काठमाण्डु, ९ साउन– संविधानको प्रारम्भिक मस्यौदामाथि जनताले सुझाब दिने क्रममा हिन्दू राष्ट्रको पक्षमा सुझाब दिएको भन्ने कुरामा सत्यता नभएको राष्ट्रिय मुस्लिम गठबन्धनले बताएको छ । गठबन्धनका महासचिव मोहम्मद जाकिर हुसैन शुक्रबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सुझाब संकलनमा सबैभन्दा बढी सुझाब संघीयताको पक्षमा अर्थात्...
काठमाण्डु, ९ साउन– प्रमुख चार दलको आजको बैठकमा जनताबाट आएका सुझावलाई समेटेर साउनको २० गतेभित्र संविधान जारी गर्ने विषयमा छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार बसेको बैठकमा नेपालका प्रस्तावित संविधान २०७२ को मस्यौदामा सुझाव दिन जनताको सहभागिता व्यापक र उत्साहजनक रहेको निष्कर्ष...
कपिलवस्तु, ९ साउन – कपिलवस्तु नगरपालिकास्थित साविक तिलौराकोट गाविसमा रहेका एचआइभी सङ्क्रमित महिला आयआर्जनतर्फ लागेका छन् । निगाली आयआर्जन समूह गठन गरी उनीहरु आयआर्जनका लागि अग्रसर भएका हुन् । खान लाउन समस्या भएपछि उनीहरु सङ्गठित भई अढाई वर्षदेखि बचत सङ्कलन गरी त्यसैमार्फत पालैपालो ऋण...
काठमाण्डु, ८ साउन-नेकपा माओवादीले आयोजना गरेको नेपाल बन्दको क्रममा बन्दकर्ताले शुक्रबार देशका विभिन्न स्थानमा १९ सवारीसाधनमा तोडफोड र आठवटा सवारीसाधनमा आगजनी गरेको गृह मन्त्रालयले जनाएको छ । सवारी साधन तोडफोड र आगजनीमा संलग्न तथा बन्द गराउँदै हिँडेका उपत्यकामा ९९ जना र उपत्यका बाहिर...
काठमाण्डु ८ साउन– महानगरीय अपराध महाशाखाले लागुऔषध अफिमको कारोबार गर्ने विशाल गुरुङ र मञ्जु तामाङलाई शुक्रबार पक्राउ गरेको छ । दैलेख स्थायी घर भएका २० वर्षीय गुरुङ तथा २९ वर्षीय तामाङलाई सुनधराबाट सात केजी ३० ग्राम लागुऔषध अफिमसहित पक्राउ गरिएको हो । अपराध महाशाखाको...
काठमाण्डु, ८ साउन-‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’मा रहेको धर्म निरपेक्षता शब्दको सट्टा जनताको सुझावअनुसारको धार्मिक स्वतन्त्रता राख्नुपर्नेमा विभिन्न दलका नेताले सुझाएका छन् । रिपोर्टर्स क्लबले शुक्रबार यहाँ आयोजना गरेको साक्षात्कारमा नेपाली जनताले दिएको सुझावलाई प्रथामिकता दिनुपर्नेमा उनीहरुले जोड दिँदै जनताको मतअनुसारको धर्म निरपेक्षताको...
धनुषा, ८ साउन– जिल्लाको तुलसी–९ बस्ने एक पुरुषलाई बालिका करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँकी ८ वर्षीया बालिकालाई मकैबारीमा लगी जबरजस्ती करणी गरेको अभियोगमा ६२ वर्षीय कृष्णबहादुर सार्कीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप...
कावासोती, ८ साउन-नवलपरासीको कुडिया गाविस–४ मा शुक्रबार दिउँसो एक बालकको शव फेला परेको छ । गत मङ्गलबारदेखि हराएका कुडिया–४ मर्चाहाका शिवमङ्गल कोहारका १० वर्षीय छोरा जीवनको गण्डक नहर पछाडिपट्टिको पटेर घारीमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । प्रहरीले बालकको...
नेपालगन्ज, ८ साउन-नेकपा माओवादीले आह्वान गरेको गरेको नेपाल बन्दका क्रममा त्यस दलका कार्यकर्ताले शुक्रबार बाँके जिल्लाका विभिन्न स्थानमा पाँच सार्वजनिक सवारी साधनमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुशील राठौरका अनुसार विद्यालयको भ्यान, दुई बस र एउटा ट्रकमा आगजनी...
काठमाण्डु, ८ साउन– बन्दकर्ताहरुले काठमाण्डुको बालाजु–नयाँबजार सडक खण्डमा ट्याक्सी जलाएका छन् । शुक्रबारका लागि गरिएको बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले ट्याक्सी जलाएका हुन् । बन्दका क्रममा देशका विभिन्न स्थानमा सवारी साधनमा आजजनी र तोडफेड भएका छन् । ...
काठमाण्डु, ८ साउन– नेकपा माओवादीले शुक्रबार आयोजना गरेको बन्द पाँच बजेबाट समाप्त भएको जनाएको छ । पार्टीका प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डले एक विज्ञप्ती जारी गर्दै बन्द शानदार रुपमा सम्पन्न भएको जनाएका छन् । प्रवक्ता प्रकाण्डले बन्द सफल पार्नका लागि सहयोग...
काठमाण्डु, ८ साउन–जनताद्वारा प्राप्त सुझावलाई मस्यौदामा समेट्ने विषयमा प्मुख चार दलको बैठक शुक्रबार साँझ बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजे बस्ने बैठकमा जनताबाट प्राप्त सुझाबलाई कसरी समेट्ने भन्ने विषयमा छलफल हुने जनाइएको छ । एमाओवादी र एमालेले जनताको सुझाब कायृकारी प्रमुख आएको...