समाचार

८ खर्ब २१ अर्बको बजेट आउँदै

२०७२ असार २९ गते १३:३५

काठमाण्डु, २९ असार– सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यसहित ८ खर्ब २१ अर्ब रुपैयाँको हाराहारीमा बजेट ल्याउने भएको छ । मंगलबार अपरान्ह व्यवस्थापिका संसदको बैठकमा अर्थमन्त्री डा. रामशरण महतले पेश गर्ने बजेटमा भूकम्पपछिको पुननिर्माणलाई प्राथमिकतामा राखिएको छ । राष्ट्रपति डा. रामवरण यादवले केही दिनअघि...

नयाँ संविधानले सबै भाषी, जाति र संस्कृतिको एकता गर्छ : प्रधानमन्त्री

२०७२ असार २९ गते १२:५९

काठमाण्डु, २९ असार– प्रधानमन्त्री सुशील कोइरालाले नयाँ बन्ने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले सबै भाषी, जाति र संस्कृतिको एकता गर्ने बताएका छन् । आदिकवि भानुभक्त आचार्यको २०२औँ जयन्तीका अवसरमा भानु प्रतिष्ठानद्वारा मंगलबार राजधानीमा आयोजित प्रभातफेरी, सम्मान तथा श्रद्धाञ्जलि समारोहमा उनले साहित्यिक कृतिको माध्यमबाट नेपालको भाषिक...

संविधानमा आफ्ना सुझाव दिँदै कालीकोटका जनता

२०७२ असार २९ गते १२:४९

कालीकोट, २९ असार–सुझावका लागि बाँडिएको नेपालको संविधान–२०७२ को प्रारम्भिक मस्यौदा यहाँका जनताको हातमा परेको छ । कालीकोट जिल्लामा आज बिहानदेखि सुझाव सङ्कलनका लागि मस्यौदा वितरण गर्न थालिएको हो । जिविसका अनुसार संविधानको मस्यौदा प्रत्येक वडामा एक र गाविस सचिवलाई एक गरी १० थानका दरले...

नेविसंघका सभापति रन्जित कर्णलाई आफ्नै कार्यकर्ताले कालोमोसो दले

२०७२ असार २९ गते ११:४९

काठमाण्डु, २९ असार–नेपाल विद्यार्थी संघका सभापति रन्जित कर्णमाथि आफ्नै कार्यकर्ताहरुको एक समूहले घरमै पुगेर कालोमोसो दलेका छन् । मंगलबार बिहान नेविसंघको एक समूहले कर्णलाई हाँडिगाउँस्थिित उनकै घरमै पुगेर कालोमोसो दलेको हो । प्रहरीले कालोमो दल्ने कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ । पक्राउ...

पानी संकलन गर्न पोखरी निर्माण

२०७२ असार २९ गते ११:२९

पाँचथर, २९ असार – जिल्लाको सुख्खाग्रस्त गाविस स्याबरुम्बा–७ मा आकासे पानी संकलन गर्न दुई वटा पोखरी निर्माण गरिएको छ । जिल्ला विकास समितिको रु तीन लाख १५ हजार आर्थिक सहयोगमा निर्माण गरिएको ती पोखरीबाट स्थानीय ८२ घर लाभान्वित हुने सिंहदेवी नागरिक सचेतना केन्द्रका अध्यक्ष...

कामदारलाई फ्रि भिसा र टिकट उपलब्ध गराउने निर्णयको पक्षमा फैसला

२०७२ असार २९ गते ११:२१

ललितपुुर, २९ असार– मलेसियासहित ६ खाडी मुलुकमा नेपाली कामदारका लागि फ्रि भिसा र टिकट उपलब्ध गराउने सरकारी निर्णयको विराधमा परेको रिट अदालतले खारेज गरेको छ । पुनरावेदन अदालत पाटनले सरकारी निर्णयको पक्षमा फैसला सुनाएको हो । न्यायाधीशद्वय मोहनबहादुर कार्की र बाबुराम रेग्मीको संयुक्त इजलासले...

आदिकविको सालिकमा माल्यार्पण

२०७२ असार २९ गते ११:०७

काठमाण्डु, २९ असार – आदिकवि भानुभक्त आचार्यको २०२ औँ जन्मजयन्तीको अवसरमा दरबार हाइस्कुलमा रहेको सालिकमा मंगलबार माल्यार्पण गरिनु साथै उनको व्यक्तित्व र कृत्तित्वबारे चर्चा गरियो । नेपाल शिक्षा परिषद्लगायतका संस्थाले आयोजना गरेको कार्यक्रममा सभामुख सुवास नेम्वाङले आदिकवि आचार्यको सालिकमा माल्यार्पण गर्दै नेपाली भाषाको विकास...

दुई युवतीलाई भारतमा बेच्न लैजाने दलाल सीमाबाट पक्राउ

२०७२ असार २९ गते ११:०५

कञ्चनपुर, २९ असार–सुदूरपश्चिम क्षेत्रीय कार्यालयबाट खटिएको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी महाकाली) को टोलीले मंगलबार बिहानै भारत लैजान लागेका दुई युवतीको सीमावर्ती भारतीय सहर वनबसाबाट उद्धार गरेको छ । दलालले पश्चिमीनाका गड्डाचौकी भएर भारत हुँदै मलेसिया पठाई दिने भन्दै लगिरहेको अवस्थामा मकवानपुरका दुई युवतीसहित उनीहरुलाई...

कोरियामा एक नेपालीको मृत्यु

२०७२ असार २९ गते ११:०३

सउल– कोरियामा एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा गान्धीराज खतिवडा रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । खतिवडा कोरियाको हवासङस्थित एक फलाम कम्पनीमा कार्यरत थिए । आफैं काम गर्ने कम्पनीमा माथिबाट खसेको फलाम लागेर उनको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै...

के के आउँदैछ बजेटमा ?

२०७२ असार २९ गते ८:३५

काठमाण्डु, २९ असार– सरकारले सवा ८ खर्बको बजेट मंगलरबार सार्वजनिक गर्दैछ । चालु आर्थिक वर्षकालागि सवा ६ खर्बको बजेट यसपटक भूकम्पका कारण पुनर्निर्माणमा बढी खर्च हुनेभएपछि बजेटको सिलिङ यसपटक केही बढेको छ । पुनर्निर्माणमा ध्यान केन्द्रीत गर्दा यसपटक सरकारले बजेटमा नयाँ कार्यक्रम समावेस गरेको...

प्रचण्ड आज दिल्ली जाँदै

२०७२ असार २९ गते ८:२८

काठमाण्डु, २९ असार– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साताव्यापी भ्रमणका सिलसिलामा आज भारत जाँदै छन् । पत्नि सीता र सहयोगी शिव खकुरेलका साथ उनी अपराह्न ४ बजेर १५ मिनेटमा दिल्ली उड्ने छन् । भारतीय विदेश मन्त्रालयको औपचारिक निमन्त्रणामा दिल्ली जान लागेका उनले त्यहाँ...

युवा सङ्घका सदस्यको हत्या

२०७२ असार २८ गते २०:२५

नेपालगन्ज, २८ असार-केही युवाको समूहले स्थानीय गगनगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको खुकुरी प्रहार गरी हत्या गरेको छ ।   जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक वसन्तराज पन्तका अनुसार सोमबार अपराह्न सुर्खेत रोड नजिकै चाररपाँच जनाको समूहले मानन्धरमाथि खुकुरी प्रहार गरेको र उनको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us