काठमाण्डु, १३ जेठ– बुधबार दुई मिनेटमा दुईवटा भूकम्पको पराकम्पन महसुस भएको छ । भूकम्प मापन केन्द्रका अनुसार दिउसो १ बजेर १५ मिनेटमा ४.५ र १ बजेर १६ मिनेटमा ४.६ म्याग्निच्यूटको पराकम्पन गएको हो । दुबै पराकम्पन सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गएका थिए ।...
काठमाण्डु, १३ जेठ– बुधबार १ बजेर १५ मिनेट जाँदा फेरि भूकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्रका अनुसनर सिन्धुपाल्चोक केन्द्रबिन्द भएर ४.५ म्याग्निच्यूटका पराकम्पन गएको हो । यसअधि दिउसो १२ बजेर ३ मिनेटमा ४.२ म्याग्निच्यूटको पराकम्पन गएको थियो ।...
काठमाण्डु, १३ जेठ– १ बजेर १५ मिनेट जाँदा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । मानिसहरु घर छाडेर बाहिर निस्किएका छन् । अपडेटका लागि हामीसँगै रहनुहोला ।...
काठमाण्डु, १३ जेठ– राष्ट्रपति डा. रामवरण यादवले बुधबार भूकम्पका कारण क्षतिग्रस्त त्रिभुवन विश्वविद्यालयको अवलोकन गरेका छन् । उक्त क्रममा राष्ट्रपति यादवले क्षतिग्रस्त बनेको विश्वविद्यालयको केन्द्रीय कार्यालय, त्रिवि केन्द्रीय पुस्तकालयलगायतका स्थानमा भएको भौतिक क्षति सम्बन्धमा स्थलगत अवलोकन गरी जानकारी लिएका थिए । अवलोकनका क्रममा राष्ट्रपतिसँगै...
काठमाण्डु, १३ जेठ– बुधबार दिउसो १२ बजेर ३ मिनेट जाँदा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्यूटको भूकम्पको पराकम्पन गएको छ । यसअघि मंगलबार राति रसुवालाई केन्द्रबिन्दु बनाएर १० बजेर ५२ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबारमात्र ४...
काठमाण्डु, १३ जेठ– त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह तेस्रो वर्षका परीक्षा जेठ ३१ गतेबाट सञ्चालन हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयको सोमबार बसेको बैठकले परीक्षा जेठ ३१ गते शुरु गर्ने निर्णय गरेको हो । क्यालेन्डर मिचिने भएकाले तत्कालै परीक्षा सुरु गर्नु...
जाजरकोट, १३ जेठ– जिल्ला विकास समिति जाजरकोटमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारले मङ्गलबार बेलुकी छापा मारेको छ । विभिन्न सञ्चार माध्यममा जिविसमा आर्थिक अनियमितताको खबर सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय सुर्खेतबाट आएको टोलीले जिविसमा छापा मारेको...
मेरो नाम गणेश शेर्पा हो । बुबा कृपासुर शेर्पा र आमा धनमाया दर्नाल हुन् । जागिरको सिलसिलामा बुबा कृपासुर ताप्लेजुङ सदरमुकाम फुङलिङमा जानुभएको रहेछ, बुबाले फुङलिङमा सूर्यमान गुरुङको घरमा डेरा गरी बस्नुभएको रहेछ उतिवेला । त्यहीवेला मेरी आमा धनमायासँग प्रेमविवाह पनि गर्नुभएछ । उहाँहरूको...
बागलुङ, १३ जेठ– घरमै पालको गाई बध गरेको आरोपमा पक्राउ परेका बिनामारे–९ का २७ वर्षीय शेरबहादुर दर्जी पूर्पक्षका लागि कारागार चलान भएका छन् । यही जेठ १ गते आफ्नो घरमा रहेको गाई बध गरेका दर्जीलाई प्रहरीले भोलिपल्ट पक्राउ गरेको थियो । प्रहरीले दर्जीमाथि अनुसन्धान...
काठमाण्डु, १३ जेठ–नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारले ऋण दिँदा भूकम्प पीडितसँग धितो माग्न नमिल्ने बताएका छन् । १३ औं इच्छुक स्मृति दिवसको अवसरमा बानेश्वरमा आयोजित अन्तक्रियामा बोल्दै महासचिव विप्लवले संकटको यो घडीमा भूकम्प पीडितलाई विनाधितो ऋण दिनुपर्ने मान्यता आफ्नो पार्टीको रहेको बताए ।...
उदयपुर, १३ जेठ– लगातारको हावाहुरीबाट उदयपुरमा करोडौँको क्षति भएको छ । शनिबारदेखि लगातार आइरहेको हावाहुरीबाट करिब ३ सय ५० घर र १२ विद्यालयमा क्षति पुगेको छ भने बिजुलीका करिब ४ सय खम्बा ढलेका छन् । गए रातिको हावाहुरीबाट रैता गाविस–९ गुरासे बस्ने २० वर्षीया...
दोलखा, १३ जेठ– एमाओवादी स्वयम् सेवक टोलीले भूकम्पबाट अतिप्रभावित दोलखाको भीमेश्वर–५ जिलुमा भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माण गरेको छ । काठमाण्डुबाट गएको विद्यार्थी र मजदुर तथा मधेसबाट गएको पार्टी कार्यकर्ताको टोलीले नौ कोठे पक्की भवन निर्माण गरेको हो । भवन निर्माणमा ७० जनाको टोली...