समाचार

एसियाली–अफ्रिकी सम्मेलनको ६० औं वार्षिकोत्सव सम्मेलनमा भाग लिन बाङडुङ पुगे प्रधानमन्त्री

२०७२ वैशाख ११ गते ५:३८

इन्डोनेसिया, ११ वैशाख– प्रधानमन्त्री सुशील कोइराला ऐतिहासिक एसियाली–अफ्रिकी सम्मेलनको ६० औं वार्षिकोत्सवका अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन इन्डोनेसियाको राजधानी जाकर्ताबाट बाङडुङ पुगेका छन् । इन्डोनेसिया सरकारको विशेष विमानद्वारा कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री कोइराला वाङडुङ आइपुगेका हुन् । यतिखेर बाङडुङवासी...

दुर्घटनामा एकको मृत्यु

२०७२ वैशाख ११ गते ५:०८

नवलपरासी, ११ वैशाख– पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल खण्डअन्तर्गत नवलपरासीको बर्दघाट–२ चिसापानीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी गैंडाकोट–७ का ३० वर्षीय गोविन्द कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै...

आज लोकतन्त्र दिवस

२०७२ वैशाख ११ गते ४:०९

दश वर्षमा पूरा भएनन् जनताका अपेक्षा काठमाण्डु, ११ वैशाख– आज देशभर लोकतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । जनताको भीषण आन्दोलनले निरंकुश राजतन्त्रलाई घुँडा टेकाएको यो दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउँदै आइएको छ । सशस्त्र युद्ध गरिरहेको माओवादी र शान्तिपूर्ण आन्दोलन गरिरहेका राजनीतक...

अग्निपीडितलाई राहत वितरण

२०७२ वैशाख ११ गते ३:४०

उदयपुर, ११ वैशाख – उदयपुर जिल्लाको सोरुङछविसे–६ स्थित साङलेमा बुधबार आगलागी भई पाँच घर गुमाएका अग्निपीडितलाई बिहीबार राहत प्रदान गरिएको छ । अग्निपीडितलाई उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले प्रतिपरिवार रु पाँच हजार र चामल, कम्बल, कपडा, चाउचाउलगायत सामग्री वितरण गरेका छन् । जिल्ला...

अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज

२०७२ वैशाख ११ गते ३:३१

  सिन्धुपाल्चोक , ११ वैशाख – जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले जिल्लामा अनुमतिबिना सञ्चालित विद्यालयको सम्बन्धन खारेज गर्ने भएको छ । जिल्लामा हालसम्म अनुमति पाएका ३८ वटा संस्थागत विद्यालयमध्ये गुन्सामा रहेको आमा याङरी कम्युनिटी इङ्लिस बोर्डिङ स्कुलबाहेक ३७ वटा विद्यालय सञ्चालनमा रहेका छन् । ती मध्ये...

पुस्तक किनेर पढ्नेको ‘क्रेज’ बढ्दो

२०७२ वैशाख ११ गते ३:१८

चितवन, ११ वैशाख –  चितवनमा पुस्तक किनेर पढ्ने जमात बढ्दै गएको पाइएको छ । चलेका साहित्यकारभन्दा नदेखिएका पाठकले बढी पुस्तक किनेर पढ्ने गरेका छन् । केही वर्षअघिसम्म पुस्तक त्यसै दिए लैजाने चलनलाई चिर्दै चितवनमा अहिले भने किनेर पढ्ने बानीको विकास भएको चितवनका साहित्यकार पुष्प...

नवलपरासीमा बल्यो हावाबाटै बिजुली

२०७२ वैशाख ११ गते ३:०७

नवलपरासी, ११ वैशाख – नवलपरासीको विकट पहाडी धैबादी गाउँ विकास समितिमा हावाबाट बिजुली बाल्न पाएपछि स्थानीयहरू खुसी भएका छन् ।नेपालमै पहिलो पटक वायु सौर्य ऊर्जा उन्नत प्रविधि हावाबाट बिजुली निकाल्ने प्रविधि विधिबाट बिजुली बाल्न पाएपछि स्थानीयहरू खुसी भएका हुन् । जसबाट पहाडी धौबादी गाविसका...

सहमति र एकताबाटै संविधान : प्रधानमन्त्री

२०७२ वैशाख ११ गते १:४०

काठमाण्डु, ११ वैशाख– प्रधानमन्त्री सुशील कोइरालाले संवाद, सहकार्य, मेलमिलाप र एकताका माध्यमबाट नेपाली जनचाहना बमोजिमको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाइनु पर्नेमा जोड दिएका छन् । लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश पठाई प्रधानमन्त्री कोइरालाले नेपाली जनचाहनाबमोजिम झण्डै एक शताब्दीदेखि गर्दै आएको सङ्घर्षको परिणाम स्वरुप अहिलेको...

राजधानीमा पाँच तलामाथिबाट खसेर तामाङको मृत्यु

२०७२ वैशाख १० गते १४:००

काठमाण्डु, १० वैशाख– राजधानीको न्युप्लाजा,पुतलिसडकमा बन्दै गरेको घरको पाँच तला माथिबाट खसेर मृत्यु भएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।   सो घरमा गत एक महिना देखि ज्यामीको काम गर्दै आएका ३२ वर्षिय राजन तामाङ बिहीबार मृत अवस्थामा भेटिएका हुन् । महानगरीय...

कागजको बिटोलाई नै डलर बनाइदिएपछि…

२०७२ वैशाख १० गते १३:५२

काठमाण्डु,१० वैशाख-कागजको बिटोलाई डलर भनी झुक्याई ठगी गरेको अभियोगमा बौद्ध बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २१ वर्षीय विपिन लामासहित पाँचजनालाई महानगरीय प्रहरी वृत्त,बौद्धले पक्राउ गरेको छ ।   उनले झापा बिर्तामोड घर भई बौद्ध बस्दै आएका राजन थापा मगरलाई गत मङ्गलबार कागजको बिटोलाई डलर भनी झुक्याई...

शुल्कवृद्धि फिर्ता नलिए आन्दोलन– अखिल क्रान्तिकारी

२०७२ वैशाख १० गते १३:४४

काठमाण्डु,१० वैशाख-नेकपा–माओवादीको भ्रातृ संस्था अनेरास्ववियु क्रान्तिकारीले प्राविधिक तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०ले बढाएको शुल्क तत्काल फिर्ता लिन आग्रह गरेको छ । अनेरास्ववियु क्रान्तिकारीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव रत्न ढकालले कयौँ शिक्षण संस्थाले मनपरी शुल्क उठाएर विद्यार्थी र अभिभावकलाई मर्कामा पार्ने गरेको आरोप...

नेपाली काँग्रेसद्वारा दुःख व्यक्त

२०७२ वैशाख १० गते १३:००

काठमाण्डु,१० वैशाख-नेपाली काँग्रेसले पशुपतिनाथको दर्शन गरेर फर्कँदै गरेका भारतीय तीर्थयात्री चढेको बस दुर्घटनामा भएको मानवीय क्षति र सो दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । बुधबार बिहान धादिङको सिस्नेटारमा दुर्घटना हुँदा १७ जना भारतीय तीर्थयात्रीको मृत्यु र दुई दर्जनभन्दा बढी घाइते भएका थिए ।  ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us