धादिङ,११ वैशाख-नेपाल विद्युत् प्राधिकरणले समयमै विद्युत् लाइन मर्मत नगर्दा गाउँवासी खानेपानी उपभोग गर्नबाट वञ्चित भएका छन् । विगत १० दिनदेखि थ्रिफेज लाइन नहुँदा खाल्टे गाविस–१ का बासिन्दा खानेपानीको उपभोग गर्नबाट वञ्चित भएका हुन् । विद्युत अवरुद्ध भएपछि ८५ घर गुरुङ र पाँच घर...
काठमाण्डु, ११ वैशाख– तपाई विरामी हुनुहुन्छ र लक्षणहरु स्वाइन फ्लूसँग मिल्दाजुल्दा छन् भने तपाईको उपचार सरकारी अस्पतालमा नहुन पनि सक्छ । सार्वजनिक विदाको दिन काठमाण्डुका सरकारी अस्पतालहरुले विरामीको रगत परिक्षण नै गर्दैनन् । विदा सकिएपछि विरामीको ज्यान गइसकेको हुन सक्छ, तर अस्पतालले विदा सकिएपछि...
काठमाण्डु, ११ वैशाख –संविधान निर्माणमा गतिरोध जारी रहेका बेला संविधान कहिलेसम्म बनाउने, संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली कस्तो हुने, संविधान जारी भएपछि कुन पार्टीको कुन नेता प्रधानमन्त्री हुने आदि कुराको छिनोफानो गर्न आगामी साता बैंककमा निर्णायक वार्ता हुने भएको छ । संविधानका सबै विवादित अन्र्तवस्तुको...
काठमाण्डु, ११ वैशाख– नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि लोडसेडिङ घटाउने भएको छ । दैनिक आठ घण्टा हुँदै आएको लोडसेडिङ एक घण्टा घटेर सात हुने भएको हो । पछिल्लो समयमा कुलेखानी जलविद्युत आयोजनाको सञ्चितिमा आएको सुधार र अन्य नदीहरुमा जलस्तर बढेकोले लोडसेडिङ घटेको प्राधिकरणले बताएको छ...
काठमाण्डु, ११ वैशाख– उमेरले चौरासी वर्ष । जीवनका मस्ती मर्दै गएर परिवारको साहारामा हिड्नुपर्ने बेला । अस्ताउँदै गएको आफ्नो जिन्दगीमा फेरि एउटा सपना बुने सगरमाथामा आफुलाई उभ्याउने । पाठकबृन्द ! यी तिनै पात्र हुन् जसले सन् २००८ मा ७६ वर्षको उमेरमा जापानका ७५ वर्षीय...
काठमाण्डु,११ वैशाख-श्रीलङ्काका प्रधानमन्त्री रनिल बिक्रमसिङ्गेले पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको असामयिक निधनमा गहिरो दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालामार्फत श्रीलङ्काली प्रधानमन्त्रीले पठाएको शोक सन्देशमा श्रीलङ्का सरकार र त्यहाँका जनताका तर्फबाट दिवङ्गत नेताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त...
काठमाडु, ११ वैशाख– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भ्रष्टाचार गरिब जनताबाट नभएर पढेलेखेका र आफूलाई जान्नेमान्ने भन्नेहरुबाट हुने गरेको बताएका छन् । शुक्रबार संवाद डबलीमा बोस्टर मिडियाले सञ्चालन गरेको अनलाईन पत्रिका ‘राष्ट्रिय खबर’को वार्षिकत्सव कार्यक्रममा बोल्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन । ‘पढेलेखेका र...
काठमाण्डु,११ वैशाख-नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०७२ सालभित्रै संविधान दिन आफूहरु कृतसङ्कल्पित रहेको बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा ओलीले शुक्रबार जारी गरेको प्रेस व्यक्तव्यमा लोकतान्त्रिक आन्दोलनको सफलताका लागि सयौँको बलिदानी,घाइते र संलग्नताको स्मरण गर्दै पहिलो संविधानसभाबाट संविधान दिन नसक्नुलाई आफूहरुको कमजोरी भएको...
काठमाण्डु,११ वैशाख-शुक्रबारदेखि काठमाण्डुको टुँडिखेलमा पाँचदिने निःशुल्क योग शिविर सुरु भएको छ । पतञ्जलि योगपीठ नेपालको आयोजनामा विश्वप्रसिद्ध योग गुरु रामदेवको उपस्थितिमा आयोजना गरिएको शिविरमा योग सिकाउन रामदेव बिहीबार काठमाण्डु आइपुगको हुन् । उनकै प्रत्यक्ष उपस्थितिमा शुक्रबारदेखि शिविर सञ्चालन गरिएको योगपीठका ओम वंशालले जानकारी...
काठमाण्डु, ११ वैशाख– जाजरकोटमा फैलिएको मौसमी फ्लुको नियन्त्रणका लागि विप्लव नेतृत्वको नेकपा–माओवादी निकट चिकित्सकहरुको टोली त्यसतर्फ जाने भएको छ । महासंघका अध्यक्ष डम्बर रावलको नेतृत्वमा उक्त टोली त्यसतर्फ जान लागेको हो । देशभक्त संघीय जनवादी मोर्चासहित जान लागेको सो टोली शुक्रबार साँझ औषधी सहित...
लहान,११ वैशाख-सिरहाको दक्षिणी क्षेत्रमा पर्ने मझौरा गाविस–३ जगतपुर फूलबरियामा एक दलित महिलाको कुटपिटबाट मृत्यु भएको छ । स्थानीय दशना रामकी श्रीमती २३ वर्षीया रीतादेवीलाई जेठाजु भोरिलले बिहीबार घरमै कुटपिट गरेपछि साँझ झुन्डिएको अवस्थामा रीताको शव भेटिएको हो । शव भेटिएपछि जेठाजुसहित घरका सबैजना फरार...
काठमाण्डु,११ वैशाख-नेपाल ट्रेड युनियन काँग्रेस काठमाण्डुले १२६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका उपलक्ष्यमा साताव्यापी ‘जहाँ ट्रेड युनियन त्यहाँ गिरिजाप्रसाद कोइराला अभियान’सुरु गर्ने भएको छ । कोइरालाको नेतृत्वमा २००३ सालमा नेपाल ट्रेड युनियन काँग्रेसको स्थापना भएको थियो । बिपी कोइराला,गिरिजाप्रसाद र मनमोहन अधिकारीलगायतका नेताको नेतृत्वमा २००३...