समाचार

देवघाटमा सय घर भत्के, आश्रीतहरु समस्यामा

२०७२ जेठ १४ गते २:५१

चितवन, १४ जेठ–पवित्र तीर्थस्थल देवघाटधाममा हालै आएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनका कारण र १२ करोडभन्दा बढीको क्षति भएको छ । देवघाटधाममा निर्माण गरिएको आश्रम, मन्दिर, विद्यालय र घरमा निकै ठूलो क्षति भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्रकुमार पियाले बताए । देवघाटमा निर्माण...

यहाँका नेपाली आफ्नै गाविस कार्यालय जान पहिले भारत जान्छन्

२०७२ जेठ १४ गते २:४०

नवलपरासी , १४ जेठ –आफ्नै गाविस कार्यालय पुग्न पनि नवलपरासीको सुस्तावासीले भारत बाटो हुँदै त्रिवेणी आउन बाध्य भएका छन् । जन्मदर्ता, विवाहदर्ता, नागरिकतालगायतको अन्य सिफारिसका कामका लागि भारतको बाटो भई जानुपर्ने सुस्तावासीको बाध्यता छ । आफ्नै गाविस कार्यालय भवन त्रिवेणी जानका लागि नेपालतर्फबाट नारायणी...

श्रीमानले नै श्रीमतीलाई खुवाए विष

२०७२ जेठ १३ गते १५:११

सप्तरी, १३ जेठ– चरित्रहीन आरोपमा सप्तरीमा एक महिलालाई श्रीमानसहित परिवारका सदस्यले विष सेवन गराएका छन् । जिल्लाको भवनगाकट्टी–६ मन्सापुरकी २४ वर्षीया सुन्जुदेवी मण्डललाई श्रीमान शिवनारायणसहित परिवारका सदस्यले जवर्जस्ती विष सेवन गराएका हुन् । बल प्रयोग गरी विषालु चम्पाको फल खुवाएपछि सन्जुदेवी अचेत भएकी थिइन्...

फेसबुकमा महिलासँग यौन सम्पर्क प्रस्ताव राख्ने खड्का पक्राउ

२०७२ जेठ १३ गते १३:५५

काठमाण्डु– महिलाको नाममा नक्कली फेसबुक पेज खोलेर अश्लिल सन्देश पठाएको आरोपमा एक युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ का ३३ वर्षीय उत्तम खड्का छन् । प्रहरीका अनुसार खड्काले रकमसहित सामान मागेर नदिए नाँगो तस्बिर र भिडियो...

बिदा अवधिको शुल्क मिनाहा गर्न सकिन्नः प्याब्सन

२०७२ जेठ १३ गते १२:३७

काठमाडण्डु, १३ जेठ– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले बिदाको अवधिको शुल्क मिनाहा गर्न नसकिने जनाएको छ ।   विभिन्न अभिभावकले भूकम्पका कारण करिब एक महिना विद्यालय सञ्चालन नभएकाले सो अवधिको शुल्क मिनाहाका लागि आग्रह गरेकामा प्याब्सनले सो अवधिमा शिक्षकको तलव र घरभाडा...

समाज कल्याण परिषद्को राहत गुणस्तरहीन भन्दै वाणिज्यको सिलबन्दी

२०७२ जेठ १३ गते १२:१२

काठमाण्डु, १३ वैशाख– भूकम्प पीडितको लागि राहत वितरण गर्न भन्दै समाज कल्याण परिषद्ले खरिद गरेको राहत सामग्री गुणस्तरहिन पाइएपछि वाणिज्य विभागको टोलीले तत्कालको लागि वितरणमा रोक लगाउँदै गोदममा सिलबन्दी गरेको छ । आज विभागले अनुगमन गर्दा परिषद्ले खरिद गरेको सम्पूर्ण चामलमा उत्पादक, उत्पादन मिति,...

छ महिनाभित्र पर्यटन क्षेत्रलाई पहिलाकै अवस्थामा ल्याउने योजना

२०७२ जेठ १३ गते ११:५६

काठमाण्डु, १३ जेठ– विनाशकारी भूकम्पबाट अस्तव्यस्त बनेको मुलुकको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सरकारले विभिन्न कार्ययोजना अघि बढाएको छ । गत वैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पनबाट क्षतिग्रस्त बनेको पर्यटकीय संरचनाको मर्मत तथा पुनःनिर्माण गरी पर्यटकलाई आकर्षण गर्नेगरी संस्कृति,...

राष्ट्रिय सहमतिको सरकारका लागि सुशील कोइरालाले तुरुन्तै राजीनामा दिनुपर्छ : रायमाझी

२०७२ जेठ १३ गते ११:०८

काठमाण्डु, १३ वैशाख–एमाओवादीका सचिव एवं संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले राष्ट्रिय सहमतिको सरकार भनेको सुशील कोइराला नेतृत्वको सरकारको निरन्तरता नभएको स्पष्ट बताएका छन् । रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले राष्ट्रिय सहमतिको सरकारका लागि वर्तमान सरकारले मार्ग प्रसस्त गर्नु पर्ने धारणा...

गगन थापा भन्छन्, ‘सहमतीय सरकार निरंकुश हुन्छ, त्यसैले म यसको विरुद्धमा छु’

२०७२ जेठ १३ गते १०:४९

काठमाण्डु, १३ जेठ–कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रिय सहमतिको सरकार निरकुश र गैरजिम्मेवार हुने भन्दै आफू सहमतिको सरकारको पक्षमा नभएको बताएका छन् । बुधबार रिपोटर्स क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपालमा राष्ट्रिय सहमतिको सरकार बन्नै नसक्ने ठोकुवा गर्दै प्रतिपक्षीविहीन राजनीतिले कुनै नतिजा नदिने भएकोले...

भूकम्पबाट कपिलवस्तुमा १६ को मृत्यु, १२ बेपत्ता

२०७२ जेठ १३ गते ९:४६

कपिलवस्तु, १३ जेठ– जिल्ला दैवी प्रकोप उद्धार समितिले गत वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा कपिलवस्तु जिल्लाका १६ व्यक्तिको मृत्यु र १२ जना बेपत्ता र छजना घाइते भएको तथ्याङ्क सार्वजनिक गरेको छ । मजदुरीका लागि रसुवाको हाँकु गाविस– ७ स्थित मैलुङ हाइड्रोपावरमा गएका विनाशकारी...

नेपाल–भारत मेडिकल एसोसियसनबीच ७ बुँदे सहमति

२०७२ जेठ १३ गते ९:०५

काठमाण्डु,, १३ जेठ–गत वैशाख १२ र २९ गते आएको महाभूकम्पबाट महामारी हुने खतरा रहेको औल्याउँदै नेपाल मेडिकल एसोसियसन र इन्डियन मेडिकल एसोसियसनले छिट्टै संयुक्त घुम्ती स्वास्थ्य शिविर (मोबाइल हेल्थ क्याम्प) सञ्चालन गर्ने घोषणा गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुवै...

बुद्धको मावलीस्थल पङ्डितपुरमा चौथो चरणको उत्खनन जारी

२०७२ जेठ १३ गते ८:५४

नवलपरासी, १३ जेठ– भगवान् गौतमबुद्धको मावलीस्थल नवलपरासीको बन्जरियास्थित पङ्डितपुरमा पुरातत्व विभागले अहिले चौथो चरणको उत्खनन कार्य जारी राखेको छ । ऐतिहासिक कोलिय राज्यको राजधानी प्रमाणीकरणका लागि पुरातत्व विभागले अहिले चौथो चरणको उत्खनन कार्य जारी राखेको हो । नवलपरासीको बन्जरिया–९ स्थित पङ्डितपुर नै कोलिय राज्यको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us