समाचार

एनजिओको खर्चमा धुलिखेलमा मस्ती गर्ने सभासद्हरुको योजना धरापमा

२०७२ वैशाख ९ गते १०:२३

काठमाण्डु, ९ वैशाख– व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले एउटा गैरसरकारी संस्थासँग मिलेर काठमाडौ उपत्यका वाहिर आवासीय गोष्ठी गर्न लागेकामा समितिका सदस्यहरुले आपत्ति जनाएका छन् । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा समितिका सदस्यहरुले गैरसरकारी संस्थाका अनेक स्वार्थ हुने भन्दै त्यस्ता संस्थासँग...

खड्का, तामाङ, लामा र खत्रीलाई २५ लाख जरिवानासहित कैद

२०७२ वैशाख ९ गते ९:३८

भक्तपुर, ९ वैशाख– भक्तपुर जिल्ला अदालतले एउटा जग्गा देखाएर कीर्ते गरी अर्को जग्गा बिक्री गर्ने चारजनालाई ११ लाख रुपैयाँ जरिवानासहित कैद सजाय सुनाएको छ ।   भक्तपुरको तत्कालीन सिपाडोल–४ ९ग० कित्ता नं १८२ को २ रोपनी ११ आना २ पैसा जग्गाको नक्कली ब्लुप्रिन्ट नक्सा...

नाबालिका दिदीबहिनीलाई पालैपालो बलात्कार गर्ने पक्राउ

२०७२ वैशाख ९ गते ८:४०

झापा, ९ वैशाख– नाबालिका दिदीबहिनीलाई बलात्कार गरेको आरोपमा झापाको बिर्तामोडबाट प्रहरीले बुधबार एक व्यक्तिलाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा शनिअर्जुन नगरपालिका–५ निवासी ३९ वर्षीय शङ्कर भनिने सिंहबहादुर खवास रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।   मादकपदार्थ सेवन गरेका खवासले सोही...

विवादित विषय थाती राखेर संविधान : देउवा

२०७२ वैशाख ९ गते ८:३६

कञ्चनपुर, ९ वैशाख– पूर्वप्रधानमन्त्री तथा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सङ्घीयतालगायत विवादित विषय थाती राखेर भए पनि संविधान जारी गर्नुपर्नेमा जोड दिएका छन् । उनले पछिल्लो समय दलहरुबीच सहमतिको वातावरण बनेकाले संविधान चाँडै जारी हुने विश्वाससमेत व्यक्त गरे । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले...

भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना, मृत्यु हुनेको संख्या १७ पुग्यो

२०७२ वैशाख ९ गते ८:२५

धादिङ, ९ वैशाख– त्रिभुवन राजपथको झ्याप्लेखोलामा बुधबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले दिएको जानकारीअनुसार मृत्यु हुनेमा आठ महिला र नौ पुरुष रहेका छन् । मृतकको सनाखत हुन सकेको छैन...

भारतमा बेचिएकी नेपाली चेलीको पाँच महिनापछि उद्धार

२०७२ वैशाख ९ गते ८:०१

अर्घाखाँची, ९ वैसाख– झण्डै पाँच महिनाअघि भारतमा बेचिएकी एक किशोरीको उद्धार गरिएको छ ।   अर्घाखाँचीको धारापानी–६ की १४ वर्षीया किशोरीलाई कपिलवस्तुको कृष्णनगरस्थित शान्ति पुनःस्थापना गृहले भारतबाट उद्धार गरेर अर्घाखाँची ल्याएको हो ।   गत २०७१ मङ्सिर ८ गते गाँउकै ठूलो दिदी पर्नेले मासिक...

सबै संयन्त्र प्रयोग गरेर भए पनि महामारी नियन्त्रण गर्नूः महिला समिति

२०७२ वैशाख ९ गते ७:२५

काठमाण्डु, ९ वैशाख– व्यवस्थापिका संसद्को महिला, बालबालिका, जेष्ठ नागरिक र समाजकल्याण समितिले जाजरकोटमा फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुको महामारी नियन्त्रणका लागि सबै संयन्त्र प्रयोग गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारी, सचिव शान्त बहादुर श्रेष्ठ, स्वास्थ्य सेवा...

क्रान्तिकारी कम्युनिस्टबीच एकता आवश्यक छ : प्रचण्ड

२०७२ वैशाख ९ गते ६:२४

काठमाण्डु, ९ वैशाख–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट शक्तिहरुका बीचको एकता आवश्यक भएको भन्दै कम्युनिस्ट शक्तिहरुका बीच एकताको लागि अपिल गरेका छन् । १ सय ४५ औं लेनिन जयन्ती र नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा एक विजप्ति प्रकाशित गर्दै उनले काक्रिन्तिकारी कम्युनिस्ट...

निजी विद्यालयको लुटविरुद्ध विद्यार्थी संगठन आफै अनुगमनमा जाने

२०७२ वैशाख ९ गते ५:५७

काठमाण्डु, ९ वैशाख– प्रमुख राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरुले निजी विद्यालयले आफूखुशी बढाएको शुल्क अभिभावकलाई फिर्ता गराउन आफैं अनुगमन गर्ने भएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका ९ वटा विद्यार्थी संगठनको बुधबार काठमाडौमा बसेको बैठकले बढाइएको शुल्क अभिभावकलाई फिर्ता गराउन निजी...

चेलीबेटी बेचबिखन गर्नेलाई ९ र बलात्कार गर्नेलाई ६ वर्ष कैद

२०७२ वैशाख ९ गते ५:४८

इलाम, ९ वैशाख–एक अपरिचित महिलालाई विवाह गर्छु भन्दै भारतको सिक्किम लगेर बिक्री गरेको आरोपमा थुनामा रहेका सुलुबुङ–१ का २८ वर्षीय वीरेन देउसालीलाई पुनरावेदन अदालत इलामले मङ्गलबार नौ वर्ष कैद र पीडितलाई रु ४० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । पुनरावेदन अदालतका न्यायाधीशद्वय माधवप्रसाद...

पोखरामा पाँच वर्षीया बालिका र १६ वर्षीया युवती बलात्कृत

२०७२ वैशाख ९ गते ५:११

पोखरा, ९ वैशाख– पोखरामा फेरि दुई वटा बलात्कारका घटना सार्वजनिक भएका छन् । बलात्कृत हुनेमा पाँच वर्षीया बालिका र १६ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा–१५ पस्र्याङकी पाँच वर्षीया बालिकालाई स्याङ्जा जिल्ला मनकामना–३ घर भई हाल सोही ठाउँ बस्ने १८...

धादिङमा बस दुर्घटना, मृत्यु हुनेको संख्या १३ पुग्यो

२०७२ वैशाख ९ गते ५:००

काठमाण्डु, ९ वैशाख–धादिङको झ्याप्रेखोलामा बुधबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । घटनास्थलमै १२ जनाको ज्यान गएको हो भने उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा एकको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । मृत्यु हुनेमा छ पुरुष...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us