काठमाण्डु, ९ साउन-सिन्धु युएस वेलफेयर सोसाइटी, अमेरिकाले भूकम्पमा परी बाबुआमा गुमाएका पाँच बालबालिकालाई पढाइदिने जिम्मा लिएको छ । सिन्धुपाल्चोक, लिस्तीकोट–३ का दावा शेर्पा (कक्षा ४), लिस्तीकोट–७ का दावा शेर्पा (कक्षा ६), नवलपुर–६ का सन्दीप तामाङ (नर्सरी), कदमबास–८ का सुदीप तामाङ (युकेजी) र सुनिता...
चितवन, ९ साउन-चितवनको माडीका एक युवाको रहस्यमय मुत्यु प्रकरणलाई लिएर स्थानीयले शनिबार माडी उपत्यका बन्द गराएका छन् । माडी नगरपालिका–६ रमाइलो डाँडा बस्ने वर्ष १८ का सुनिल दराइको शुक्रबार रहस्यमय रुपमा भरतपुरमा मृत्यु भएको थियो । प्रहरीले हिरासतमा रहेका बेला कुटपिट गरेकाले उनको...
काठमाण्डु, ९ साउन-मुख्यसचिव लीलामणि पौडेलले सबै क्षेत्रबाट भएको साथ र सहयोगले बागमती नदीमा स्वच्छता कायम हुँदै गएको बताउँदै अब नदी किनारामा रोपिएका विरुवालाई संरक्षण गरी हरियाली बनाउनुपर्नेमा जोड दिएका छन् । वाग्मती सफाइ महाअभियानको ११५ औँ शृङ्खलाअन्तर्गत शनिबार टेकु दोभान आसपास क्षेत्र नदी किनारामा...
धनकुटा, ९ साउन – चट्याङ लागेर शुक्रबार बेलुकी धनकुटामा एक महिलाको मृत्यु भएको छ । लेगुवा–७ स्थित गहते सालघारी बस्ने ५७ वर्षीया डम्बरमाया भण्डारीको घटनास्थलमै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।...
महोत्तरी, ९ साउन-महोत्तरीको सदरमुकाम जलेश्वरमा संयुक्त सङ्घर्ष समितिले मालपोतको मोठ स्रेस्ता फिर्ता र दोषीलाई कारबाहीको माग राख्दै गत तीन दिनदेखि गर्दै आएको आमहडताल शनिबारदेखि फिर्ता लिएको छ । शनिबार जिल्ला विकास समितिको सभाहलमा बसेको बैठकले मालपोत कार्यालयको प्रमुखलाई कारबाही गर्नेलगायतका तीन बुँदे सहमति जनाएपछि...
काठमाण्डु, ९ साउन-गृह मन्त्रालयले यातना दिने, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्न विधेयक तयार पारी व्यवस्थापिका–संसद्मा पेस गरेको छ । व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण गरी यातना दिने, अमानवीय वा अपमानजनक व्यवहार गर्ने कार्यलाई फौजदारी कसुर मानी त्यस्तो कार्यबाट पीडितलाई...
काठमाण्डु, ९ साउन– संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले जनताबाट आएका सुझावको बारेमा तत्काल छलफल शुरु गर्न दलहरुलाई आग्रह गरेका छन् । शनिबार आफ्नै कार्यकक्षमा चार दलका शीर्ष नेताहरुलाई बोलाएर सभाध्यक्ष नेम्वाङले जनताका सुझावहरु संवाद समितिमा जानु अघि नै छलफल गरेर दलीय हसमति गर्न नेताहरुलाई आग्रह...
काठमाण्डु, ९ साउन –उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको प्रारम्भिक मस्यौदामाथि आएको जनताको सुझाव सकेसम्म समेटेर संविधान जारी गरिने बताएका छन् । रत्नराज्यलक्षमी उमाविले शनिबार आयोजना गरेको प्रवेशिका उत्तीर्ण विद्यार्थीको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले छोटो समयमा विभिन्न राजनीतिक दलको सहमतिमा आएको मस्यौदा भएकाले केही...
म्याग्दी, ९ साउन । विद्युत् लाइनमा खराबी आएपछि म्याग्दीको हिस्तान गाविस ७, ८ र राम्चेको ९ नम्बर वडाका बासिन्दा एक महिनादेखि अन्धकारमा रात बिताउँदै आएका छन् । तेत्तीस केभिए प्रसारण लाइन मर्मतमा ढिलाइ हुँदा तीन वटा वडाका ३०० घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका हुन्...
कञ्चनपुर, ९ साउन– बैतडीका प्राथमिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम प्रभावकारी बन्न थालेको छ । विद्यालयमा खाजाको कार्यक्रम लागू भएसँगै बालबालिका नियमित विद्यालय आउन थालेपछि खाजा कार्यक्रम प्रभावकारी बन्न थालेको हो । बैतडीका ३६ गाविसका २०८ प्राथमिक विद्यालयमा दिवा खाजा कार्यक्रमबाट झन्डै २१ हजार...
विराटनगर, ९ साउन – मोरङमा खोलामा नुहाउन गएका एक बालकको डुबेर मृत्यु भएको छ । सिसवनी जहदा–८ बस्ने भदो हस्दाको दुई वर्षीय छोरा शिवलाललाई घर नजिकको लोहन्द्रा खोलाले बगाउँदा डुबेर मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । साथीहरुसँग नुहाउन खोलामा पुग्दा...
काठमाण्डु, ९ साउन – प्रधानमन्त्री सुशील कोइरालाले सबै पक्षका माग समेटेर सीमांकनसहितको संविधान जारी आफू तयार रहेको बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा रिपोर्टर्स क्लबको ज्ञापपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले संविधान जारी गर्नुअघि नै सीमांकनको टुगो लगाउन दलहरुबीच छलफल जारी रहेको बताए । उनले...