काठमाण्डु, २९ चैत – ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो’ भन्ने नेपाली उखानै छ । श्रीमान्–श्रीमतीबीच समान्यतयाः स–साना कुरामा झगडा भइरहन्छ । तर, ती धेरैजसो त्यत्तिकै सेलाएर जान्छन् । तर, कतिपय साना लाग्ने ती विषयले सम्बन्ध विच्छेदसम्म गराएका घटनासमेत छन् । राजनीतिमा लागेर एउटा उचाई बनाइसकेका...
इटहरी,२९ चैत-एक सातादेखि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रतिष्ठानका चार जिम्मेवार पदाधिकारीको कार्यकक्षमा लगाइएका ताला खोल्न निर्देशन दिएको छ । प्रतिष्ठानका उपकुलपति प्रा डा बलभद्रप्रसाद दासले आइतबार प्रतिष्ठान परिसरमै पत्रकार सम्मेलनको आयोजना गरेर कर्मचारीको आधिकारिक संस्था नभएर केही कर्मचारीले आवेगमा आएर प्रतिष्ठानको गरिमा...
चितवन,२९ चैत-चितवनमा उप निर्वाचनपछि आठ हजार मतदाता थपिएका छन् । गएको असार ८ गतेदेखि अहिलेसम्म जिल्लामा कुल आठ हजार ४८६ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । उक्त समयमा कुल दुई लाख ८५ हजार ९२८ मतदाता रहेका थिए ।...
लहान,२९ चैत-सप्तरीको बसबिट्टी गाविसका सचिव नवीनकुमार राई आइतबार कार्यालयभित्रै मृत फेला परेका छन् । बिहान कार्यालय पुगेका गाविस कार्यालयका प्राविधिक सहायकले सचिव राईलाई कार्यालयभित्रै मृत अवस्था देखेपछि प्रहरीलाई खबर गरेको थियो । राति कार्यालयमै सुतेका २९ वर्षीय सचिव राईको कुन कारणले मृत्यु...
धनगढी,२९ चैत-स्वास्थ्यकर्मीलाई खोपको सीपमूलक तालिम प्रदान गर्न आवश्यक पर्ने उपकरण आइतबार सेती अञ्चल अस्पताल धनगढीलाई हस्तान्तरण गरिएको छ । अस्पतालमा आयोजित कार्यक्रममा बाल स्वास्थ्य महाशाखा खोप शाखाका प्रमुख मुकुन्द गौतमले सुदूरपश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक परशुराम श्रेष्ठमार्फत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा गणेशबहादुर सिंहलाई...
बर्दिया,२९ चैत-जिल्लाको ग्रामीण भेगमा रहेको एक सामुदायिक विद्यालयमा जर्मनी विद्यार्थीले पाँच कोठे भवन निर्माण गरेका छन् । जर्मनको अनहाल्ट विश्व विद्यालयमा अध्ययनरत २५ जनाको समूहमा रहेका जर्मनी विद्यार्थीले जगदम्बा उच्च मावि मढेलामा पाँच कोठे भवन निर्माण गरिदिएका हुन् । उनीहरु सबै अनहाल्ट...
सप्तरी,२९ चैत- आगलागी भएको तीन दिनपछि सप्तरीको रम्पुरा मल्हनियाँका अग्निपीडितलाई दैवी प्रकोप उद्धार समितिलगायत विभिन्न सङ्घसंस्थाले राहत वितरण गरेको छ । जिल्ला विकास समिति सप्तरीले युनिसेफको सहयोगमा प्रतिपरिवार एकरएक वटा त्रिपाल,दुई थान बाल्टिन,जगलगायतका सामग्री वितरण गरेको स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले बताए ।...
उदयपुर,२९ चैत-उदयपुर जिल्लाको कटारी क्षेत्रबाट सिद्धिचरण लोकमार्ग हुँदै घुर्मी हर्कपुर ओखलढुङ्गा क्षेत्रमा सञ्चालन हुने यातायातका साधनमा यात्रुबाट मनपरी सवारी भाडा लिने मनपरी तन्त्र कार्य दिनानुदिन बढ्दै गएको छ । हिमाली यातायात व्यवसायी सङ्घलगायत स्थानीय प्रशासनको समेत सिद्धिचरण लोकमार्ग क्षेत्रमा उचित अनुगमन हुन नसक्दा...
काठमाण्डु, २९ चैत– बागलुङ क्षेत्र नं. १ मा भएको संविधानसभाको उपनिर्वाचनको मत परिणाम सार्वजानिक हुने केही समय ढिला हुने भएको छ । एमालले पक्राउ परेका ६ जना कार्यकर्तालाई रिहा नगरेसम्म मत गणना गर्न र मत परिणाम सार्वजानक गर्न नपाईने अडान लिएपछि मतगणना प्रभावित भएको...
विराटनगर, २९ चैत– सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले नयाँ संविधान निर्माणमा सहमतिको सकारात्मक सङ्केत देखिएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले संविधानका हरेक धारासँग सहमति हुने परिस्थिति निर्माण गर्न सरकार लागिपरेको बताए । एमाओवादी पार्टीभित्र नयाँ संविधान निर्माणमा...
जाजरकोट,२९ चैत- जापान सरकारको सहयोगमा जाजरकोट जिल्लाको दुर्गम गाउँमा सुविधा सम्पन्न छ वटा प्रसूति गृह भवन निर्माण गरिएको छ । प्रसूति गृह भवन बनेपछि दुर्गमका महिलालाई सुरक्षित सुत्केरी हुन सहयोग पुग्ने विश्वास गरिएको छ । सुरक्षित मातृत्व सञ्जाल महासङ्घ जाजरकोट शाखाको सक्रियतामा आड्रा...
संविधानसभा उपनिर्वाचनका लागि हिजो भएको मतदानको मतगणना कार्य जारी रहेको छ । अहिलेसम्म गनिएका मतमा कांग्रेसले अग्रता कायम गरेको छ भने एमाले दोस्रो र एमाओवादी तेस्रो स्थानमा रहेका छन् । ...