समाचार

संयुक्त राष्ट्रसंघमा रेणु

२०७२ साउन ९ गते १८:१२

काठमाण्डु, ९ साउन-संयुक्त राष्ट्रसङ्घले महिला अधिकारकर्मी तथा महिला पुनःस्र्थापना केन्द्र (ओरेक) का अध्यक्ष डा रेणु राजभण्डारीलाई ‘संयुक्त राष्ट्रसङ्घीय दासत्वविरुद्धको स्वयंसेवकीय कोष’ को कार्यसमिति सदस्यमा नियुक्त गरेको छ ।   संयुक्त राष्ट्र सङ्घका महासचिवको निर्णयअनुसार उनलाई सन् २०१५ जुलाइदेखि सन २०१६ डिसेम्बरसम्म पहिलो कार्यकालका लागि...

करेन्ट लागेर सैनिक जवानको मृत्यु

२०७२ साउन ९ गते १८:००

धनुषा, ९ साउन– धनुषामा एकजना सैनिक जवानको शनिबार करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको धनुषाधाम नगरपालिका–९ स्थित नम्बर १ राजदल गण धारापानीमा कार्यरत नेपाली सेनाका प्युठ राजेश श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । ब्यारेकभित्र वायरिङ्ग गर्ने क्रममा करेन्ट लाग्दा घाइते भएका श्रेष्ठको...

बाइस वर्षीया साजरा मृत फेला परिन्

२०७२ साउन ९ गते १७:५०

रौतहट, ९ साउन–जिल्लाको जतहरा बस्ने एक महिला शनिबार मृत फेला परेकी छन् । जतहरा गाबिस–४ बस्ने शेखर गुमनकी २२ वर्षीया श्रीमती साजरा खातुन उनकै घरमा मृत अवस्थामा फेला परेकी हुन् । उनको मृत्युको कारण भने खुल्न सकेको छैन । घटनापछि घरपरिवारका सदस्यहरु नै भेट्न...

कृषकको अधिकार सुनिश्चित गर्न माग

२०७२ साउन ९ गते १७:४५

काठमाण्डु, ९ साउन – राष्ट्रिय किसान सञ्जाल नेपालले, खेतीयोग्य भूमिलाई बाँझो राख्न नपाइने र गुठी जग्गालाई रैकरमा परिणत गर्न पाउने अधिकार संविधानमा व्यवस्था गर्न माग गरेको छ । सञ्जाल नेपालका मुख्य राजनीतिक दल आबद्ध किसान महासंघ, संगठन, कृषि, भूमि, वन, जल, महिला, दलित, भूमिहीन...

लागूऔषधसहित एक महिला पक्राउ

२०७२ साउन ९ गते १७:३३

पर्सा, ९ साउन–वीरगञ्जबाट शनिबार एक महिला लागूऔषध सहित पक्राउ परेकी छन् । वीरगञ्ज उपमहानगरपालिका –१९ स्थित रजतजयन्ति चोकबाट सर्लाही बकैनिया बस्ने ४० वर्षीया सबिता दासलाई ४ के.जी. अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।   घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ...

हत्या गरिएकी महिलाको टाउको र भित्री अंग गायब !

२०७२ साउन ९ गते १६:०९

दिपक बोहरा दाङ, ९ साउन–दाङमा हत्या गरी फालिएकी एक महिलाको टाउकोसहित भित्री अंगभनृे अहिलेसम्म भेटिएको छैन । घोराही नगरपालिका ४ चौघेराको श्रीकृष्ण टोल निवासी ५६ वषीर्या देवकी विश्वकर्माको घोराहीमा हत्या गरि फालिएको थियो । शवको पोस्टमाटम गर्दा देवकीको टाउको, कलेजो, फोक्सो र आन्द्राजस्ता भित्री...

प्रचण्डले भने, ‘फोहोरीले पनि मलाई गाली गरेर आफूलाई दूधले नुहाएको ठान्छ’

२०७२ साउन ९ गते १५:५२

काठमाण्डु, ९ साउन– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई पार्टी भित्र र बाहिरबाट अत्याधिक गाली आउने गरेको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक स्वर्गीय नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा एमाओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले आफूलाई धेरै लागी...

न्यायाधीशको नियुक्ति संसदको दुई तिहाईबाट अनुमोदन हुनुपर्छ ः अध्यक्ष कार्की

२०७२ साउन ९ गते १५:२९

काठमाण्डु, ९ साउन–कानुनविद्हरुले नयाँ बन्ने संविधानमा न्यायपालिकाप्रतिको जनआस्था गिर्दो जनआस्थालाई माथि उठाउन जवाफदेही र जिम्मेवार बनाउने प्रावाधानहरु राख्नु पर्नेमा जोड दिएका छ । रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा नेपाल बार एसोसिएनका अध्यक्ष हरिकृष्ण कार्कीले मस्यौदाले असफल भइसकेको २०४७ सालको जस्तो न्यापरिषद्को व्यवस्थालाई...

यार्सा टिप्न गएकाहरु बिरामी हुँदै फर्कंदै

२०७२ साउन ९ गते १५:२३

डोल्पा, ९ साउन-यार्सा टिप्ने याम सकिएलगत्तै डोल्पा अस्पतालमा बिरामीको चाप बढेको छ ।   अहिले अस्पतालमा दिनहुँ ५० देखि ८० जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका डा सुबी बस्न्यातले बताइन् । यसअघि दैनिक २० देखि २५ मात्र बिरामी आउने गर्थे । उपचारका लागि...

बहुमूल्य बोधिचित्तमाला बिरुवाको अभाव

२०७२ साउन ९ गते १५:००

बनेपा, ९ साउन-काभ्रेपलाञ्चोकबाट उत्पादन हुने बयर प्रजातिको बहुमूल्य बोधिचित्तमालाको बिरुवाको अभाव हुन थालेको छ ।   यसको माग अत्यधिक बढेको र एउटै व्यक्तिले धेरै बिरुवा खरिद गरेर लगेका कारण बिरुवाको अभाव हुन थालेको थोकर बुद्धचित्रमाला एण्ड रुद्राक्ष सप्लायर्स भकुण्डेका विकु थोकरले जानकारी दिए ।...

महतोले भने, ‘संघीयताबिनाको संविधान आए मधेशी जनतालाई स्वीकार हुँदैन’

२०७२ साउन ९ गते १४:५४

रुपन्देही, ९ साउन-सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सङ्घीयताबिनाको संविधान आए मधेसी जनताले स्वीकार नगर्ने बताएका छन् । सद्भावना पार्टी रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतोले ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन तथा अन्य आन्दोलनको मर्म तथा भावना सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान निर्माण...

ट्रक खोलामा खस्दा दुई जनाको मृत्यु

२०७२ साउन ९ गते १४:४१

धादिङ, ९ साउन– धादिङको महादेव खोलामा ट्रक पल्टँदा दुइ जनाको मृत्यु भएको छ । शनिबार बिहान हेटौडाबाट काठमाडौ आउँदै गरेको ट्रक पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेव खोलामा खस्दा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका ७ का ट्रक चालक मोहनलाल धिताल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us