धुलिखेल, ८ वैशाख– धुलिखेल बाँसघारीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । गएराति करिब १ बजे बा३५प ४४३२ नं को मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल पछाडि बस्ने द्वारिका होटल धुलिखेलको सर्भिस डिपार्टमा कार्यरत पाँचखाल–१ खावाका ४२ वर्षीय दीपकराज गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ...
जाजरकोट,८ वैशाख-रामीडाँडा गाविस वडा नं ७ का ६१ वर्षीय लालवीर नेपालीको गएराति मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंका अनुसार योसहित स्वाइन फ्लु र मौसमी रुघाखोकीबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । रामीडाँडामा अहिले बिरामीको सङ्ख्या बढेको स्थानीय...
वीरगन्ज, ८ वैशाख– काठमाण्डुबाट सर्लाहीको मलङ्गवाका लागि छुटेको यात्रुबाहक रात्रिबस गएराति दुर्घटना ग्रस्त हुँदा तीन जना यात्रुहरुको मृत्यु भएको छ । मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार काठमाण्डुबाट हिँडेको ना ४ ख ४५१६ नम्बरको यात्रुबाहक बस पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बाराको पिलुवा नजिकै दुर्घटनाग्रस्त भएको...
दाङ, ८ वैशाख–नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले एमाले कांग्रेस नेतृत्वको सरकामा सामेल हुनु लोकतन्त्रविपरित भएका बताएका छन् । रिपोर्टर्स क्लब दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले निर्वाचनमा पहिलो हुने दलले सरकारको नेतृत्व र दोस्रो हुने दल प्रमुख प्रतिपक्षमा बस्नु पर्नेमा...
चितवन, ८ वैशाख–चितवनमा स्वाइन फ्लुका १३ जना नयाँ बिरामी फेला परेका छन् । पछिल्लो प्रतिवेदनअनुसार १३ मध्ये चितवन नै घर भएका १० र चितवनमा उपचारका लागि आएका नवलपरासीका दुई तथा उदयपुरका एक बिरामी पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी...
दोलखा, ८ वैशाख– नेकपा माओवादी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले सिङ्गटीमा एक घर र जग्गा आफ्नो कब्जामा लिएको घोषणा गरेको छ । माओवादी दोलखाले सिङ्गटीस्थित लादुक–८ को पूर्वसांसद एमाओवादी नेता जितवीर लामाको एक कच्ची घर र एमाले नेताले सञ्चालन गर्न लागेको लामिडाँडा–६ को सामुदायिक स्वास्थ्य...
मोरङ, ८ वैशाख– विराटनगरमा खानेपानी मिनिरल वाटरमा अखाद्य वस्तु माटोको लेदो फेला परेको छ । श्रीजल उद्योगले उत्पादन गरेको सिलबन्दी प्याक पानीको बोतलको सिलबन्दी प्याकमा माटोको लेदो भेटिएको हो । जिल्ला शिक्षा कार्यालय मोरङमा पिउनका लागि एक कार्टुन पानीका बोतल मगाइएकामा कार्टुनमा रहेका सबै...
काठमाण्डु,७ वैशाख-मौसमी फ्लु फैलिएर जनजीवन अस्तव्यस्त भएको जाजरकोटमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीका चिकित्सकसहितको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । उपचारका लागि आवश्यक उपकरण र औषधिसहित नेपाली सेनाको हेलिकप्टरमार्फत टोली जाजरकोट प्रस्थान गरेको सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए । सुरक्षा...
कावासोती,७ वैशाख-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रक्रियाबिना संविधान बताएका छन् । मदन भण्डारी स्पोटर्स एकेडेमीले कावासोतीमा सोमबार गरेको पिपुल कन्सर्टको उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘संविधानसभाले प्रक्रियाबाटै संविधान निर्माण गर्ने हो,त्यो प्रक्रिया थाल्दा बहुमतीय हुन्छ भन्ने कुरा फिक्का हुन्छ ।’ उनले भने,‘सहमतिमा...
अध्यक्ष सुवास नेम्वाङ र उपाध्यक्ष ओनसरी घर्तीले मात्र १५ महिनामा राज्यको ढुकुटीबाट तलब सुविधावापत १ करोड १ लाख रुपैयाँ लिए काठमाण्डु, ७ वैशाख– संविधान निर्माणको काममा कुनै प्रगति नभएपनि संविधानसभाले १५ महिनाको अवधिमा राज्यकोषको १ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ खर्च गरेको छ...
भीमदत्तनगर,७ वैशाख-नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पार्टी प्रवक्ता दीलेन्द्र बडूले संविधान निर्माण प्रक्रियादेखि सकारात्मक ढङ्गले अघि बढेको बताएका छन् । सोमबार भएको नेपाली काँग्रेस,नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको सहमतिले वैशाख १० गतेपछि नयाँ परिस्थितिको निर्माण हुने विश्वाससमेत उनले व्यक्त गरे ।...
काठमाण्डृु, वैशाख ७– व्यवस्थापिका संसद्को विकास समितिले आफ्नो सक्रियताका कारण राष्ट्रिय गौरवका आयोजनाको कामकारवाहीमा प्रगति भएको दावी गरेको छ । समितिका सभापति रविन्द्र अधिकारीले समितिको सक्रियताका कारण राष्ट्रिय गौरवका आयोजनाहरुले धमाधम काम अगाडि बढाएको बताए । सरकारले विभिन्न २१ वटा आयोजनालाई राष्ट्रिय गौरवका आयोजना...