समाचार

सञ्चारमन्त्रीले भने, ‘घरपरिवारबाट पत्रकारको उपचार सम्भव छैन,सरकार कोष निर्माणमा लागिरहेको छ’

२०७२ वैशाख १० गते १२:४६

काठमाण्डु,१० वैशाख-सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले पत्रकार उपचार कोष र राष्ट्रिय आमसञ्चार नीति छिट्टै ल्याउने तयारीमा सरकार जुटेको बताएका छन् ।   लोकतन्त्र दिवसका अवसरमा नेपाल प्रेस युनियन काठमाण्डुले बिहीबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले भने, ‘राष्ट्रिय आम सञ्चार नीति...

जब विप्लवको मोबाइलमा राधा ज्ञवालीको फोन आयो…

२०७२ वैशाख १० गते १२:३२

काठमाण्डु, १० वैशाख– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीसँग सरकारकी एक मन्त्री आतंकित भएको खुलासा भएको छ । पटकपटक विप्लवलाई भेट्ने प्रयास विफल भएपछि उर्जामन्त्री राधा ज्ञवाली तनाबमा छिन् । उर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीको घरमा कालो झण्डा गाडेपछि मन्त्री ज्ञवाली थप आतंकित भएकी हुन् ।...

आगाको लप्काले निल्यो ७ वर्षीय बालकको जीवन

२०७२ वैशाख १० गते १२:२६

अर्घाखाँची,१० वैशाख-अर्घाखाँचीको पोखराथोक गाविसमा बिहीबार दिउँसो आगलागीमा परी एक बालकको घटनास्थलमै ज्यान गएको छ ।   पोखराथोक–८ कमाइघारीका भीमबहादुर सूर्यवंसीको घरमा आगो लाग्दा उनका सात वर्षीय छोरा थमनको ज्यान गएको स्थानीय बासिन्दाले बताएका छन् ।   घरमा थमन मात्र भएको समयमा आगलागी भएकाले उनको...

१७ जनाको लास लिन आयो भारतीय विमान काठमाण्डुमा

२०७२ वैशाख १० गते १२:२३

काठमाण्डु, १० बैशाख– त्रिभुवन राजपथको झ्याप्लेखोलामा बुधबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भयो ।   १३ जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो । भारतीय तीर्थयात्री बोकेको जिजेड १४ एक्स १९०० नम्बरको दुईतले बस नौबिसे गाविस वडा–८ झ्याप्ले खोलास्थित...

उपचारका क्रममा कैदीको निधन

२०७२ वैशाख १० गते १२:११

काठमाण्डु, १० वैशाख– लागूऔषध मुद्धामा केन्द्रीय कारागार काठमाण्डुको महिला बन्दीगृहमा थुनामा रहेकी एकजना कैदीको बिहीबार निधन भएको छ । कास्की लेखनाथ नगरपालिका–१ की ४७ वर्षीया ललिता भत्रे जालमाया गर्वुजा मगरको उपचारको क्रममा मृत्यु भएको हो ।   प्यारालाइसिस रोगबाट ग्रसित भई चैत २२ गतेदेखि...

बृद्ध बाबुका लागि आफ्नै छोरा काल बनेर आएपछि…

२०७२ वैशाख १० गते ११:५७

स्याङजा,१० बैशाख– जिल्लाको सेखाम गाविसमा आफ्नै छोराको लाठी प्रहारबाट एकजना बृद्धको ज्यान गएको छ । सेखाम गाविसको गन्जर बस्ने ८३ वर्षीय तुलबहादुर थापाको आफ्नै छोरा ६० वर्षीय बेलबहादुर थापाको लाठी प्रहारबाट बिहीबार मृत्यु भएको हो ।   सामान्य विवादको कारण बेलबहादुरले लाठी प्रहार गर्दा...

बलात्कार गरेको अभियोगमा सुवेदी पक्राउ

२०७२ वैशाख १० गते ११:४६

मोरङ,१० वैशाख– दश वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको कोशीहरैचा–३ बस्ने धनकुटा हात्तीखर्क–४ का ४६ वर्षीय लोकनाथ सुवेदीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।   सुवेदीले बबियाबिर्ता–४ बस्ने ती बालिकालाई बैशाख ८ गते जबरजस्ती करणी गरेको खबर...

राजदूत कार्कीलाई पितृशोक

२०७२ वैशाख १० गते ११:२४

काठमाण्डु,१० वैशाख-संयुक्त राज्य अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा.अर्जुन कार्कीलाई पितृशोक परेको छ ।   कार्कीका ८७ वर्षीय पिता रत्नबहादुरको बिहीबार निमोनियाको उपचारका क्रममा निधन भएको हो । स्व. कार्कीका श्रीमती,तीन छोरा र दुई छोरी रहेका छन् । उनको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ...

तीस दलीय मोर्चाद्वारा संविधानसभा बैठक बहिष्कार, अर्को बैठक वैशाख १७ गते

२०७२ वैशाख १० गते ११:१४

काठमाण्डु,१० वैशाख- संविधानका अन्तर्वस्तुमा दलहरुबीच सहमति कायम हुन नसकेपछि संविधानसभाको बिहीबारको बैठक समितिमा रहने सदस्यको नामावली हेरफेर र थपघटमै सीमित रहन पुगेको छ ।   संविधानसभाको बैठकमा छलफलका लागि तय गरिने कार्यसूचीमा संविधान लेखनको विषयले प्रवेश नपाएको झन्डै साढे दुई महिना बितिसकेको छ ।...

 दीनानाथ भन्छन्, ‘ म उठेको भए बागलुङमा जमानत जोगिन्थ्यो’

२०७२ वैशाख १० गते १०:४७

काठमाण्डु, १० बैशाख–एकीकृत माओवादी नेता दीनानाथ शर्माले आफू उम्मेदवार भएको अवस्थामा बागलुङ–१ मा हालै सम्पन्न उपनिर्वाचनमा जमानत जोगिने बताएका छन् । उनले आफू उम्मेदवार भएको भए व्यक्तिगत मत आउने भन्दै जमानत जोगिने बताएका छन् । । सायद म गएको भए सापेक्ष रूपमा जमानतचाहिँ जफत...

राजावादीहरुले गरे संविधानसभाका विरुद्ध आन्दोलनको घोषणा

२०७२ वैशाख १० गते १०:३८

काठमाण्डु, १० वैशाख– राजसंस्थाबादी बृहत्तसमूहले तत्कालिन राजा ज्ञानेन्द्रबाट २०६३ साल बैशाख ११ गते प्रतिनिधिसभा पुर्नस्थापना हुने गरी गरेको घोषणा अघि तत्कालिन सात राजनीतिक दल र राजावीच भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ । समूहले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दलहरुले नै...

मोर्चामा अलग– अलग विचार रहेकाले सहमतिमा समस्याः बडु

२०७२ वैशाख १० गते १०:१९

काठमाण्डु, १० वैशाख– नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सहमतिमा कति प्रदेश रहने भन्ने निर्धारण गरेर प्रदेशको सिमाङकनको जिम्मा आयोगलाई दिने र नामाङकन प्रदेश सभालाई दिने आफूहरुको पछिल्लो प्रस्तावमा दलहरुवीच छलफल भईरहेको बताएका छन । रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले यो विषयमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us