इलाम, २७ जेठ– फाकफोककी एक समाजसेवीले स्वास्थ्यचौकी निर्माणका लागि तीन रोपनी जग्गा दान दिएकी छिन् । फाकफोक–६ की इन्द्रमाया चौहानले १२ लाख मूल्य बराबरको जग्गा स्वास्थ्यचौकीलाई दिएकी हुन् । जग्गा अभावमा पुरानो भवनमा सीमित रहनुपरेको स्वास्थ्यचौकीले अब उक्त जग्गामा निर्माण प्रक्रिया अघि बढाउने चौकी प्रमुख...
कैलाली, २७ जेठ– भूमिसुधार तथा व्यवस्था मन्त्रालयले धनसिंहपुर गाविसको जग्गा विवादको समाधान खोज्न तीन सदस्यीय टोली गठन गरेको छ । मन्त्रालयले मालपोत कार्यालय गुलरियाका प्रमुख अमृतकुमार कर्माचार्यको संयोजकत्वमा टोली गठन गरेको हो । टोलीमा मालपोत कार्यालय टीकापुरका प्रमुख नरेन्द्र पाल र नापी कार्यालय टीकापुरका...
काठमाण्डु, २६ जेठ– नेपाली सेनाले किनेको दुई वटा एमआइ सेभिन्टिन भि आइभ हेलिकप्टर नेपाल आइपुगेको छ । यसअघि २०७० कात्तिकमा नेपाल सरकारको मन्त्री परिषद्ले सेनाका लागि हेलिकप्टर खरिद सम्बन्धि कार्यबिधि पारित गरेको थियो । कार्यबिधि अनुसार सेनाका लागि रुसबाट सो हेलिकप्टर ल्याइएको हो ।...
धनुषा,२६ जेठ– मिथिला नगरपालिकामा मंगलबार एक महिला झुण्डिएर मृत अवस्थामा फेला परेकी छन् । मिथिला नगरपालिका–६ ढल्केबर बस्ने १८ बर्षीया अनिता दास मृत फेला परेकी हुन् । दास आँपको रुखमा सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा प्रहरीले...
काठमाण्डु, २६ जेठ-न्याय परिषद्को मंगलबारको बैठकले पुनरावेदन अदालतका २८ अतिरिक्त न्यायाधीशको सेवालाई निरन्तरता दिने गरी छ महिनासम्मका लागि म्याद थप गरेको छ । न्याय परिषद्को बैठकको निर्णय सुनाउँदै परिषद्का निमित्त सचिव कृष्ण गिरीले पुनरावेदन अदालतमा कार्यरत २८ न्यायाधीशको सेवाको म्याद समाप्त भएकाले सेवालाई...
बारा, २६ जेठ– जिल्लाको पिलुवामा केही समयदेखि स्थानीयले अवरुद्ध पारेको सडक खुलेको छ । सोमबार साँझ गाडीको ठक्करबाट मृत्यु भएका आफन्तको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै गरिएको सो अवरुद्ध प्रहरीको पहलमा खुलेको हो । मृत्यु भएका ६६ वर्षीय खडानन्द बजगाइँका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने...
काठमाण्डु, २६ जेठ-संविधानसभाको मंगलबारको बैठकले संविधान निर्माणमा देखिएका विवादित विषयलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । संविधानका विवादित विषयमा सहमति नभएको भनी यसअघि संवाद समितिले संविधानसभामा प्रस्तुत गरेको प्रतिवेदनलाई पुनः सोही समितिमा पठाउने भन्ने प्रस्ताव पारित...
काठमाण्डु, २६ जेठ–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मोर्चा औपचारिक रुपमा विभाजित भएको छ । मोर्चाको प्रमुख घटक एमाओदी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले सत्तारुढ दलहरुसँग १६ बुँदे सहमति गरेपछि मोर्चामा फाटो आएको हो । असन्तुष्ठ दलहरुको मंगलबार सिंहदरबारमा बैठक बसेर मार्चाबाट अलगिने निर्णय...
खोटाङ, २६ जेठ-जयरामघाटस्थित दूधकोसी नदीमा हालिएको अस्थायी बेलीब्रिज झिकिएपछि खोटाङबाट राजधानी काठमाण्डुलगायत विभिन्न जिल्लासँगको सिधा यातायात सेवा अवरुद्ध भएको छ । नदीमा पानीको बहाव बढेसँगै खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटमा हालिएको अस्थायी बेलीब्रिज झिकिएपछि यातायात सेवा बन्द भएको हो । बेलिब्रिज झिकिएपछि...
काठमाण्डु, २६ जेठ–संविधानसभाको बैठकले राजनीतिक दलहरुका बीचमा भएको १६ बुँदे सहमतिलाई अनुमोदन गरेको छ । सोमबार राति चार दलका बीचमा १६ बुँदे सहमति भएपछि मंगलबार संविधानसभाको बैठक बसेको हो । वैठकले १६ बुँदे सहमतिलाई अनुमोदन गर्दै त्यसलाई संवाद समितिमा पठाउने निर्णय गरेको छ ।...
इलाम, २६ जेठ- सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । दुई वर्षदेखि संस्थाको हिसाब हिनामिना गरेको भन्दै शान्तिपुर– ५ मा रहेको सूर्यविनायक कृषि सहकारी संस्थाकी व्यवस्थापक कमला बराललाई प्रहरीले पक्राउ गरेको हो । संस्थाको हिसाब देखाउन नसकेपछि...
भक्तपुर, २६ जेठ-भक्तपुर नगरपालिका क्षेत्रमा रहेको विद्यार्थी निकेतन उमाविका विद्यार्थी स्कुलको चौरमै रमाउने गरेका छन् । भूकम्पबाट जोगिएको कक्षामा भने पीडितले आश्रय लिएका छन् । भूकम्पबाट बन्द विद्यालय यही जेठ १७ गतेदेखि सञ्चालनमा आए पनि कक्षाकोठा भने छैन । उनन्तीस कक्षाकोठा रहेको...