समाचार

मापदण्ड विपरीत राखिएका बालबालिका उद्धार

२०७२ असार २७ गते १८:५८

काठमाण्डु, २७ असार– मापदण्ड बिपरीत विभिन्न जिल्लाबाट अनाथ भनि ल्याइएका बालबालिका राखिएको भन्दै केन्द्रिय बाल कल्याण समितिले २१ जना बालबालिकाको उद्धार गरेको छ । आइतबार काठमाण्डुको कुलेश्वरमा दुर्गा आचार्यले सञ्चालन गरेको माया घरबाट केन्द्रिय बाल कल्याण समितिले २० जना बालबालिकाको उद्धार गरेको हो ।...

चारुमति बिहारमा ५० फिट अग्लो अशोक स्तम्भ निर्माण गरिने

२०७२ असार २७ गते १८:४७

कठमाण्डु, २७ असार-चावहिलस्थित चारुमति बौद्ध विहारमा ५० फिट अग्लो अशोक स्तम्भ निर्माण गरिने भएको छ ।   भारत पुणेमा रहेको अशोक सर्वाङ्गीण विकास सोसाइटीले आइतबार आयोजित पत्रकार सम्मेलनको आयोजना गरी करिब २० लाख रुपैँयाको लागतमा सो स्तम्भ निर्माण गर्न लागिएको जानकारी दिएको हो ।...

बाबुरामसँग नाचघरमा जंगिए प्रचण्ड

२०७२ असार २७ गते १८:३५

काठमाण्डु, २७ माघ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी बनाउने नाममा गुटबन्दी गर्दै नहिंड्न वरिष्ठ नेता बाबुराम भट्टराईलाई चेतावनी दिएका छन् । पार्टी सम्वद्ध अखिल क्रान्तिकारीले राष्ट्रिय नाचघर जमलमा आइतबार गरेको कार्यक्रममा उनले पार्टी नयाँ बनाउने नाममा गुटबन्दी गर्ने अधिकार कसैलाई नभएको...

जब बाबुरामले प्रचण्डलाई सतीदेवीको लाससँग तुलना गरे…

२०७२ असार २७ गते १८:०१

काठमाण्डु, २७ असार– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले महादेवले सतीदेवीको लास बोके जसरी पुरानै नेतृत्व र कार्यशैली बोकेर हिंडे पार्टीको पतन निश्चत भएको बताएका छन् । पार्टी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार जमलस्थित राष्ट्रिय नाचघरमा गरेको कार्यक्रममा उनले पुरानो नेतृत्व, कार्यशैली र विचारमा पार्टी...

नीति तथा कार्यक्रममाथिको छलफल सकियो

२०७२ असार २७ गते १७:३८

कठमाण्डु, २७ असार-व्यवस्थापिका–संसद्को आइतबारको बैठकमा पनि सांसदले आर्थिक वर्ष २०७२र७३ का लागि प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ ।   सरकारले असार २३ गते सदनमा पेस गरेको नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो । छलफलमा सहभागी हुँदै सांसदहरुले समर्थन र...

संजयलाई राखेपको २५ हजार

२०७२ असार २७ गते १७:३२

काठमाण्डु, २७ असारण् नेपालका सर्वाधिक लामो दुरीका म्याराथुन धावक एवं कीर्तिमानी विश्व पर्वतारोही संजय पण्डितलाई आइतवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले २५ हजारउपलव्ध गराएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा, प्राणघातक हिमाल मनास्लु लगाएत ६ महादेशका सर्वोच्च शिखरहरुको आरोहण एवं अनुभव...

माछा मार्न गएका मदनको करेन्ट लागेर मृत्यु

२०७२ असार २७ गते १७:३१

झापा, २७ असार–झापामा एक युवाको करेन्ट लागेर मृत्यु भएको छ । दमक–१४ बस्ने ३८ वर्षीय मदन पास्कोटीको घर नजिकैको दिपिनी खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आइतबार करेन्ट लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान पनि गरिरहेको जनाएको...

तीन वर्षीय बालकको सर्पले टोकेर मृत्यु

२०७२ असार २७ गते १७:२१

डोटी, २७ असार–डोटीमा एक तीन वर्षीय बालकको सर्पले टोकेर मृत्यु भएको छ । रानागाउँ–५ बस्ने धर्म लोहारको छोरा तीन वर्षीय राकेश लोहारको सर्पले टोकेर मृत्यु भएको छ । आँगनमा खेलीरहेको बालकलाई आइतबार सर्पले खुट्टामा टोकेपछि जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ...

भीरबाट खसेर सानुमायाको मृत्यु

२०७२ असार २७ गते १६:५२

चरिकोट, २७ असार-दोलखाको उत्तरी गाविस कालीञ्चोकमा आइतबार एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ ।   मृत्यु हुनेमा कालीञ्चोक गाविस– ६ का चन्द्रबहादुर तामाङको १३ वर्षीया छोरी सानुमाया तामाङ रहेकी छन् । जिम्बु (लसुन घाँस) टिप्न गएकी सोही वडाका जयवीर तामाङकी श्रीमतीसँग सानुमाया पनि...

कीर्ते दस्तखत गरेर करोडौँको जग्गा बिक्री गरेको खुलासा !

२०७२ असार २७ गते १६:३७

कञ्चनपुर, २७ असार-एकीकृत नेकपा माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य नरहरिनाथ योगीले कीर्ते दस्तखत गरेर गोप्य रुपमा सङ्गठनको करोडौँ मूल्य पर्ने जग्गा बिक्री गरेको खुलासा भएको छ ।   महासङ्घका केन्द्रीय सदस्य तथा थारुवान राज्य समिति इन्चार्ज योगीले सङ्गठनको नाममा रहेको...

बामदेवको गुनासोः पत्रकारले मेरो हुर्मत काडे

२०७२ असार २७ गते १६:२६

काडमाण्डु, २७ असार– गृहमन्त्री बामदेव गौतमले भूकम्पपछिको व्यवस्थापनका लागेका बेला सञ्चारमाध्यमले आफ्नो हुर्मत काडेको गुनासो गरेका छन् । आइतबार आफ्नै कार्यकक्षमा ज्ञापनपत्र बुझाउन पुगेका प्रेस चौतारी नेपालका पदाधिकारीसँग मन्त्री गौतमले भूकम्पपछिको व्यवस्थापनमा सरकार व्यस्त रहेको बेला केही सञ्चारमाध्यमले बिनप्रसंग आफ्नो बदनाम गरेको आरोप लगाए...

देश टुक्र्याउनेखालको स्वतन्त्रता कसैलाई दिन हुँदैन- नेपाल

२०७२ असार २७ गते १६:२०

काठमाण्डु, २७ असार-नेकपा एमालेका नेता माधवकुमार नेपालले देश टुक्र्याउने खालको स्वतन्त्रता कसैलाई पनि दिन नहुने बताएका छन् ।   राष्ट्रिय ख्रीष्ट्रियन महासङ्घ नेपालले आइतबार आयोजना गरेको ‘नयाँ संविधानमा धार्मिक निरपेक्षता कार्यान्वयन र पूर्ण धार्मिक स्वतन्त्रता’ विषयक विचार गोष्ठीमा उनले देशमा सार्वभौमिक अखण्डतामा प्रतिकूल असर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us