बाजुरा, ९ वैशाख– जिल्ला शिक्षा कार्यालय बाजुराले बिहीबारबाट औपचारिक रुपमा विद्यार्थी भर्ना अभियान सञ्चालन गरे पनि जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक पु¥याउन नसक्दा पुस्तक बिनै भर्ना अभियान सञ्चालन भएको छ । गत वर्षको तथ्याङ्कलाई हेर्ने हो भने जिल्लामा कक्षा १ देखि १० सम्म ८०...
दाङ, ९ वैशाख– विद्युतीय प्रणालीअन्तर्गत सञ्चालित बैंकको खाता अनाधिकृत रुपमा परिवर्तन गरी पैसा निकाल्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले दाङका दुई जनालाई पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिबिआइले कम्प्युटर प्रविधिबाट सञ्चालित बैंकको खाता परिर्वतन गरी अनाधिकृत रुपमा पैसा निकाल्ने कार्यमा...
ललितपुर, ९ वैशाख–ललितपुरको जावलाखेलमा एक यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते बनेका छन् । ललितपुरको बुङमतीबाट रतन्पार्कतर्फ आइरहेको बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार १६ यात्रु घाइते भएका हुन् । बस पल्टिदा मोटसाइकललाई समेत ठक्कर दिन पुगेको थियो । ठक्करबाट मोटरसाइकलमा सवार...
धादिङको झ्याप्रेखोलामा भारतीय तीर्थयात्रु चढेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पशुपतिको दर्शन गरेर गोरखपुर जाँदै गरेको बस दुर्घटना भएको हो । दुर्घटनास्थलमा अहिले प्रहरी र सर्वसाधरण उद्दारका लागि पुगिसकेका छन् । घटनाको बिस्तृत बिवरण आउन बाँकी छ ।...
भीमदत्तनगर, ८ वैशाख– नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले पञ्चेश्वर परियोजना निर्माण भए नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाड हुने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा मंगलबार आयोजित ‘पञ्चेश्वर बहुउद्देश्यीय परियोजना केन्द्रित नेपाल भारत द्विपक्षीय आर्थिक सम्बन्ध र सीमा वारपार आदानप्रदान’ विषयको गोष्ठीलाई सम्बोधन गर्दै...
काठमाण्डु,८ वैशाख-सर्वोच्च अदालतले स्वाइन फ्लुको महामारी फैलिएको जाजरकोट जिल्लामा २४ घन्टाभित्र उच्चस्तरीय चिकित्सक टोली र उचित स्रोत साधनको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले मंगलबार तत्काल स्रोत साधनसहित टोली सो स्थानमा पठाई उपचारको व्यवस्था गर्न आदेश दिएको...
काठमाण्डु,८ वैशाख-सर्वोच्च अदालतले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन तीन महिनाभित्र गराउन परमादेश दिएको छ । प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र चोलेन्द्रशम्शेर जबराको संयुक्त इजलासले स्ववियु निर्वाचन गराउन सरकार र त्रिवि विश्वविद्यालयलाई आदेश दिएको अदालतका सहप्रवक्ता बाबुराम दाहालले जानकारी दिए । राष्ट्रिय जनमोर्चानिकट विद्यार्थी...
काठमाण्डु,८ वैशाख-नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानका लागि पार्टीको विचार,विधान र नेतृत्व मान्नुपर्ने बताएका छन् । युवा सङ्घ नेपालले मंगलबार आयोजना गरेको ‘स्वागत तथा विदाई’ कार्यक्रममा उनले सो कुरा बताएका हुन् । पार्टीको नवौँ महाधिवेशनले पारित गरेको विधानलाई सबैले मान्नुपर्नेमा...
तनहुँ ८ वैशाख– घाँसीकुवा–४ देउरालीस्थित पृथ्वी राजमार्गमा ना ४ ख २०१७ नम्बरको ट्रकले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । अनटेस्ट लेखेर मोटरसाइकल चलाइरहेका क्याट्रिम–९ बस्ने सुवास नेपालीको मंगलबार घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । गम्भीर घाइते भएका मोटरसाइकल पछाडी...
काठमाण्डु, ८ वैशाख– मंगलबार नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीले उर्जा सचिव राजेन्द्र क्षेत्रीको घरमा कालो झण्डा गाडेका छन् । पछिल्लो समयमा विभिन्न जिल्लामा जनकारबाही भन्दै विभिन्न किसिमका कारबाहीका गतिविधि तिब्र बनाएको सो पार्टीले जलविद्युत सम्बन्धि समझौता गर्दा अनियमितता गरेको आरोपमा सचिव क्षेत्रीको घरमा...
सप्तरी, ८ वैशाख-सप्तरीको तैरोहता गाविस–५ स्थित नयाँ बस्तीका नरेश राईले श्रीमती हत्या गरेको आरोपमा मंगलबार जेल चलान भएका छन् । गत चैत १० मा मादकपदार्थ सेवन गरी राईले ३५ वर्षीया श्रीमती सन्तोषी राई (चौधरी) लाई कुटपिट गर्दा मृत्यु भएको थियो । पक्राउ...
वीरेन्द्रनगर,८ वैशाख-सुर्खेतका निजी विद्यालयहरुले यस वर्ष जसरी भएपनि विद्यालयको शुल्क बढाउने अडान लिएका छन् । पछिल्लो समय महङ्गी बढेर विद्यालय सञ्चालन गर्न हम्मे हम्मे परेको कारण जनाएर उनीहरुले शुल्क बढाउने अडान लिएका हुन् । वैशाख लागेसँगै सुर्खेतका निजी विद्यालयहरुबीच विद्याथी भर्ना गर्ने प्रतिस्पर्धा...