समाचार

यस्ता छन्, नागरिक समाजको संविधानमा २४ बुँदे सुझाव

२०७२ साउन ८ गते १६:३६

काठमाडु, ८ साउन– लोकतन्त्र प्रति समर्पित नागरिक समूहले संविधानको प्रारम्भिक मस्यौदाले विधीको शासन, मानवअधिकार, स्वतन्त्र न्यायपालिका र आधारभुत लोकतन्त्रलाई सुनिश्चित गर्न नसकेको भन्दै २४ बुँदे सुझाव प्रस्तुत गरेको छ । नागरिक अगुवाहरु डा. सुन्दरमणी दिक्षित, डा. केदारनरसिंह केसी, अधिकारकर्मी चरण प्रसाई, दिनेश त्रिपाठी, विरेन्द्र...

विषालु च्याउ खाँदा पाँच बिरामी, दुई गम्भीर

२०७२ साउन ८ गते १६:०९

रुकुम, ८ साउन-विषालु च्याउ खाँदा मुसिकोट नगरपालिकामा पाँचजना बिरामी भएका छन् ।   शुक्रबार बिहान तरकारीका रुपमा च्याउ खाएका छिवाङ–४ की २४ वर्षीया विनिता पुन, तिनकी छोरी तीन वर्षीया सलिना बुढा, विनिताका भाइ १९ वर्षीय दीपक पुन, चार वर्षीय बालक सुजन बुढा र १८...

छपन्न वर्षीय महिलाको विभत्स हत्या

२०७२ साउन ८ गते १५:५९

दाङ, ८ साउन-दाङमा एक महिलाको वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा शुक्रबार शव फेला परेको छ ।   जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रजीतसिंह राठोरले दिएको जानकारीअनुसार घोराही–४ चौघेरामा बस्ने आफ्नै बहिनी विमला विश्वकर्माको घरमा गएकी त्रिपुर नगरपालिका–४ निवासी ५६ वर्षीया देवकी विकको...

अरनिको राजमार्ग खुलाउने जिम्मेवारी नेपाली सेनालाई

२०७२ साउन ८ गते १५:३२

काठमाण्डु, ८ साउन-सरकारले भूकम्पबाट अवरुद्ध भएको अरनिको राजमार्ग यथाशीघ्र खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले अरनिको राजमार्गअन्तर्गतको खाँडीचौर, तातोपानीलगायत स्थानमा यातायात सञ्चालन ल्याउन चिनियाँ टोली र नेपाल सरकारका अन्य सुरक्षा निकायहरुसँग समेत समन्वय गरी चाँडोभन्दा चाँडो बाटो खोल्न नेपाली सेनालाई...

बन्दकर्ता कोही जेलमा, कोही घरमा तर सडक सुनसान !

२०७२ साउन ८ गते १५:०२

काठमाण्डु, ८ साउन– नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दमा पहिलेभन्दा फरक दृश्य देखिए । पहिलेपहिले माओवादीले बन्द गर्दा एकाबिहानै कार्यकर्ताहरु राता झण्डा र लाठीबोकेर सडकमा ओर्लिएका हुन्थे । कायकर्ता र बन्द समर्थकहरुले सडक भरिभराउँ हुँदा पनि बन्दको अवज्ञा गर्नेहरु र बन्दको...

१६ बुँदे सहमतिको काम पहिलो मस्यौदा ल्याउने मात्रै हो : ओली

२०७२ साउन ८ गते १४:५५

काठमाण्डुु, ८ साउन–एमालेका अध्यक्ष केपी ओलीले १६ बुँदे सम्झौताको काम संविधानको प्रारम्भिक मस्यौदा ल्याउनेमात्र भएको स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले नयाँ बन्ने संविधानमा पूर्ण प्रेस स्वतन्त्रता कायम हुनुपर्ने मागसहितको अध्यक्ष ऋषि धमलाले शुक्रबार निवासमै बुझाएको ज्ञापनपत्र बुझ्दै उनले १६ बुँदेले विवादित विषयमा...

काभ्रेको भुम्लुटारमा मारुती भ्यान तोडफोड

२०७२ साउन ८ गते १४:४५

बनेपा, ८ साउन-बन्दको क्रममा काभ्रेपलाञ्चोकमा शुक्रबार एउटा मारुती भ्यान तोडफोड भएको छ ।   बन्दको अबज्ञा भएको भन्दै विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले अरनिको राजमार्ग सडकखण्डको भुम्लुटार गाविस–६ मा सो गाडी तोडफोड गरेका हुन् ।   दोलखाको चरिकोटबाट बनेपातर्फ आउँदै गरेको बा १२ च...

नेपाल बन्द गराउने विप्लव यतिबेला कहाँछन्, थाहा छ ?

२०७२ साउन ८ गते १४:३५

काठमाण्डु, ८ साउन– शुक्रबार नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले नेपाल बन्द गरायो । बन्दका कारण काठमाण्डु उपत्यकासहित देशभर जनजीवन ठप्पै बन्यो । विप्लवका नेता तथा कार्यकर्ता सडकमा ओर्लिए । कति पक्राउ पनि परे । बन्दकर्ताले कतिपय स्थानमा बन्द अवज्ञा गरेको आरोपमा सवारी साधन...

भूकम्प प्रभावित पाँच विद्यालयलाई टेलिभिजन उपहार

२०७२ साउन ८ गते १४:३२

गोरखाबजार, ८ साउन-हालै गएको भूकम्पले विद्यालय भवन भत्केका गोरखाका पाँचवटा विद्यालयलाई टेलिभिजन उपहार दिइएको छ । काँग्रेस निकटको प्रजातान्त्रिक अपाङ्ग सङ्घले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि सो श्रव्य, दृश्य सामग्री वितरण गरेको हो ।   सदरमुकामको महेन्द्रज्योति उमावि, नारेश्वरको बिन्दवासिनी उमावि, पालुङ्टारको भवानी उमावि, हंशपुरको...

कञ्चनपुरमा बाइस जना बन्दकर्ता पक्राउ

२०७२ साउन ८ गते १४:२८

भीमदत्तनगर, ८ साउन-जबर्जस्ती सरकारी कार्यालय तथा बजार बन्द गराउँदै हिँडेका विप्लव नेतृत्वको नेकपा माओवादीका २२ जना कार्यकर्ता कञ्चनपुरको भीमदत्तनगरबाट पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले अहिलेसम्म १९ जना कार्यकर्तालाई नियन्त्रणमा लिइएको बताए । त्यसैगरी, नेकपा माओवादी...

अधिकारी एसिया शान्ति अवार्डको अन्तिम चरणमा, भोटका लागि अपिल

२०७२ साउन ८ गते १४:२५

दाङ, ८ साउन– मानव अधिकार रेडियो श्रोता क्लबमा आवद्ध भई २०५५ सालदेखी समुदाय शान्ति स्थापनामा सकृय रहेका लमही नगरपालीका वडा नं ६ वनगाउँ निवासी राजेन्द्र अधिकारी अहीले एशीया शान्ति अवार्ड छनौंटको अन्तिम चरणमा पुगेका छन् ।   अवार्ड प्राप्तीका लागी अनलाईन भोटिङमा अग्रस्थानमा आउनुपर्छ...

धादिङमा बन्दकर्ताले दुई सवारी साधन जलाए

२०७२ साउन ८ गते १४:२१

धादिङ, ८ साउन-नेपाल बन्दका क्रममा दुईवटा सवारी साधनलाई विप्लव नेतृत्वको नेकपा माओवादीका बन्दकर्ताले शुक्रबार बिहान आगजनी गरेका छन् ।   उनीहरुले पृथ्वी राजमार्गअन्तर्गत भूमेस्थान गाविस–४ कोइरालेमा बा ४ ख ८७८७ नं को १० चक्के ट्रक आगजनी गरेका हुन् । बन्दकर्ताले मोटरसाइकलले बाटो छेकेर आगजनी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us