काठमाण्डु, २८ असार– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले कुनै पनि हालतमा साउन महिनाभित्र संविधान जारी हुने बताएका छन् । सोमबार संविधानसभा अन्र्तगत नागरिक सम्बन्ध समितिले गरेको अन्तरक्रियामा सभाध्यक्ष नेम्वाङले दलहरुबीच संविधान जारी गर्ने निश्चित मितिमा सहमति नभएपनि कार्यतालिका अनुसार संविधानसभा अघि बढेकाले साउनभित्रै संविधान आउने...
काठमाण्डु, २८ असार-विनाशकारी भूकम्पपछि राजधानीमा घरधनीको मागबमोजिम नेपाल टेलिकम, एनसेल र युटिएल कम्पनीका ७२ टेलिफोन टावर झिकिएपछि मोबाइल नेटवर्कमा समस्या देखिएको छ । भूकम्पका बेला अग्ला घरको छतमा जडान गरिएका टेलिफोनका टावर हल्लिएपछि त्यसबाट थप क्षति हुने त्रासले सयौँ घरधनीले त्यस्ता टावर हटाउन...
काठमाण्डु– विनाशकारी भूकम्पमा पर्दा समेत मृत्युलाई जित्न सफल केही नेपालीहरुको कथालाई समेटेर पत्रकार गणेश पाण्डेले ‘भाग्यले बाँचेकाहरु– मिराकल सर्भाइभल इन नेपाल अर्थक्वेक’ नामक नयाँ डकुमेन्ट्री तयार पारेका छन् । ५५ मिनेट लामो डकुमेन्ट्रीमा धराहरा ढल्दै गरेको प्रत्यक्ष भिडियोदेखि वैशाख १२ गतेको महाभूकम्पमा परेर बाँच्न...
काभ्रे, २८ असार– काभ्रेमा एक युवतीलाई दुई युवक मिलेर बलात्कार गरेका छन् । बनेपाबाट घर पुर्याउनेभन्दै ट्याक्टरमा हालेर लगेका २५ वर्षीय युवतीलाई ति युवकले पनौतिको जंगलमा लगेर बलात्कार गरेका हुन् । युवतिलाई बलात्कार गर्ने उदरयुर त्रियुगा नगरपालिका ४ स्स्थायी घर भएका २९...
सिरहा, २८ असार-सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा भिनाजुको नाममा परीक्षा दिन पुगेका सालो सोमबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरी कल्याणपुर गाविस– ६ का शिवनारायण साहका छोरा दिनेशचन्द्र साह रहेका छन् । नातामा आफ्नै भिनाजु पर्ने भोला साहको नाममा परीक्षा दिइरहेका अवस्थामा...
काठमाण्डु, २८ असार– एमएस थापा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र पर्शुराम तामाङ नेतृत्वको संघीय गणतान्त्रिक समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ । दुई दलले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर दुई दलबीच वैचारिक नीति, मान्यता र राजनीतिक कार्यक्रमहरुमा समानता रहेकोले आगामि साउन २३ गते...
काठमाण्डु, २८ असार– नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सीमांकन सहितको संघीयतामा दलहरुबीच सहमति जुट्ने सम्भावना कम रहेको बताएका छन् । संघीयताको टुंगो नलाग्दासम्म संविधान जारी भएपछि पनि संविधानसभा विघटन गर्न नहुने नेता देउवाको भनाई छ । पूर्व प्रधानमन्त्री समेत रहेका नेता देउवाले नेपाल...
काठमाण्डु, २८ असार–राप्रपा नेपाल समानान्तर केन्द्रिय समितिले संविधानको प्रस्तावित मस्यौदामा धर्म परिवर्तनलाई छुट दिएको भन्दै बिरोध जनाएको छ । समानान्तर समितिले बहुमत नेपाली जनताको भावना विपरीत धर्म परिवर्तनलाई छुट दिइएको, जनतामा राय लिन अपर्याप्त र अव्यवहारिक समय तोकेको भन्दै उपत्यका केन्द्रीत विभिन्न विरोधका कार्यक्रमसमेत...
काठमाण्डु, २८ असार-संवैधानिक रुपमा नै गर्भावस्थादेखि आठ वर्षसम्मका बालबालिकाका अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ । प्रारम्भिक बालविकासका लागि सभासद्को सहकार्य समन्वय समूह, सेतोगुराँस राष्ट्रिय बालविकास सेवा ललितपुर र सेभ द चिल्ड्रेनको संयुक्त आयोजनामा सोमबार भएको ‘एकीकृत प्रारम्भिक बालविकासका लागि राष्ट्रिय नीति तथा...
बनेपा, २८ असार-संविधानको प्रारम्भिक मस्यौदा–२०७२ माथिको सुझाव सङ्कलन कार्य काभ्रेपलाञ्चोकमा सोमबारदेखि सुरु भएको छ । त्यसका लागि धुलिखेलमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सभासद्सहितको सर्वपक्षीय बैठकले संविधानको मस्यौदामाथिको छलफललाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरेको छ । काभ्रेपलाञ्चोक क्षेत्र नं ४ का...
बाँके, २८ असार– बाँकेमा एक युवकको डुबेर मृत्यु भएको छ । पुरैनी–४ मा रहेको माया सदन अनाथालयमा बस्दै आएका डोल्पा नर्कु–३ घर भएका १५ बर्षीय दवर शाहीको डुबेर मृत्यु भएको हो । सोही ठाउँको पोखरीमा आइतबार पौडी खेल्ने क्रममा डुबेका उनलाई उद्धार गरी उपचारको...
गुल्मी, २८ असार-गुल्मीको विश्वखर्कमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । विश्वखर्कबाट शान्तिपुर जाँदै गरेको लु२त ८२८५ नंको ट्र्याक्टर विश्वखर्क–५ को खालीडाँडा भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी ट्र्याक्टर चालक कपिलवस्तु पकडी गाविस वडा नं ९ स्थायी घर भई हाल...