्रमणको चाँजो अध्यक्ष केपी ओली र महासचिव इश्वर पोखरेलले मिलाइदिएको बताएका छन् । एक महिने अमेरिका भ्रमण सकेर नेपाल फर्केपछि उनले आफ्नो फेसबुकमा भ्रमणको फेहरिस्त लेखेका छन् । अमेरिका पुगेर...
काठमाण्डु, ७ वैशाख– नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुंगानाले दलहरुबीच असार मसान्तभित्र संविधान जारी गर्ने गरी सहमति बनेको बताएका छन । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले प्रमुख दलका शीर्ष नेताहरुको बैठकले सहमतिमा आइसब्रेक गरेको बताउँदै संविधान जारी भए पछि पनि सुशिल...
काठमाण्डु, ७ फागुन–एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले आफूहरु पाँच जिल्लाको विवाद संघीय आयोगलाई जिम्मा दिएर सहमति गर्न तयार रहेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लवको साक्षत्कारमा बोल्दै कोषाध्यक्ष गजुरेलले ठोस सहमति भई नसके पनि सहमतिमा संविधान बनाउनु पर्छ भन्ने सबैले सहसुस गरेको र दलहरुबीचको छलफलले...