समाचार

बैतडीमा जिप दुर्घटना १ जनाको मृत्यु

२०७२ वैशाख २४ गते ९:४१

भीमदत्तनगर,२४ वैशाख-बैतडीमा बिहिबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।   बैतडीको श्रीकोटबाट सदरमुकाम गोठालापानी आउँदै गरेको से१ज १८३ नम्बरको जिप दशरथचन्द राजमार्गको देहीमाडौँ गाविस–६ मा दुर्घटना हुँदा कटौजपानी गाविस–९ का ३२ वर्षीया धानादेवी जोशीको...

के सबै ध्वस्त घर सरकारले बनाउला ?

२०७२ वैशाख २४ गते ९:०२

काठमाण्डु,२४ वैशाख-  वैशाख १२ गते गएको महाभूकम्पका कारण देशका मध्यक्षेत्रका अधिकांश घरहरु ध्वस्त भएका छन् । नौ जिल्लाभन्दा बढी स्थानका घरहरु ध्वस्त भएको मुलुकको सबैभन्दा घना बस्ती भएको यो क्षेत्रमा आएको विनाशकारी भूकम्पले लाखौं घरहरु ध्वस्त भएसँगै पुनरसंरचनाका बहसहरु बाहिर आएका छन् । नेतादेखि संघसंस्था...

भूकम्पमा चार जना रेडक्रसकर्मीको मृत्यु

२०७२ वैशाख २४ गते ८:४१

काठमाण्डु,२४ वैशाख-विनाशकारी भूकम्पले हालसम्म चार जना रेडक्रसकर्मीको मृत्यु भएको छ ।   नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका कार्यरत वरिष्ठ प्राविधिक सहायक लालमाया गुरुङ,रक्त सङ्कलक स्वयम्सेवक सानुमैया कपाली र सिम्रन डङ्गोल तथा रसुवाका रेडक्रसकर्मी जितनाथ तिमल्सिनाको मृत्यु भएको सोसाइटीले जनाएको छ ।   प्राविधिक...

नेपाली विद्यार्थीले बनाउने भए ३० हजारमै नयाँ घर

२०७२ वैशाख २४ गते ८:४०

काठमाण्डु, २४ वैशाख– ‘हामी सक्छौँ’ भन्ने नाराका साथ नेपाली विद्यार्थीको एक समूहले ललितपुरको बुङ्मति क्षेत्रमा २० देखि ३० हजारमै नयाँ घर बनाउने भएको छ । इन्जिनियरहरु समेत सम्मिलित उक्त टोलिमा विद्यार्थीले भूकम्पबाट प्रभावित मानिसहरुलाई कसरी पहिलेकै जीवनमा फर्काउन सकिन्छ भन्ने उद्धेश्यले यस्तो अभियान चालेका...

चट्याङ लागेर बुढाथोकीको मृत्यु

२०७२ वैशाख २४ गते ८:२९

विराटनगर,२४ वैशाख-ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कटुन्जे–५ बस्ने २६ वर्षीया भगवती बुढाथोकीको घटनास्थलमै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । बुधबार साँझको समयमा उनी छिमेकीका घरमा बसेकी थिइन् ।   सोही...

ध्वस्त भयो साततले दरबार

२०७२ वैशाख २४ गते ७:३३

नुवाकोट,२४ वैशाख-विनाशकारी भूकम्पको चपेटामा परेर नुवाकोटको सौन्दर्य ध्वस्त भएको छ । जिल्लाको आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र नुवाकोट दरबार क्षेत्रलाई क्षतविक्षत पारेको छ । वैशाख १२ को विनाशकारी भूकम्पले जिल्लाको आकर्षणको स्थल तथा परिचय बनेर रहेको साततले दरबारलाई समेत क्षति पु¥याएको हो ।...

पाकिस्तानी दूतावासले दियो उद्धार र राहतको जानकारी

२०७२ वैशाख २४ गते ७:२१

काठमाण्डु, २४ वैशाख–पाकिस्तानी राजदूतावासले बिहीबार पत्रकार सम्मेलन गरेर आफूले नेपालका भूकम्प पीडितको उद्धारका लागि आफूले गरेको सहयोगको बारेमा जानकारी दिएको छ । दुतावासमा आयाजित पत्रकार सम्मेलन पाकिस्तानी राजदूत अर्सद साउद खोसाले विभिन्न पाँच चरणमा गरेर राहत सामग्री उपलब्ध गराएको जानकारी दिएका थिए । पाकिस्तानले...

ताप्लेजुङमा जिप दुर्घटना ६ को मृत्यु, ९ जना घाइते

२०७२ वैशाख २४ गते ६:५१

पाँचथर, २४ वैशाख–ताप्लेजुङको छेतम्बुबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ताप्लेजुङ नगरपालिका–८ मा पर्ने ल्याङ्बामा मे१ज ५७२८ नम्बरको जिप भिरबाट तल खस्दा दुर्घटना भएको स्थानीय चेतनाथ दाहालले जानकारी दिए । दुर्घटनामा परी ९ जना घाइते भएका...

भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ७ हजार ७ सय ५९ पुग्यो

२०७२ वैशाख २४ गते ६:४१

काठमाण्डु २४ वैशाख– वैशाख १२ गते गएको भूकम्पमा परी अहिलेसम्म ७ हजार ७ सय ५९ जनाको ज्यान गएको छ । गृहमन्त्रालयले केही बेरअघि उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको सङ्ख्या १६ हजार ४ सय ३२ पुगेको छ । हालसम्म मृत्यु हुनेको सङ्ख्या सिन्धुपाल्चोकमा सबैभन्दा धेरै...

नुवाकोटलाई केन्द्र बनाएर आज बिहान ४ रेक्टर माथिका दुई धक्का

२०७२ वैशाख २४ गते ६:३४

काठमाण्डु, २४ वैशाख– विनाशकारी भूकम्प पराकम्पन अझैसम्म पनि आउने क्रम जारी छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ३ः४१ मा नुवाकोट केन्द्रबिन्दु बनाएर ४.२ रिक्टर स्केल र बिहान ७ः५६ मा ४.० रिक्टर स्केलको अर्को भूकम्प गएको छ । पछिल्लो पराकम्पनका कारण कुनै...

मुस्ताङका भूकम्प पीडितलाई राहत वितरण सुरु

२०७२ वैशाख २४ गते २:४०

  मुस्ताङ, २४ वैशाख – जिल्ला प्रशासन कार्यालय मुस्ताङले उपल्लो क्षेत्रका भूकम्प पीडितलाई राहत वितरण सुरु गरेको छ । छुसाङ गाविसबाट उपल्लो क्षेत्रमा समेत राहत वितरण गर्न लागिएको हो । छुसाङका एक पूर्ण र २९ आंशिक घरमा क्षति पुगेका परिवारलाई राहत वितरण गरिएको प्रमुख...

दुई गाविसको सचिव एउटै हुँदा राहत वितरणमा समस्या

२०७२ वैशाख २४ गते २:३३

गोरखा, २४ वैशाख – दुई गाविसको सचिव एउटै भएपछि गोरखाको विभिन्न ठाउँका भूकम्प पीडितहरुलाई राहत वितरण गर्न समस्या भएको छ । विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाक र सँगै रहेको अर्को प्रभावित गाविस लाप्राक गाउँको सचिव एउटै भएकाले राहत वितरणमा ढिलाइ भएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us