समाचार

एमालेले महाभूकम्पको वृत्तचित्र निर्माण गर्ने

२०७२ असार २६ गते १९:०९

काठमाण्डु, २६ असार-नेकपा एमालेले भूकम्पको दस्तावेज तयार गर्ने उद्देश्यले ‘महाभूकम्प २०७२’ नामक वृत्तचित्र निर्माण गर्ने भएको छ ।   राष्ट्रिय स्वयम्सेवक परिचालन कमिटिको शनिबार बसेको बैठकले समीक्षा प्रतिवेदनसमेत तयार गर्ने निर्णय गरेको छ ।   गत वैशाख १२ गते आएको भूकम्पले विभिन्न स्थानका ऐतिहासिक...

‘कुने गाउँ’ पहिरोको उच्च जोखिममा, बाग्मती नदी थुनिने खतरा !

२०७२ असार २६ गते १८:४६

काठमाण्डु, २६ असार-गोकर्णेश्वर नगरपालिका–१ अन्तर्गत शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको सुन्दरीजलस्थित कुने गाउँ पहिरोको उच्च जोखिममा परेको छ ।   काठमाण्डु उपत्यकामा ल्याइएको खानेपानीको स्रोतमाथिको यो गाउँको धाँजा फाटेको जमिन खसेमा बाग्मती नदीसमेत थुनिन सक्ने भयमा स्थानीय चिन्तित बनेका छन् । पहिरोको जोखिम रहेको यो...

‘संविधानमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने प्रावधान नराख’

२०७२ असार २६ गते १८:२८

काठमाण्डु, २६ असार-संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आगामी संविधान प्रेसमैत्री हुनुका साथै स्वतन्त्र प्रेसलाई प्रत्याभूत हुने आधार तयार गर्छ भन्नेमा द्वीविधा नलिन आग्रह गरेका छन् ।   नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालले संविधानसभा भवनमा ‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने वाक्यांश हटाएर प्रेसमैत्री संविधान जारी गर्न’ प्रस्तुत...

भूकम्पपछि एमालेले नयाँ छवि बनाएको छ– भण्डारी

२०७२ असार २६ गते १८:२०

काठमाण्डु, २६ असार-नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले संविधानसभाबाट जनताले चाहेको जस्तो संविधान आउने बताएकी छन् ।   एमाले ३२ वडा कमिटीले एसएलसी परीक्षामा त्यस वडाबाट सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गर्न शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा उनले जनताले चाहेको जस्तो संविधान बनाउन सुझाव लिने...

भीरबाट खसेको ढुंगाले लागेर सुनवारको मृत्यु

२०७२ असार २६ गते १८:०७

सिन्धुली, २६ असार– सिन्धुलीमा एकजना बालकको भीरबाट ढुंगा खसेर लाग्दा मृत्यु भएको छ । बाख्रा चराउन गएको अवस्थामा माथिबाट खसेको ढुंगाले लागेर रत्नावती–९ बस्ने १४ बर्षीय सुवाष सुनुवारको मृत्यु भएको हो । सोही ठाउँको भालुभन्ज्याङमा शुक्रबार बाख्रा चराउने क्रममा माथिबाट खसेको ढुंगाले लागेर गम्भीर...

संविधानको मस्यौदाले नयाँ युद्ध जन्मायोः राई

२०७२ असार २६ गते १८:०६

काठमाण्डु, २६ असार– संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता तथा संसदीय दलका नेता अशोक राईले चार दलको सहमतिमा आएको संविधानको मस्यौदाले नयाँ क्रान्तिको जन्म गराएको बताएका छन् । शनिबार भएको अन्तरक्रियामा नेता राईले जनचाहना बिपरीत चार दलको स्वार्थमा बनेको संबिधानको प्रारम्भिक मस्यौदाले देशमा नयाँ...

भूकम्पपीडित विद्यार्थीलाई सौर्य बत्ती उपहार

२०७२ असार २६ गते १७:५८

गोरखाबजार, २६ असार-उत्तरी गोरखाका विभिन्न विद्यालयका विद्यार्थीलाई सौर्य बत्ती उपहार दिइएको छ । अँध्यारोमा पढ्न सहज बनाउन भूकम्पपीडित विद्यार्थीलाई बत्ती वितरण गरिएको हो ।   जिल्ला विकास समिति गोरखाअन्तर्गतको वैकल्पिक ऊर्जा शाखासँगको समन्वयमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार ललितपुरले एक हजार पाँच सय थान...

प्रचण्डलाई एमालेमा ल्याउने ओलीको घोषणा

२०७२ असार २६ गते १७:४६

काठमाण्डु, २६ असार– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई नै एमालेमा ल्याउने घोषणा गरेका छन् । शनिबार पार्टी कार्यालय बल्खुमा एमाओवादी नुवाकोटका नेता तथा पूर्व मेयर ठाकुरप्रसाद गजुरेललगायका नेतालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले एमाओवादीका शीर्ष नेताहरुसमेत एमालेमा प्रवेश गराउने दावी गरे...

संसद् विकास कोषको रकम विनियोजन गर्दा विभेद हुनुहुँदैनः नेम्वाङ

२०७२ असार २६ गते १७:४४

काठमाण्डु, २६ असार-व्यवस्थापिका–संसद्का सभामुख सुवास नेम्वाङले संसद् विकास कोषलगायतमा बजेट विनियोजन गर्दा निर्वाचित, समानुपातिक र मनोनीतबीच कुनै विभेद हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।   व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दल सम्बद्ध समानुपातिक र मनोनीत सांसदहरुले शनिबार संविधानसभा भवन नयाँ बानेश्वरमा बुझाउनुभएको तीनबुँदे ध्यानाकर्षणपत्र...

कपुरकोटको तरकारी काठमाण्डुमा रोक

२०७२ असार २६ गते १७:३०

सल्यान, २६ असार-जिल्लाकै एकमात्र तरकारी उत्पादन हुने कपुरकोट क्षेत्रका बेमौसमी तरकारीलाई काठमाडौँमा बिक्री गर्न रोक लगाइएको छ । तरकारीमा विषादीको मात्रा अत्यधिक भएको पाइएपछि काठमाडाँैको कालिमाटीबाट गोलभेँडा, काउली, बन्दालगायतका तरकारी फर्काइएको हो ।   देशमा विभिन्न भाग तथा भारतसम्म निर्यात हँुदै आएको बेमौसमी तरकारी...

रोल्पामा बम बस्फोट, पाँच घाइते

२०७२ असार २६ गते १५:४६

काठमाण्डु, २६ असार– माओवादी जनयुद्धको उदगम थलो रोल्पाको थवाङ गाविस–१ चालावाङमा शनिबार बिहान बम विस्फोट हुँदा पाँच जना घाइते भएका छन् । स्थानीय श्रीप्रसाद घर्तीको घरमा बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटपछि घर्ती सम्पर्क बाहिर छन् । विस्फोटबाट घर पूर्ण रुपमा क्षति...

नीति तथा कार्यक्रममा सत्ता पक्षको बचाउ, प्रतिपक्षीको विरोध

२०७२ असार २६ गते १५:४५

काठमाण्डु, २६ असार – सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको सत्ता पक्षका सभासदहरुले बचाउन गरेका छन् भने विपक्षी दलका सभासदहरुले आलोचना गरेका छन् । व्यवस्थापिका संसदको शनिबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि भएको छलफलमा विभिन्न दलका सभासदहरुलेमिश्रित प्रतिक्रिया दिएका हुन् । सत्तारुढ दलका सभासदहरुले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us