समाचार

अवैध रुपले सञ्चालित भट्टीमा प्रहरीको छापा

२०७२ वैशाख १२ गते २:१९

सिरहा, १२ वैशाख– सिरहाको लहान नगरपालिका–५ मा अवैध रुपले सञ्चालन गरिएको भट्टीमा प्रहरीले छापा मारी मदिरा र कच्चा पदार्थ नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक धनबहादुर राजवंशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिजो दिउँसो तयारी अवस्थामा राखिएको १ सय १०...

आठ जुवाडे पक्राउ

२०७२ वैशाख ११ गते १३:५०

काठमाण्डु, ११ बैशाख– काठमाण्डु महानगरपालिका–३५ सुविधानगर बस्ने ७० वर्षीय लोकबहादुर कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ । ३ बुक तास र नगद २३ हजार रुपैयाँसहित लोकबहादुरसहित आठ जनालाई महानगरीय प्रहरी बृत्त बानेश्वरले बिहिबार पक्राउ गरेको छ । यस सम्बन्धमा...

इन्डोनेसियाका राष्ट्रपतिले दिएको दिवाभोजमा प्रधानमन्त्री कोइराला

२०७२ वैशाख ११ गते १३:४९

बाङडुङ,११ वैशाख-प्रधानमन्त्री सुशील कोइराला इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले एसियाली–अफ्रिकी सम्मेलनको ६० औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित ऐतिहासिक कार्यक्रममा सहभागी भएका विशिष्ट पाहुनाको सम्मानमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका छन् ।   सो समारोहमा प्रधानमन्त्री कोइरालाका साथमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे,प्रधानमन्त्री कोइरालाका परराष्ट्र मामिला सल्लाहकार दिनेश...

शनिबार पाकिस्तान भ्रमणमा जाँदै प्रधानसेनापति

२०७२ वैशाख ११ गते १३:३५

काठमाण्डु,११ वैशाख- प्रधानसेनापति गौरवशम्सेर जवरा आफ्ना पाकिस्तानी समकक्षी साहिल सरिफको निमन्त्रणामा शनिबार पाकिस्तानको साताव्यापी भ्रमणमा जाँदैछन् ।   भ्रमणका क्रममा उनले पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन,रक्षा सचिव मुहम्मद अलामसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी...

उपराष्ट्रपतिले भने, ‘अर्को लोकतन्त्र दिवस संविधानविना मनाउनु नपरोस्’

२०७२ वैशाख ११ गते १३:०४

काठमाण्डु,११ वैशाख-उपराष्ट्रपति परमानन्द झाले लोकतन्त्र दिवसका अवसरमा शुक्रबार चियापानको कार्यक्रमको आयोजना गरेका छन् । सो अवसरमा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका उपप्रधानमन्त्री वामदेव गौतम,संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ,मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी,मन्त्रीहरु, कुटनीतिक नियोगका प्रतिनिधि तथा दलका नेताको सहभागिता रहेको थियो ।   कार्यक्रममा उपराष्ट्रपति...

गुडिरहेको मोटरसाइकलमा ढुंगा बज्रिंदा चालकको मृत्यु

२०७२ वैशाख ११ गते १२:३१

पाल्पा, ११  वैशाख– भीरबाट ढुंगा खसेर सिदार्र्थ राजमार्गमा शुक्रबार एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मदनपोखरा–४ गौडे पुल नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु.२० प ४३८२ नम्बरको मोटरसाइकलमाथि भीरबाट ढुंगा खसी लाग्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ । नाम र...

राजधानीको बासुकी होटलमा पराजुली मृत फेला

२०७२ वैशाख ११ गते १२:१२

काठमाण्डु,११ वैशाख-काठमाण्डुको एक होटलमा  शुक्रबार एक व्यक्ति मृत फेला परेका छन् । टोखा नगरपालिका–१३ गोंगबुस्थित होटल बासुकीमा कास्की–६ का ५३ वर्षीय देविलाल पराजुली मृत फेला परेका हुन् । पराजुली विगत डेढ वर्षदेखि सो होटलको कोठा नंं ४०२ भाडामा लिएर बस्दै आएको बताइएको छ ।...

शेरबहादुर देउवा जेल जाने प्रचण्डको घोषणा

२०७२ वैशाख ११ गते ११:४५

काठमाण्डु, ११ वैशाख– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले हालै गरेको फैसला विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधान र भावनाविपरीत रहेको भन्दै आपत्ति जनाएका छन् । अदालतको फैसला संक्रमणकालिन न्यायको अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको उनले बताए । द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटना...

शहीद परिवार र घाईतेले सोधे– लोकतन्त्र दिवसको बिदा के भोज गर्न दिएको हो ?

२०७२ वैशाख ११ गते ११:३३

काठमाण्डु – विक्रम सम्बत २००७ सालदेखि २०६२÷६३ सम्म पटक पटक भएका आन्दोलनमा आफ्नो परिवार गुमाएका सहीद परिवार र घाईते भएकाहरुले दलहरुले मुलुकमा शान्ति स्थापना र संविधान निर्माण गर्न नसकेको घटनाले आफूहरुको बलिदानी खेर गएको महसुस गरेका छन ।   लोकतन्त्र दिवसको अवसरमा शु क्रबार...

नक्कली जग्गाधनी बनेर जग्गा कारोबार गर्नेलाई एक करोड ५० लाख जरिवाना

२०७२ वैशाख ११ गते ११:३०

पोखरा,११ वैशाख- नक्कली जग्गाधनी बनाई अर्काको जग्गा कीर्ते कागजपत्र बनाई बिक्री गर्ने सात जनालाई जिल्ला अदालत कास्कीले एक करोड ५० लाख जरिवाना र कैद गर्ने फैसला गरेको छ ।   अमेरिका बस्ने चितवनकी शान्ता राणाको पोखरा–६ लेकसाइडमा रहेको जग्गा नक्कली जग्गाधनी र कीर्ते कागज...

काँग्रेस–एमालेसँग चाबी माग्दै प्रचण्डले भने, ‘दुई घण्टामा संविधान जारी गर्छु’

२०७२ वैशाख ११ गते ११:२४

काठमाण्डु, ११ वैशाख– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काँग्रेस–एमालेसँग रहेको संविधानको चाबी आफ्नो हातमा दिइ दुई घण्टाभित्र संविधान जारी गरेर देखाइदिने बताएका छन् । आफ्नै निवास लाजिम्पाटमा शुक्रबार सञ्चारकर्मीसँग उनले आफू विगतका सहमति र प्रतिबद्धताका आधारमा सहमतिमै संविधान जारी गर्न सक्रिय रहेको...

किन भेटे भट्टराईले रामदेवलाई ?

२०७२ वैशाख ११ गते १०:२४

काठमाण्डु, ११ बैशाख– एनेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराई भारतीय योग गुरु रामदेवलाई भेट्न पतञ्जली योगपीठ पुगेका छन् ।   श्रीमती हिसिला यमीलाई साथमा लिएर गएका भट्टराईले रादेवसँग करिब आधा घन्टा भेटवार्ता गरेका थिए ।   भेटका क्रममा उनीहरुबीच अध्यात्म, योगा र राजनीतिबीचको अन्र्तरसमबन्धका बारेमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us