समाचार

युरोपको रेडलाइट एरियामा मीनेन्द्रको यस्तो हाँसो

२०७२ वैशाख १० गते ९:५८

बेल्जियम– जाजरकोटमा मौसमी फ्लुका कारण २७ नेपालीको ज्यान गयो । सरकार संक्रमण रोक्न र बिरामीको उपचारका लागि गम्भीर नभएको भन्दै सर्वत्र आलोचना भइरहेको छ । तर, देशमा संकट परेका बेला वर्तमान सरकारका एक मन्त्री भने विदेशमा मस्ती गर्दै हिंडेका छन् । उनी हुन् सूचना...

भट्टराइले भने,‘सडक आन्दोलन गरेर संविधान बन्ने स्थिति छैन’

२०७२ वैशाख १० गते ९:४३

पाँचथर,१० वैशाख-नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत नेकपा माओवादीलाई संविधानसभा छोडेर नजान आग्रह गरेका छन् ।   पाँचथरको फिदिममा बिहीबार सञ्चारकर्मीसँग बोल्दै उनले पार्टीका मुद्दा तथा प्राथमिकतालाई संविधानसभामै राख्न आग्रह गरे । उनले भने,‘अब सडक आन्दोलन गर्दैमा संविधान बन्ने स्थिति छैन,बरु माओवादीका आफ्ना एजेन्डा...

अदालतको फैसला स्वागतयोग्य छः महासंघ

२०७२ वैशाख १० गते ९:३०

काठमाण्डु, १० वैशाख– केही वर्षअघि हत्या गरिएकी धनुषाकी पत्रकार उमा सिंहको हत्या योजनाकार उमेश यादवलाई सर्वस्वसहित जन्मकैद गर्ने धनुषा जिल्ला अदालतको फैसलालाई नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । बिहीबार महासंघका महासचिव उजिर मगरले एक विज्ञप्ती जारी गरी अदालतको सो कदमको स्वागत गरेका हुन्...

सगरमाथा आधार शिविरमा आरोहीको भीड

२०७२ वैशाख १० गते ९:१०

सोलुखुम्बु,१० वैशाख-सगरमाथा आरोहणका लागि ४२ समूहका ३५८ आरोही आधार शिविरमा पुगेका छन् । मौसमको अनुकूलता हेरेर आगामी जेठ १ को आसपासमा सगरमाथा आरोहणका लागि ती आरोही आधार शिविरमा पुगिसकेको पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत गेहेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।   श्रेष्ठका अनुसार आधार...

नेपालमै बसेर अमेरिकी ग्रीनकार्ड लिन सकिनेः एटर्नी फुलारा

२०७२ वैशाख १० गते ८:३४

काठमाण्डु, १० वैशाख– अमेरिकामा ईमिग्रेस र सेटलमेन्टलगायतका कानूनी परामर्श दिदै आएका एटर्नी बासु फुलाराले कानूनी प्रक्रिया पुरा गरे अमेरिकाको भिसा सहजै लाग्ने बताएका छन । बिहीबार रिपोर्टर्स क्लब नेपालमा एक अन्र्तक्रियाको आयोजना गरेर उनले जे विषयलाई लिएर अमेरिका जान लागेको हो त्यसमै मात्र केन्द्रीत...

मेचीमा बाग्मतीको नक्कल !

२०७२ वैशाख १० गते ८:२७

झापा,१० वैशाख-वाग्मती सरसफाइ अभियानको सफलताबाट उत्साहित मेचीनगरवासीले बिहीबार बिहान काँकडभिट्टामा बृहत् सरसफाइ गरेका छन् ।   मेची उद्योग वाणिज्य सङ्घ र सामुदायिक सेवा सङ्घ झापाको संयुक्त आयोजनामा भएको कार्यक्रममा बजार सरसफाइ गर्न हजारौँ स्थानीयवासीसँग जिल्लाका सरकारी निकायका प्रमुखहरुले पनि हातेमालो गरेका थिए ।  ...

‘संविधान खोई ?, संविधान चाहियो’ भन्दै नागरिक धर्ना

२०७२ वैशाख १० गते ८:२२

काठमाण्डु, १० वैशाख– लोकतन्त्र दिवसको पूर्व सन्ध्यामा नागरिक अगुवाहरुले ‘संविधान खोई ?, संविधान चाहियो’ भन्दै नागरिक धर्ना कार्यक्रमको आयोजना गरेका छन । राजधानीको बबरमहलमा बिहीबार विहान ८ बजेदेखि ११ बजेसम्म तीन घण्टा भएको धर्ना कार्यक्रममा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, दमननाथ ढुङ्गाना, भोजराज पोख्रेल, सुन्दरमणि...

लिम्बु ३८ वर्षपछि घरको आँगनमा टुप्लुक्क देखिएपछि…

२०७२ वैशाख १० गते ७:४९

इलाम,१० वैशाख-इभाङका एक व्यक्ति हराएको ३८ वर्षपछि पुनः घर फर्किएका छन् । इभाङ–६,का यामप्रसाद लिम्बू चार दशकपछि घर फर्किएपछि परिवारमा हर्षोल्लास छाएको छ । सानैदेखि खसीबाख्राको व्यापार गर्ने लिम्बू व्यापार व्यवसाय गर्दागर्दै २०३४ सालदेखि हराएका थिए । उनी घर फर्किएको थाहा पाएपछि गाउँले,छिमेकी र...

बरु पूरानो कोट लगाऊ, नयाँ पुस्तकचाहि नछाडौं है !

२०७२ वैशाख १० गते ७:३४

काठमाण्डु,१० वैशाख-पुस्तक किनेर,वाचन गरेर,पुस्तकमाथि अन्तर्किया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, इष्टमित्रलाई पुस्तक उपहार दिएर बिहीबार विश्व पुस्तक दिवस मनाइँदैछ ।   बिहरीबार नै विश्व प्रतिलिपि अधिकार दिवस पनि परेको छ । युनेस्कोले अध्ययन,प्रकाशन र बौद्धिक अधिकारलाई प्रवद्र्धन गर्न सन् १९९५ देखि हरेक वर्ष...

आमाहरुनै मापसेविरुद्धको अभियानमा उत्रिएपछि…

२०७२ वैशाख १० गते ७:२२

मुगु,१० वैशाख-पढाइलेखाइ र सिर्जनशील काम गरेर समाजमा उदाहरणीय बन्नुपर्ने बेला मादक पदार्थ सेवन(मापसे) गरेर युवाशक्ति कुलतमा फस्दै गएको जनाई स्थानीय गाउँका आमाहरुले गाउँभरिमा मादक पदार्थ बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाउने अभियान सुरु गरेका छन् ।   सदरमुकाम गमगढीसँगै जोडिएको कार्कीवाडा गाविस वडा नं...

टिपरबाट खसेर आज्ञारामको मृत्यु

२०७२ वैशाख १० गते ७:१०

तनहुँ,१० वैशाख-सडक मर्मतको सामान लिएर जिल्लाको डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको ग१ख २४०५ नंको टिपरबाट पुर्कोट गाविस–३ स्थित रानीपारीमा खस्दा बिहीबार बिहान एक मजदुरको मृत्यु भएको छ ।   उक्त टिपरबाट खस्दा गम्भीर घाइते भएका बाँके जिल्ला पुम्दी–३ बस्ने २२ वर्षीय आज्ञाराम रहिदासको उपचारका लागि...

असारसम्म संविधान आउँछः खनाल

२०७२ वैशाख १० गते ६:४५

इलाम, १० वैशाख– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले दिगो शान्ति र स्थायित्वका लागि आगामी असारसम्ममा संविधान जारी हुने बताएका छन् ।   आफ्नो निर्वाचन क्षेत्र फिक्कलमा बिहीबार बिहान आयोजित कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा नेता खनालले सबै दलका सहमतिका आधारमा संविधान जारी हुने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us