काठमाण्डु, १० वैशाख–लोमो समयदेखि सर्दै आइरहेको संविधानसभाको बैठक आज बस्दैछ । प्रमुख राजनीतिक दलहरुबीचमा संविधानसभाका विषयमा सहमति जुट्न नसकेपछि बिनाएजेन्डा संविधानसभाको बैठक आज बस्न लागेको हो । बैठक दिउँसो तीन बजेपछि संविधानसभा भवन बानेश्वरमा बस्दै छ । संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले दिउँसोसम्म दलहरुबीच...
भीमदत्तनगर, १० वैशाख– दार्चुलाको सुनसेरा गाविस–५ दम्फामा झाडापखालाका कारण एक बालकको बुधबार मृत्यु भएको छ । नौ वर्षीय बालक खिमाराम कामीको झाडापखालाका कारण मृत्यु भएको हो । सोमबारदेखि बिरामी भएका कामी मङ्गलबार उपचारका लागि सुनसेरा स्वास्थ्य चौकी लगेका थिए । स्वास्थ्य चौकीमा झाडापखालामा लगाउने...
वीरगन्ज, १० वैशाख– पर्साको बैरियाविर्तामा बुधबार भेटिएको बेवारिसे शवको अझै सनाखत हुन सकेको छैन । स्थानीयका अनुसार स्थानीय रामचन्द्र कुशवाहाको पोखरीमा डुबिरहेको अवस्थामा सो शव फेला परेको हो । करिब ४५ वर्षीय युवकको शवको अझै सनाखत भइनसकेको र सो विषयमा अनुसन्धान जारी रहेको पर्साका...
चितवन,१० वैशाख – चितवनमा थप १९ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो प्रतिवेदनअुनसार जिल्लाबाट नमुना पठाइएकामध्ये थप १९ जनामा स्वाइन फ्लु पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ । यसअघि वैशाख ६ गतेसम्ममा १६६...
म्याग्दी, १० वैशाख – जिल्लामा विद्यालय उमेरका ५.७ प्रतिशत बालबालिका विद्यालयको पहुँच बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ । जिल्ला शिक्षा कार्यालयले नयाँ शैक्षिक सत्रको भर्ना अभियानका बारेमा जानकारी गराउन गरेको पत्रकार सम्मेलनमा ९४.३ प्रतिशत बालबालिका सहज विद्यालयको पहुँचमा रहेको निमित्त जिल्ला शिक्षा अधिकारी...
कञ्चनपुर, १० वैशाख – सरकारी भौतिक संरचना अपाङ्गतामैत्री बनाइनुपर्ने माग अघि सार्दै स्वावलम्बन आत्मनिर्भर जीवन पद्धति केन्द्रले कञ्चनपुरमा अवरोध मुक्त अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत अपाङ्ता भएका व्यक्तिले ह्विलचेयर र ट्राइसाइकल चढेर सरकारी कार्यालयमा पुगी कार्यालय प्रमुखसँग भौतिक संरचना अपाङ्गमैत्री बनाउन माग गर्दै...
सप्तरी, १० वैशाख – सप्तरीको कञ्चनरुप नगरपालिकामा अतिविपन्न किशोरीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिमको आयोजना गरिएको छ । तालिम उद्घाटनको क्रममा नगरपालिका अधिकृत आनन्दकुमार ठाकुरले सूचना प्रविधिको अहिलेको युगमा कम्प्युटर शिक्षा अति नै आवश्यक रहेकाले तालिमको आयोजना गरिएको बताए । नगरपालिकाको ११...
दाङ, १० वैशाख– युवा व्यवसायी यज्ञबहादुर केसी र उहाँकी श्रीमती शर्मिला केसीले बुधबार तुलसीपुर उद्योग वाणिज्य सङ्घलाई चारकट्ठा जग्गा निःशुल्क रजिस्ट्रेसन पास गरिदिएका छन् । तुलसीपुरको विपीचोकमा आरवी डिपार्टमेन्टल स्टोरका सञ्चालक केसी परिवारले सङ्घलाई बृहत् सभाहल निर्माणका लागि तुलसीपुर नगरपालिका– ८ दोघरेको रु एक...
प्रधानमन्त्री कोइरालाले दिए चिनियाँ राष्ट्रपतिलाई नेपाल आउने निम्ता जाकर्ता, १० वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले चिनियाँ राष्ट्रपति सि जिङपिङबीच भेटवार्ता भएको छ । भेटमा कोइरालाले राष्ट्रपति सिलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । एसियाली–अफ्रिकी रणनीतिक साझेदारी नास्पको दशौं वार्षिकोत्सव समारोहका क्रममा इन्डोनेसियाको राजधानी जार्कताको...
काठमाडौं, ९ वैशाख– बरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईले मुटुरोगबाट बच्न सुरु मै सुर्तिजन्य पदार्थको सेवन त्याग्नु पर्ने बताएका छन् । बुधबार क्यान्सर काउन्सिल नेपालले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा भने,‘ आधा शरिर प्यारालाइसिस भएर बाच्न प्यारो लाग्छ की चुरोटको स्वाद प्यारो लाग्छ, त्यो...
काठमाण्डु, ९ वैशाख– नेपाल सांस्कृतिक संस्थानको रकम महाप्रबन्धक शालिकराम तिमिल्सिनाले झ्वाम पारेका भन्दै त्यहिँका कर्मचारीहरुले तालाबन्दी गरेका छन् । संस्थानको स्वतन्त्र कर्मचारी युनियनले महाप्रवन्धक शालिकराम तिमिल्सिनाले संस्थानलाई धरासायी बनाउन खोजेको आरोप लगाउँदै बधबार संस्थानमा तालाबन्दी गरेको हो । महाप्रबन्धकले पदपूर्ति प्रक्रिया अगाडि नबढाएको, विवादित...
जनकपुर, ९ वैशाख– राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले नेपाली कांग्रेस र नेकपा एमालेले मधेसको मुद्दा र अस्तित्वलाई स्वीकार्न आनाकानी गरिरहेको आरोप लगाएका छन्। सो पार्टीको धनुषा जिल्ला कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उनले भने, ‘काँग्रेस–एमाले मधेस र मधेसीको अस्तित्वलाई स्वीकार गर्न चाहँदैनन्, हामी...