काठमाण्डु, २५ चैत–सात प्रदेशको संघीयतामा जाने लिखित प्रतिवद्धताबाट एमाले पछाडी हट्ने भएको छ । दलहरुबीच सहमति हुने अवस्थामा सात प्रदेशलाई स्वीकार गरिएको भन्दै एमालले सहमति नजुटेको अवस्थामा आफू चार वा पाँच प्रदेशमा फर्कने संकेत गरेको छ । एमाले र कांगे्रसले यसअघि प्रस्तुत गरेको नौ...
जाजरकोट, २५ चैत– जाजरकोटको दुर्गम गाउँमा फैलिएको अज्ञात रोगले एक सातामा चार जनाको ज्यान गएको छ । रोगबाट सयौँ मानिस बिरामी परेका छन् । जिल्लाको अर्छानी, पैंक, नायकवाडा र सक्ला गाविसमा रोग फैलिएको छ । अर्छानी–३ की १६ वर्षीया सुस्मिता जैसी, पैंक गाविसमा तीन...
बारा, २५ चैत– बाराको नरहरि गाविसमा बुधबार बिहान एक्साभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरि–२ का जितेन्द्र पण्डितको तीन वर्षीया छोरी करिश्मा पण्डित रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक बनाउन आएको सो एक्साभेटरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको...
बागलुङ, २५ चैत– आगामी शनिबार बागलुङ क्षेत्र नं १ मा हुने संविधानसभा सदस्यको उपनिर्वाचन गराउन निर्वाचनमा प्रयोग हुने सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा खटिएका छन् । विद्युतीय मतदान उपकरणसहित ७३ किसिमका निर्वाचन सामग्री मतदान केन्द्रमा पठाइएको जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले बताए । ३५ मतदान...
मोरङ, २५ चैत– विद्युत् महसुल नतिर्ने उद्योगीको घरजग्गा रोक्का गरिने भएको छ । नेपाल विद्युत् प्रधिकरण वितरण केन्द्र विराटनगरका लेखा अधिकृत प्रमोद झाका अनुसार उद्योगी र सर्वसाधारण गरेर एक हजार ७ सय ७७ ग्राहकले महसुल नतिरेको भन्दै कालोसूचीमा राखेर घरजग्गा रोक्का गर्न तीनपुस्ते विवरण...
रौतहट, २५ चैत– चन्द्रपुरमा सेवा केन्द्र विस्तारको निर्णय फिर्ताको माग गर्दै भएको आन्दोलन आजदेखि स्थगित भएको उद्योग वाणिज्य सङ्घ रौतहटले जनाएको छ । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको दुई पक्षीय वार्ता टोलीले राति १२ बजे सहमति भएकाले आजदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता...
कमल बुढा झापा, २५ चैत–तीन दिने नेपाल बन्द आह्वान गरेको ३० दलीय मोर्चाले आमहड्ताल फिर्ता लिने निर्णय गरे पनि झापामा भने बन्द कायम रहेको छ । मोर्चाको बन्द फिर्ता भए पनि एमाओवादीले आफ्ना नेता तथा कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको र रिहा नगरेको भन्दै झापा...
सप्तरी, २५ चैत – सप्तरी जिल्ला अदालतले बोक्सीको आरोपमा कुटपिट गर्नेलाई रु १० हजार जरिवाना र सात महिना कैद सजाय सुनाएको छ । सो अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले पाँच महिनाअघि बोक्सीको आरोपमा कुटपिट गर्ने रञ्जनादेवी सदालाई सो फैसला सुनाएको अदालतका श्रेस्तेदार नवराज दुलालले...
काठमाण्डु, २५ चैत– मधेसी जनअधिकार फोरम नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ३० दलीय मोर्चाले चैत २५ र २६ गतेका लागि पूर्वघोषित आमहड्तालको कार्यक्रम फिर्ता लिएको प्रति कडा आपत्ति जनाएको छ । मार्चाले मंगलबार बेलुका एक विज्ञप्ति प्रकाशित गर्दै सरकारले विगतका सहमति र...
काठमाण्डु, २५ चैत– सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलन उत्कर्षमा पुग्न लागेको समयमा प्रचण्ड र गच्छदार मिलेर बन्द फिर्ता लिएर अन्य दललाई धोका दिएको आरोप लगाएका छन् । बुधबार बिहान काठमाण्डुमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष महतोले आन्दोलनको लागि मधेसी मोर्चाले अब अलग ढंगबाट सोच्न...
काठमाण्डु, २४ चैत– एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले बुधबार र बिहीबारका लागि आह्वान गरेको आमहड्ताल फिर्ता लिएको छ । मोर्चाको मंगलबार साँझ सिंहदरबारमा बसेको बैठकले हड्ताल फिर्ता लिने निर्णय गरेको हो । मोर्चाले बहुमतीय प्रक्रिया रोक्न सत्ता पक्षलाई दबाब दिने भन्दै मंगलबारदेखि लगातार...
धनुषा, २४ चैत– क्षिरेश्वर नगरपालीका–२ बस्ने बर्षीय मुस्लिम अन्सारीलाई प्रहरीले कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको छ । सोमबार राति मादक पदार्थ सेवन गरी आप्mनै श्रीमतीलाई खाली कटुवा पेस्तोल देखाई कुटपिट गर्न खोज्दा स्थानीय मानिसहरुले खवर गर्नासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले उनलाई नियन्त्रणमा लिएको हो ।...