समाचार

पोखरीमा डुबेर बालिकाको मृत्यु

२०७१ चैत २२ गते ३:०९

  सप्तरी, २२ चैत – टिकुलिया गाविस–९ स्थित पोखरीमा डुबेर स्थानीयवासी दुखन सदाकी पाँच वर्षीया छोरी काजलको आज मृत्यु भएको छ ।घर नजिकै रहेको पोखरीमा हजुरआमासँग घोंघी टिप्न जाँदा बालिका पोखरीमा डुबेको बताइएको छ । बालिकाको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल...

गौरमा अनिश्चितकालीन निषेधाज्ञा हटाइयो, वार्ता सुरु

२०७१ चैत २२ गते ३:०२

रौतहट, २२ चैत– रौतहटको  सदरमुकाम गौरमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा आइतबार बिहान ४ बजेदेखि हटाइएको छ । गौरमा केही दिनदेखि उत्पन्न असहज परिस्थिति सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले शनिबार दिउँसो २ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो । यसैबीच...

करेन्ट लागेर मृत्यु

२०७१ चैत २२ गते २:५५

  गौशाला, २२ चैत – महोत्तरीको सोनामाई गाविसमा शनिबार साँझ खानेपानी पाइप जडान गर्ने क्रममा करेन्ट लागेर औरही गाविस–८ बस्ने २२ वर्षीय विपीन सदाको मृत्यु भएको छ । सोनामाई–२ का रजनी महराको घरमा जमिनमुनि गाडिएको फलामको पाइप निकाल्ने क्रममा घरमाथि रहेको बिजुलीको नाङ्गो तारमा...

चरीकोटमा ४ बर्षमा ३२ सुत्केरीको मृत्य

२०७१ चैत २२ गते २:२०

चरीकोट, २१ चैत – समयमै दक्ष उपचार नपाउँदा यहाँका धेरै सुत्केरीको ज्यान जाने गरेको छ । जिरीमा जिल्ला अस्पताल र सदरमुकाम चरीकोटमा प्राथमिक स्वास्थ्य केन्द्र मात्र रहेकाले समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विसं २०६७ देखि हालसम्म ३२ सुत्केरीको ज्यान गइसकेको छ...

बाबुको खुकुरी प्रहारबाट छोरा गम्भीर घाइते

२०७१ चैत २२ गते २:२०

उदयपुर, २२ चैत– पञ्चवती–४ बस्ने रामबहादुर तामाङले आफ्ना २१ वर्षीय छोरा विलसनमाथि शनिबार साँझ खुकुरी प्रहार गरेका छन् । सामान्य विवाद भएको निुहँमा रामबहादुरले छोरालाई टाउकामा प्रहार गर्दा उनको अवस्था गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । खुकुरी प्रहारबाट घाइते विलसनलाई उपचारका...

उपत्यकामा एक्कासि हावाहुरी र वर्षा

२०७१ चैत २१ गते १३:५८

काठमाण्डु, २१ चैत– काठमाण्डु लगायतका आसपासका क्षेत्रमा शनिबार एक्कासि हावा हुन्डरी र केही क्षण पानी परेको छ । शनिबार साँझपख चलेको हावा हुन्डरी र पानीका कारण जनजीवन प्रभावित भयो । करिब एक घण्टाजस्तो चलेको हावा हुन्डरीका कारण यातायात सेवा समेत प्रभावित भएको थियो ।...

प्रचण्डले भने,‘सत्तापक्षीय दलहरु सहमतिमा नआए दिर्घकालीन आन्दोलनमा जान्छौ’

२०७१ चैत २१ गते १२:४८

काठमाण्डु, २१ चैत– एनेकपा माआवादीका अध्यक्ष प्रचण्डले सत्तापक्षीय दलहरु सहमतिको पक्षमा नभएको बताएका छन् । ३० दलीय मोर्चाद्वारा शनिबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । काँग्रेस–एमालेको रबैया हेर्दा आन्दोलनले दिर्घकालीन रुप लिन सक्ने बताउँदै प्रचण्डले यो आन्दोलन विगतका...

उपचार गर्न जाने बहानामा फरार कैदी पक्राउ

२०७१ चैत २१ गते १२:३८

काठमाण्डुु, २१ चैत– उपचार गर्न जाने बहानामा फरार कैदी काठमाण्डु बौद्ध नयाँबस्ती बस्ने सिन्धुपाल्चोक फुल्चिङगढी–१ का ३२ वर्षीय पासाङ शेर्पालाई महानगरीय अपराध महाशाखाले शुक्रबार सातदोबाटोबाट पक्राउ गरेको छ । काठमाण्डु जिल्ला अदालतको गत असोज २८ गतेको फैसलाले लागूऔषध मुद्धामा १५ वर्ष कैद र ५...

गच्छादारले भने,‘संविधान जारी गर्न ठूला दल एक कदम पछि हट्नुपर्छ’

२०७१ चैत २१ गते १२:१३

इटहरी,२१ चैत- मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधान जारीका लागि ठूला राजनीतिक दल एक कदम पछि हटे मात्र जनताले चाहेको संविधान जारी हुन सक्ने बताएका छन् ।   सुनसरी जिल्लाको सोनापुर– ७ छाताबेलीमा रहेको तवलेगुल स्लाम मदर्साको महिला छात्रावासको शनिबार भएको...

दलका प्रतिनिधिसँग आक्रोस पोख्दा सिके राउत प्रहरी हिरासतमा

२०७१ चैत २१ गते ११:५६

झापा,२१ चैत- राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिएको अभियोगमा शनिबार सिके राउत राजगढबाट पक्राउ परेका छन् ।   राष्ट्रिय अखण्डताविरुद्ध अभिव्यक्ति दिँदै हिँडेका उनलाई राजगढमा रहेका स्थानीय दलका प्रतिनिधिले विरोध जनाएपछि तनाव उत्पन्न नहोस् भनेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक रवीन्द्रनाथ रेग्मीले जानकारी...

१६ करोड मुल्यको लागूऔषधसहित मलेसियाली महिला पक्राउ

२०७१ चैत २१ गते ११:४६

काठमाण्डु,२१ चैत- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ केजी लागूऔषध कोकिनसहित मलेसियाली नागरिक मारिना बिन्ती जमालुद्धिनलाई प्रहरीले पक्राउ गरेको छ ।   राहदानी नम्बर ए ३४८९१३८१ बाहक ३६ वर्षीया जमलुद्धिनलाई काठमाण्डुबाट दोहा हुँदै इटालीको रोम लैजान लागेको अवस्थामा शुक्रबार राति लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको...

उपत्यकामा लुटपाटमा संलग्न गिरोह पक्राउ

२०७१ चैत २१ गते ११:१८

काठमाण्डु,२१ चैत- काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट पैदलयात्रुको सुनको सिक्री लुट्ने पाँच जनाको गिरोहलाई महानगरीय अपराध अनुसन्धान शाखाले शनिबार सार्वजनिक गरेको छ ।   लुटपाटमा संलग्न मोरङ शनिश्चरे–३ स्थायी ठेगाना भएका विनोद केसी भन्ने सन्तोष कटवाल, काभ्रे पाँचखाल नगरपालिका–९ का राज भन्ने राजकुमार तामाङ, झापा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us