
काठमाण्डू, १ असार– मधेश प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०८२–०८३ को लागि लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजार को बजेट ल्याएको छ । आज (आइतबार) बसेको मधेश प्रदेशको प्रदेश सभाको बैठकमा मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले आगामी आर्थिक बर्षका लागि ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजारको बजेट प्रदेशसभामा प्रस्ततु गरेका हुन ।
चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको छ । स्रोततर्फ आन्तरिक आन्तरिक राजश्वतर्फ ९ अर्ब ५० करोड ८३ लाख वित्तीय समानीकरणतर्फ ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानतर्फ ३९ करोड ४५ लाखतथा मपूरक अनुदानतर्फ ३५ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
यसपटक मधेशले राजश्व बाँडफँटबाट १ अर्ब ३५ करोड, अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड र आन्तरिक ऋणबाट २ अर्ब रुपैयाँ जुटाउने लक्ष्य लिएको छ ।