काठमाण्डु, २७ असार– संविधानसभाले जनताको सुझाव संकलन गर्न ४१ वटा टोली बनाएर कर्मचारीलाई मस्यौदासहित शनिबार जिल्ला पठाएको छ । सुझाव संकलनका लागि २–२ जना कर्मचारीको समुह बनाएर जिल्ला अनुसार ७५ वटा टोली बनाइएको छ । उनीहरुले विभिन्न जिल्लामा गएर सभासदहरुका लागि जनमत संकलको वातावरण...
कञ्चनपुर, २७ असार-लोपोन्मुख अवस्थामा रहेको बहुमूल्य जडीबुटी सर्पगन्धा कञ्चनपुरको भगवती सामुदायिक वनमा फेला परेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का वरिष्ठ वैज्ञानिकको टोलीले सामुदायिक वनमा लोपोन्मुख सर्पगन्धाका बिरुवा फेला पारेको हो । कञ्चनपुरका सरकारी र सामुदायिक वनमा वनस्पतिको औषधिमुलक जडिबुटी...
काठमाण्डु, २७ असार– इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ । साथै उक्त मुलुकले नेपाल सरकारसँग सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुङ्ग्याउने बताएको छ...
काठमाण्डु, २७ असार – सरकारले आगामी आर्थिक वर्ष २०७२/७३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार सकिँदैछ । राष्ट्रपति डा. रामवरण यादवले सरकारको नीति तथा कार्यक्रम यही असार २३ गते संसदमा प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममाथि शुक्रबार र शनिबार भएको...
काठमाण्डु, २७ असार–ऊर्जामन्त्री राधा ज्ञवालीले राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त आयोजना सञ्चालनका लागि अर्थ मन्त्रालयले तत्काल रु २९ अर्ब निकासा दिनुपर्ने बताएकी छन् । उनले राष्ट्रिय गौरवको आयोजना बढाउने सन्दर्भमा अर्थ मन्त्रालयले निकासा दिन ढिलाइ गरिरहेको गुनासो गर्दै सो विषयमा अर्थमन्त्री डा रामशरण महतसँग आइतबारै...
काठमाण्डु, २७ असार– सरकारले तोकिएको समय भन्दा एक दिन ढिलो बजेट ल्याउने तयारी गरेपछि जनमत संकलनमा जाने सभासदहरुको पूर्वनिर्धारित कार्यक्रम प्रभावित हुने भएको छ । सरकाले असार २८ गते बजेट ल्याउन नसक्ने जनाएपछि संविधानसभाले सभासदलाई जनमत संकलनका लागि साउन १ गते जिल्लामा पठाउने तालिका...
भद्रपुर, २७ असार– जिल्ला अदालतमा हालसम्म जिम्मेवारी सरेर आएकामध्ये दुई सय १९ र यस वर्षकामध्ये एक सय ८५ थान मुद्दा फछ्र्योट भएका छन् । अदालतमा जिम्मेवारी सरेर आएका एक हजार आठ सय ८४ र यस वर्षका तीन सय ७९ मुद्दा थिए । अदालतले ‘फैसला...
काठमाण्डु, २७ असार–एमालेले आगामी साउन ७ गते पार्टी केन्द्रीय कार्यालय कामपा, धूम्रबाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानमा सार्ने भएको छ । पार्टीले भूकम्पका कारण हाल बस्दै आएको मदननगर बल्खुको कार्यालय जोखिममा परेपछि प्रतिष्ठानको चारतले भवनमा नयाँ कार्यालय सार्न लागेको हो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव...
धनगढी, २७ असार –कैलाली जिल्लाको पहाडी क्षेत्र सहजपुर गाविस–२ बयँला गाउँमा गए राति विषालु च्याउ खाँदा पाँच परिवारका २१ जना बिरामी परेका छन् । गाउँ नजिकै रहेको जङ्गलबाट दिउँसो टिपेर ल्याइएको च्याउ साँझपख घरमा पकाएर खाँदा मानिस बिरामी परेको पाइएको इलाका प्रहरी कार्यालय फल्टुडेका...
बागलुङ, २७ असार –बागलुङका विद्यार्थीले आफूले खाने दैनिक खाजा खर्च जोगाएर भूकम्पपीडितका लागि सहयोग गरेका छन् । हरिचौर स्रोत केन्द्रभित्रका विद्यार्थीबाट सङ्कलित रु ४० हजार ८१५ जिल्ला प्रकोप व्यवस्थापन कोषमा शुक्रबार जम्मा गरिएको हो । स्रोत केन्द्रभित्रका १५ विद्यालयमा पढ्ने विद्यार्थीले खाजा खर्चबापतको रकम राहतका...
दाङ, २७ असार – तीव्र गतिमा सवारी चलाउँदा हुने दुर्घटना रोक्न जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शनिबार दाङमा सुस्तगतिमा मोटरसाइकल चलाउने प्रतियोगिता सम्पन्न भएको छ । घोराहीको भरतपुर मैदानमा भएको सो प्रतियोगितामा तुलसीपुर निवासी अरुण योगी प्रथम भए...
वीरगञ्ज, २६ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री र राष्ट्रपति नचाहिएको बताएका छन् । शनिबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले पदका लागि १६ बुँदे सहमति नगरेको बताए । ‘सत्ताको बार्गेनिङ गरेर १६ बुँदे सहमति गरेको होइन’, प्रचण्डले भने, ‘हामीलाई प्रधानमन्त्री...