काठमाण्डु, २६ असार– एकीकृत माओवादीसहित विभिन्न पार्टी रहेर नुवाकोटमा क्रियाशिल ६८ जना एमाले प्रवेश गरेका छन् । एकीकृत माओवादी नेता ठाकुर गजुरेलको नेतृत्वमा उनीहरु एमाले प्रवेश गरेका हुन् । विदुर नगरपालिकाका तत्कालिन मेयर गजुरेल माले हुँदै ०६४ को पहिलो संविधानसभा निर्वाचनअघि एमाओवादी प्रवेश गरेका...
काठमाण्डु, २६ असार – प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्र स्थापनाका लागि सहिदले गरेको योगदान खेर जान नदिने बाएका छन् । प्रजातन्त्र स्थापनाका लागि गरिएको आन्दोलनमा ज्यान गुमाएका ओखलढुंगाका चारजना सहिदको नाममा ललितपुरको नख्खुमा निर्माण गरिएको पार्कको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले नेपालमा लोकतान्त्रिक संविधान निर्माण...
इलाम, २६ असार – शिक्षक सेवा आयोगको परीक्षामा सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लालुप्रसाद माझीको मृत्यु भएको छ । आयोगको परीक्षा केन्द्र इलामको ग्रीनभ्याली एकाडेमीमा खटिएका माझीको रक्तबमन गरी बेहोस भएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । सप्तरी हर्दिया कटिया...
काठमाण्डु, २६ असार – इजरायलले नेपाली श्रमिकलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट गर्दै कृषि कामदार, परिचारक र प्रशिक्षार्थीलाई पर्याप्त अवसर दिने बताएको छ । नेपाल सरकारसँग सरकारीस्तरमा नै सम्झौता गरेर नेपालीलाई पुनः काम दिने जनाउँदै चाँडै नेपाली कामदार लिने प्रक्रिया टुंग्याउने बताएको छ । करिब नौ...
विराटनगर, २६ असार – मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संवैधानिक प्रक्रिया मिलाएर राजनीतिक सहमतिमा सीमांकन पनि टुंग्याउन सकिने बताएका छन् । संविधानसभाबाट पारित ‘नेपालको संविधान २०७२ प्रारम्भिक मस्यौदा’मा जनताको रायसुझावपछि परिमार्जन हुन सकिने बताए । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै...
काठमाण्डु, २६ असार– विभिन्न मन्त्रालयमा जागिर लगाइदिन्छु भन्दै सर्वसाधारणसँग रकम ठगि गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । सर्वसाधारणलाई ठगि गरेको आरोपमा प्रहरीले काठमाण्डुको तारकेश्वर नगरपालिका वडा नं. ३ गोलढुंगा बस्ने राजकुमार चापागाईलाई नियन्त्रणमा लिएको जनाएको छ । चापागाईले स्वास्थ्य मन्त्रालयमा जागिर लगाइदिने भन्दै काठमाडौं...
काठमाण्डु, २६ असार– संसदीस्य मामिला पत्रकार समाजको अध्यक्षमा राजेन्द्र फुयाल निर्वाचित भएका छन् । मामिलाको शनिबार भएको विशेष भेलाले फुयालको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमिति अन्र्तगत उपाध्यक्षमा इश्वरी सुवेदी चयन भएका छन् भने महासचिवमा वविन शर्मा, सचिवमा अशोक दाहाल, कोषाध्यक्षमा...
काठमाण्डु, २६ असार – जनताको चाहना र आवश्यकतालाई ध्यानमा दिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आवका लागि स्वास्थ्य क्षेत्रमा नयाँ नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रम महत्वाकांक्षी नभई कार्यान्वयन हुने किसिमको नै भएको मन्त्रालयले स्पष्ट पारेको छ । राष्ट्रपति डा. रामवरण...
उदयपुर, २६ असार – सुनसरी र उदयपुरको बीचमा पर्ने कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र बिस्तार गर्ने सरकारको निर्णयविरुद्ध स्थानीय जनताले विरोध गरेका छन् । कोसी टप्पु क्षेत्रको वन्यजन्तु क्षेत्रलाई अर्ना भैँसीको उत्पादन र वृद्धि गर्न आरक्षण क्षेत्र विस्तार गर्न वन्यजन्तु संंरक्षण विभागले हालै गरेको...
काठमाण्डु, २६ असार – शनिबार बिहान दुई बजेर २८ मिनेट जाँदा दोलखा जिल्ला गौरीशंकर संरक्षण क्षेत्र आसपास केन्द्रविन्दु भएको ४.४ रिक्टर स्केलको परकम्प गएको छ । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ पछि चार रिक्टर स्केल...
सल्यान, २६ असार – शारदा नगरपालिका वडा नं १२ मा रहेको एक माध्यमिक विद्यालयमा प्रावि तहका तीन दरबन्दीबाट कक्षा सञ्चालन हुँदै आएको छ । स्यानीखालमा रहेको शिव माविले माध्यमिक विद्यालयको अनुमति पाइसके पनि दरबन्दी स्वीकृत नभएकाले प्रावि तहका दरबन्दीमा रहेका तीन शिक्षकका भरमा माध्यमिक...
महोत्तरी, २६ असार – महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा खानेपानीको हाहाकार भएको छ । वर्षा याममा पनि जिल्लाका बर्दिवास नगरपालिका र पशुपतिनगर, भंगाहा, बिजलपुरा, हाथीलेट, बेलगाछी, भरतपुर र लक्ष्मीनियाँसहितका गाविस क्षेत्रमा यसअघि उपयोग गरिँदै आएका खानेपानीका स्रोत सुक्दै गएको छ । बर्दिवास नगरपालिका क्षेत्रको बर्दिवास...