दैलेख, ८ साउन-दुल्लु नगरपालिका– २ का बमबहादुर रावतले द्वन्द्वकाल धेरै युद्ध सक्रियताका साथ लडे । युद्धमा आफ्नो कुशल बलिदानी पनि दिए तर, बलिदानीकै क्रममा १३ वर्षदेखि शरीरभित्र रहेको छर्रा निकाल्न भने उनले सकेका छैनन् । द्वन्द्वकै नाममा टाठाबाठाले दोहोरो राहत लिइरहेका बेला उनले...
मुस्ताङ, ८ साउन– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको प्रभाव हिमाली जिल्ला मुस्ताङमा भने परेको छैन । यहाँका बजार, उद्योगधन्दा, विद्यालय र यातायातका साधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । पर्यटकीय जिल्लामा बन्दको समयमा पनि पर्यटकको चहलपहल देख्न सकिन्छ । अन्तर्राष्ट्रियस्तरमा...
काठमाण्डु, ८ साउन– प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति रामवरण यादवलाई भेटेका छन् । राष्ट्रपति भेट्न कोइराला शुक्रबार बिहानै शीतलनिवास पुगेका थिए । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधान लेखनबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । श्रोतका अनुसार राष्ट्रपतिले फास्ट् ट्रयाकका नाममा...
चितवन, ८ साउन-नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबार गरेको बन्दको क्रममा चितवनमा दुई वटा ट्रकमा तोडफोड भएको छ । भरतपुरस्थित बसेनीमा आँपटारीतर्फ जाँदै गर्दा ट्रकमा तोडफोड भएको चितवनका प्रहरी प्रवक्ता राजन अधिकारीले जानकारी दिए । बा ३ ख ७५११ र बा१ख ६०८५...
बाजुरा, ८ साउन– बाजुराका ३२ वर्षीय नरक गिरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । बिहीबार साँझ ताँगाबाट भारततर्फ जाने क्रममा गिरीले महाकाली नदीमा हामफालेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । गिरीको खोजी कार्य जारी राखिए पनि फेला पर्न सकेका छैनन् ।...
कञ्चनपुर, ८ साउन-कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा बिहीबार विद्युत् लाइन मर्मत गर्नेक्रममा करेन्ट लागेर बेलौरी नगरपालिका–७ का २२ वर्षीय लालबहादुर चौधरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लले गलत तरिकाले लाइन काटेर मर्मत गरिरहेका बेला अचानक विद्युत् प्रवाह...
चितवन, ८ साउन-चितवनको भरतपुरस्थित बजार क्षेत्रका ८८६ घरमा डेङ्गु सार्ने लामखुट्टेका लार्भा र प्युपा फेला परेका छन् । यसलाई चिकित्सा विज्ञानको भाषामा डेङ्गु पोजिटिभ भनिन्छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार ती घरका एक हजार ५६४ वटा कन्टेनरमा लामखुट्टेका लार्भा र प्यूपा फेला...
बागलुङ, ८ साउन-विप्लव नेतृत्वको नेकपा माओवादीले शुक्रबारका लागि आह्वान गरेको नेपाल बन्द सफल पार्न हिँडेका बागलुङका माओवादी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्द गराउँदै हिँडेका ११ जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको हो । चीन र भारतबीच भएको लिपु सम्झौता खारेज...
जुम्ला, ८ साउन-जिल्लाका प्रमुखहरुको अनुपस्थितिमा वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको भन्दै जुम्लाका सम्पूर्ण राजनीतिक दलहरुले जिल्ला विकास समिति जुम्लामा बिहीबार बेलुका तालाबन्दी गरेका छन् । आव ०७१/७२ मा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुद्वारा गरिएका कार्यक्रमको प्रगतिको समीक्षा तथा सार्वजनिक सुनुवाइमा प्रमुख जिल्ला...
रौतहट, ८ साउन-रौतहटको चन्द्रपुर नगरपालिकाअन्तर्गत पूर्वपश्चिम राजमार्गअन्तर्गत लमाहा पुलमा शुक्रबार भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । काठमाण्डुबाट जनकपुर जाँदै गरेको ना४ख ६२२९ नंको रात्रि बसले बाराको निजगढबाट चन्द्रपुर जाँदै गरेको ना२त ३०५६ नंको ट्र्याक्टरलाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको इलाका...
काठमाण्डु, ८ साउन– जबर्जस्ती बन्द तथा तोडफोड गर्दै हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ७५ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक सवारी साधनमा तोडफोड गर्दै उपत्यकामा जबर्जस्ती बन्द गराउँदै हिँडेका ७४ जना बन्दकर्तालाई काठमाण्डुबाट र एकजनालाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको...
जाजरकोट, ८ साउन । यहाँको जिल्ला स्वास्थ्य कार्यालयमा बिसिजी खोप नहँुदा समस्या भएको छ । बच्चा जन्मिनेबित्तिकै लगाउने गरिएको बिसिजी खोप यहाँको स्वास्थ्य कार्यालयमा नहँुदा नवजात शिशुहरु खोपबाट वञ्चित भएका हुन् । क्षेत्रीय कार्यालयसँग खोप माग गरिए पनि जिल्लामा उपलब्ध नहँुदा निकै समस्या भएको...