दाङ, २८ असार– लमही नगरपालीका ६ वनगाउँ निवासी राजेन्द्र अधिकारी संयुक्त राष्ट्र संघले सञ्चालन गरेको एसीया शान्ति अवार्डकालागी प्रतिस्प्रर्धाको अन्तिम चरणमा पुगेका छन् । नेपालबाट अधिकारीसहित चार जना अवार्ड प्राप्तीकालागी प्रतिसप्रर्धामा रहेका छन् । नेपालमा शान्ति स्थापनाकालागी विगत १० वर्ष देखी सर्चफर कमन...
कैलाली, २८ असार– कैलालीमा भारतीय नम्बरको कारले ठक्कर दिँदा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । पहलमानपुरका ३८ वर्षीय नवराज भट्टराईको अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साँझ ८ः३० बजे कैलालीको चौमाला–९ झीलमा पूर्वबाट–पश्चिमतर्फ गइरहेको...
काठमाण्डु, २८ असार– युवा संघ नेपालले वैदेशिक रोजगार विभागका महानिर्देशक भरत सुवेदीलाई तत्काल कारवाही गर्न माग गरेको छ । युवा संघले विज्ञप्ती जारी गरी सुवेदीले गैरकानुनी ढंगबाट दोहोरो नागरिकता लिएको पुष्टि भएपनि सुवेदीलाई कारवाही गर्न सरकारले चासो नेदखाएको भन्दै गंभिर आपत्तिसमेत जनाएको छ ।...
चितवन, २८ असार-चितवन राष्ट्रिय निकुञ्जमा नेपालमै पहिलो ‘प्रकृति संरक्षण शिक्षालय खुलेको छ । वन र वन्यजन्तुको संरक्षण प्रभावकारी बनाउने लक्ष्यसहित नेपाली सेनाले उक्त शिक्षालय सञ्चालनमा ल्याएको हो । शिक्षालयमा संरक्षणमा खटिने नेपाली सेनालाई प्रशिक्षण दिइनेछ । हाल निकुञ्जको कार्यालय अगाडि रहेको खाली...
मेलम्ची, २८ असार-भूकम्पबाट जिल्लामा तीन हजार ५०० भन्दा बढी व्यक्तिले ज्यान गुमाएको सिन्धुपाल्चोकमा ५७ प्रतिशत महिलाको मृत्यु भएको थियो । जसमध्ये कतिपय गर्भवती तथा सुत्केरी भूकम्पमा परेका थिए । भूकम्पबाट बच्न सफल सुत्केरी तथा गर्भवतीलाई अहिले ठूलो समस्या परेको छ । व्यापारको...
इनरुवा, २८ असार-सुनसरी जिल्लाका १२ हजार बालबालिका अझै पनि विद्यालय बाहिर रहेको एक तथ्या¬ङकबाट थाहा भएको छ । कतिपय ठाउँमा नजिक विद्यालय नभएको कारणले बालबालिका विद्यालय बाहिर रहेका छन भने कतिपय ठाउँमा विद्यालय नजिक भए पनि अशिक्षा, बेरोजगारी, गरिबी, विपन्नतालगायतका कारणले विद्यालयमा भर्ना...
परासी, २८ असार-नवलपरासीमा थप तीन वटा आयुर्वेद औषधालयको स्थापना गरिएको छ । जिल्लाको ग्रामीण क्षेत्रको पाल्ही, मनरी र गुठीप्रसौनीमा औषधालयको स्थापना गरिएको हो । जनतालाई आयुर्वेद पद्धतिबाट उपचार सेवा प्रदान गर्न आयुर्वेद औषधालय स्थापना भएको जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रमुख गोकुल पराजुलीले बताए ।...
काठमाण्डु, २८ असार – काठमाण्डुको उत्तरपूर्वी भेगको व्यापारिक सहरका रुपमा चर्चित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक साँखु बजार भूकम्पपछि अझै पूर्णरुपमा खुल्न सकेको छैन । उत्तरपूर्वी भेगका काँठ क्षेत्रको मात्र नभई सिन्धुपाल्चोक जिल्लाको पश्चिमी, भक्तपुर जिल्लाको उत्तरपूर्वी र काभ्रेपलाञ्चोक जिल्लाको उत्तर पश्चिमी भेगका गाविसको बजारका...
कञ्चनपुर, २८ असार – दातृ निकायको सहयोगमा कञ्चनपुरका चार जना मुक्त कमलरीले प्राविधिक शिक्षा पढ्ने मौका पाएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ नामक संस्थाले सञ्चालन गरेको कमलरी प्रथा उन्मूलन परियोजनाअन्तर्गत दुई जनाले सामान्य चिकित्सा (एचए), एक जनाले जेटिए र स्टाफनर्स पढ्दै आएका छन्...
काठमाण्डु, २७ असार– आदिवासी जनजाति र मधेसी बुद्धिजिवीहरुको एक टोलीले राष्ट्रपति रामवरण यादवलाई भेटी संघीयता र जनाधिकार बिनाको संविधान ल्याउन लागिएको भन्दै ध्यानाकर्षण गराएको छ । पद्मरत्न तुलाधरको नेतृत्वमा आइतबार शीतलनिवास पुगेर उनीहरुले संघीयता र समावेशीता बिनाको संविधान लाद्न खोजिएको भन्दै चिन्ता व्यक्त गरेका...
काठमाण्डु, २७ असार– काठमाण्डुको कीर्तिपुर केन्द्रबिन्दु बनाएर आइतबार साँझ भूकम्प गएको छ । साँझ ६ बजेर ३५ मिनेटमा कीर्तिपुर केन्द्र भएर ३.३ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसअघि आइतबारै दिउँसो २ बजेर २८ मिनेटमा दोलखा केन्द्र बिन्दु भएर...
काठमाण्डु, २७ असार-व्यवस्थापिका–संसद्को आइतबारको बैठकले आर्थिक वर्ष २०७२/७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । धन्यवादको प्रस्तावद्वारा राष्ट्रपतिबाट असार २३ गतेको बैठकमा पेस भएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७२/७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई...