नवलपरासी, २७ चैत– श्रीमतीको विभत्स हत्या गरेर फरार रहेका होमबहादुर विकलाई प्रहरीले शुक्रबार बिहान नवलपरासीमा पक्राउ गरेको छ । श्रीमतीको हत्यापछि मधेस हुँदै भारत छिर्ने योजना बनाएका विकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको थियो । जिल्लाको अर्खला गाविसको कोखेका २४ वर्षीय विक आफ्नी श्रीमती...
काठमाण्डु, २७ चैत– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको ३० दलीय मोर्चाको बैठक बोलाएका छन् । तीन दिने आमहड्ताल फिर्ता लिएसँगै मोर्चा संकटमा परेका बेला प्रचण्डले बैठक बोलाएका हुन् । बैठक अपराह्न दुई बजेपछि सिंहदरबारस्थित एमाओवादी संसदीय दलको कार्यालयमा बस्ने प्रचण्डको...
चितवन, २७ चैत– चितवनको सौराहामा विश्वमै दुर्लभ मानिएको नयाँ चरा भेटिएको छ । कास्मिर फ्लाइक्याचर ९कास्मिर अर्जुनक० नामको चरा सौराहामा फेला परेको वर्ड एजुकेसन सोसाइटी चितवनले जानकारी दिएको छ । साताव्यापीरुपमा चराको गुण गणनामा निस्किएका चरा विज्ञकोे टोलीले उक्त चरा सौराहाको एक होटलको बगैंचामा...
म्याग्दी, २७ चैत– माछा मार्न नदीमा गएका यहाँका एक युवकको म्याग्दी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको कुहुँ–५ का ईश्वर किसानको बिहीबार साँझ बेनी नगरपालिका–६ मङ्गलाघाटस्थित म्याग्दी नदीमा माछा मार्ने जाल अड्किएपछि निकाल्ने क्रममा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको...
सिरहा, २७ चैत– सिरहाको दक्षिणवर्ती गाविस इटाटार–७ मा शुक्रबार बिहान भएको आगलागीबाट रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । उक्त आगलागीमा परी एउटा मोटरसाइकलसमेत जलेको छ । इटाटार–७ का रामविलास यादवको एउटा फुसको घर र सोही घरमा राखेको स। ४ प ३५०४ नम्बरको...
काठमाण्डु, २७ चैत– सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि बिहीबार बसेको न्यायपरिषद्को बैठक निष्कर्षविहीन भएको छ । नियुक्तिका विषयमा थप छलफल र अध्ययन गर्नुपर्ने आवश्यकता भएकाले बैठकले न्यायाधीश नियुक्त नगरेको न्यायपरिषद्का निमिक्त सचिव कृष्ण गिरीले जानकारी दिए । सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि पटक–पटक बैठक बसे...
काठमाण्डु, २७ चैत– प्रमुख दलका बीचमा गत माघ ५ गते भएको अनौपचारिक सहमतिमा आधारित रहेर संविधान निर्माणमा विवादित विषयलाई पुनः वार्ताका माध्यमबाट अगाडि बढाउने तयारी भएको छ । संविधान निर्माणका विवादित विषयमध्ये सबैभन्दा पेचिलो बनेको राज्य पुनः संरचनाका विषयलाई थाँती राख्न नहुने विपक्षी एमाओवादीलगायतका...
विराटनगर, २७ चैत – लागुऔषधसहित एक रिक्साचालक पक्राउमा परेका छन् । विराटनगर–११ का राहुल पासवानलाई विराटनगर–७ स्थित सरोचियाबाट बिहीबार अपराह्न प्रहरीले लागुऔषध ४४ थान कोरेक्स र ८० वटा नाइट्रोजनको चक्कीसहित पक्राउ गरेको हो । उनले भारतको जोगवनीबाट रिक्साको सिटमुनि लुकाइ ल्याएको अवस्थामा सूचनाको...
बुटवल, २७ चैत – बुटवल औद्योगिक क्षेत्रमा अनियमित र लामो लोडसेडिङ भएको भन्दै उद्योगीले लोडसेडिङ घटाउन माग गरेका छन् । आवासीय क्षेत्रमा भन्दा बढी लोडसेडिङ भएको भन्दै उद्योगीले औद्योगिक क्षेत्रमा भइरहेको अनियमित लोडसेडिङले उत्पादनमा कम भएको पनि गुनासो गरेका छन् । सम्बन्धित निकाय र...
लहान,२६ चैत- सिरहा र सप्तरीको छुटाछुट्टै स्थानमा बिहीबार दिउँसो भएको आगलागीमा डेढ सयभन्दा बढी घर जलेर नष्ट भएको छ । सप्तरीको रम्पूरा मल्हनियाँ गाविसमा भएको भीषण आगलागीमा सिँगो बस्तीनै खरानी भएको छ । रम्पूरा मल्हनियाँ गाविस–५ स्थित दशरथ यादवको घरबाट सल्केको आगो...
काठमाण्डु, २६ चैत– सार्वजनिक स्थलमा यौनजन्य क्रियाकलाप प्रदर्शन गर्ने १६ जनालाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले सावर्जनिक अपराध सजाय ऐनअन्तर्गत बिहीबार मुद्दा दर्ता गरेको छ । उनीहरूलाई रत्नपार्क तथा लैनचौर क्षेत्रबाट बुधबार पक्राउ गरिएको थियो । पक्राउ परेकामध्ये दश महिला, दुई पुरुष र चार तेस्रो...
नवलपरासी, २६ चैत– बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा बर्दघाट बस्ने २० बर्षीय अनमोल थापालाई प्रहरीले पक्राउ गरेको छ । उनले दाउन्नेदेवी–४ की १५ बर्षीया बालिकालाई मंगलबार साँझ दाउन्नेदवी १ र २ को बिचमा पर्ने खजुरा खोलामा जवरजस्ती करणी गरी फरार भएको बताइएको छ ।...