काठमाण्ठु, १४ जेठ– दाङमा रहेको टरिगाउँ विमानस्थल बिहीबारदेखि नियमित रुपमा संचालनमा आउने भएको छ । विमानस्थलमा गोमा एयरको लेट एयरक्राफ्ट अवतरण भएर नियमित उडानको सुरुवात गरेको हो।बिहीबार पहिलो यडानमा सिधै दाङ जाने यात्रु कम भएपछि विमान सुर्खेत हुँदै दाङ गएको थियो । विमान दाङमा...
भक्तपुर, १४ जेठ– निःशुल्क प्रवेशको व्यवस्थापछि भूकम्पको त्रासमा रहेका बालबालिकालाई पौडीमा रमाउन पलाँसेस्थित ‘काठमाण्डु फन भ्याली’मा बालबालिकाको ओइरो लागेको छ । बालबालिकाका मनबाट भूकम्पको त्रास हटाएर सामान्य जीवनमा ल्याउने उद्देश्यले भ्यालीले गत आइतबारदेखि निःशुल्क प्रवेशको व्यवस्था गरेपछि यहाँ काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाबाट पौडीमा...
काठमाण्डु, १४ जेठ– अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने नेपालीहरुले नेपालका भूकम्पपीडिहरुका लागि करिब ४ करोड रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेका छन् । टेक्सासको डलास सहरमा रहेका नेपालीहरुको संगठन नेपाली समाजमार्फत सो रकम बराबरको राहत वितरण गरिएको हो । संकटग्रस्त सबैजसो जिल्लामा पुगेर नेपाली...
रौतहट, १४ जेठ– रौतहटको स्थानीय बम नहर नजिक बिहीबार बिहान ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । सदरमुकाम गौरबाट जाँदै गरेको बा२ख १५० नम्बरको ट्रक र ना२१प ५३९१ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा स्थानीय राजपुर तुलसी गाविस–६ बस्ने मोटरसाइकल...
महोत्तरी, १४ जेठ– विषालु सर्पले डस्दा बिहीबार बिहान महोत्तरीको बर्दिवास नगरपालिकामा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिवास नगरपालिका वडा नं १२ माईस्थान बस्ने बादल थिङकी दुई वर्षीया छोरी खुसी थिङ रहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । त्यसैगरी, बुबा २३...
काठमाण्डु, १४ जेठ– वैशाख १२ गते आएको भूकम्पको पराकम्पन अझैसम्म पनि रोकिएको छैन । त्यसयता ४ रेक्टर स्केल माथिका दुई सय ५० बढी धक्का गइसकेका छन् । यसक्रममा बिहीबार विहानसम्म भूकम्पका पाँच पराकम्पन महसुस गरिएको छ । विहान ३ बजेर ७ र ४० मिनेट ...
सिरहा, १४ जेठ–सिरहाको डुमरी गाविस–३ स्थित नहरमा बुधबार राति करिब ११ बजे सडक निर्माण गर्ने ठेकेदारमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली प्रहारबाट काठमाण्डुका सञ्जय पौडेल घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार पौडेलको...
गौशाला, १४ जेठ । पूर्व पश्चिम लोकमार्गअन्तर्गत महोत्तरीको रातु नदीमा बाढी आएपछि गएरातिदेखि यातायातमा समस्या आएको छ । एक वर्ष पहिले रातु नदीको पुल भाँसिएपछि नदीबाटै वैकल्पिक (डाइभर्सन) बनाएर गाडी चल्दै आएकोमा गएराति ३ बजे एक्कासि सो नदीमा आएको बाढीले यातायातमा समस्या भएको हो...
कञ्चनपुर, १४ जेठ–शुक्लाफाँटा वन्यजन्तु आरक्षमा भिषण आगलागी हँुदा व्यापक क्षति भएको छ । आरक्षको १५ किलोमिटरको दायरामा आगलागी भएको आरक्ष कार्यालयले जनाएको छ । आरक्ष कार्यालयका मुख्य संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार आरक्षको पलियाँ, मालुवेला, वर्कौला, मझगाउँ, चाँदमारी, बाबा तालको उत्तरतर्फको क्षेत्रमा तीन दिनदेखि...
काठमाण्डु, १४ जेठ – बिहीबार बिहान भूकम्पको ४ वटा पराकम्पन गएको छ । बिहानै ३ बजेर ४० मिनेट र ३ बजेर ७ मिनेटमा गोरखा र धादिङ केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको छ । ५ बजेर १२ मिनेटमा काठमाण्डु केन्द्रविन्दु भएर ४ रेक्टर...
कालीकोट, १४ जेठ– लगातार १७ वर्षदेखि पहिरो जान थाले पछि फुकोटका स्थानीयवासीलाई समस्या भएको छ । जिल्लाको उत्तर पश्चिममा पर्ने फुकोट गाविस–५ र ६ को बीचमा पर्ने कोलगडामा पहिरो गएपछि समस्या भएको हो । पहिरोका कारण पुर्छेगाउँका ७० घर परिवार र गैरागाउँका ३० घर...
खोटाङ, १४ जेठ–हावाहुरीका कारण जिल्लामा पाँच दिनदेखि विद्युत् अवरुद्ध भएको छ । शनिबार साँझ पानीसँगै चलेको हावाहुरीका कारण विभिन्न ठाउँमा गाडिएका विद्युत् पोल ढलेपछि विद्युत् अवरुद्ध भएको हो । दिक्तेल–गाईघाट ११ केभी र ३३ केभी विद्युत् प्रसारण लाइनको ३३ वटा पोल ढलेपछि जिल्लामा विद्युत्...