समाचार

विद्यार्थीमाथि यौनशोषण गर्ने खत्री पुगे प्रहरी खोरमा, पैसा लिएर मिलाउन पीडित पक्षलाई दबाब

२०७२ जेठ २८ गते १८:२०

पर्वत, २८ जेठ– आफ्नै स्कुलका कलिला विद्यार्थीमाथि यौनशोषण गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलाहार–९ थामर्जुङस्थित ज्ञानेन्द्र प्राविका शिक्षक बमबहादुर खत्री रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतले शनिबार पक्राउन गरेको हो । खत्रीले कक्षा १–२ का कलिला छात्राहरुमाथि...

प्रधानमन्त्री अब ट्वीटरमा, ओबामा र मोदी पहिलो रोजाईमा

२०७२ जेठ २८ गते १७:४४

काठमाण्डु, २८ जेठ– प्रधानमन्त्री सुशील कोइराला बुधबारदेखि ट्वीटरमा आएका छन् । पीएम नेपालका नामबाट ट्वीटर एकाउन्ट खोलेका उनलाई हालसम्म दुई हजार सात सय ६२ जानले फ्लो गरेका छन् । भने कोइरालाले अमेरिकी राष्ट्र पती बारम ओबामा र भारतीइ प्रधानमन्त्री नरेन्द्र मोदिलाई पछ्याएका छन् ।...

उपसमितिले विवाद मिलायो

२०७२ जेठ २८ गते १७:१८

काठमाण्डु,२८ जेठ– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको उपसमितिले संविधानका अन्तरवस्तुमा देखिएको विवाद समाधान गरेको छ । संविधानको प्रस्तावनामा बहुलवाद भन्ने शब्द राख्नेवा नराख्ने भन्ने विवादका कारण शीर्ष नेताहरुसँग छलफल गरेर विवाद समाधान भएको हो । बिहान १० बजेका लागि संवाद समितिको...

अमेरिका पठाइदिन्छु भन्दै जब उनले महिलाबाट २१ लाख लिए…

२०७२ जेठ २८ गते १७:०६

काठमाण्डु, २८ जेठ– अमेरिका पठाइदिन्छु भनी लाखौ रुपैयाँ ठगी गरेको आरोपमा काठमाण्डुबाट बुधबार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीकी एक महिलाबाट २१ लाखभन्दा बढी लिएर फरार भएका सल्यानका ३८ वर्षीय नरेश डि.सी.लाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले टेकुबाट पक्राउ गरेको हो...

खुल्यो पाटन दरबार क्षेत्र

२०७२ जेठ २८ गते १६:५०

ललितपुर,२८ जेठ-लामो समयदेखि बन्द पाटन दरबार क्षेत्र बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।   भूकम्पले दरबार क्षेत्रमा क्षति पुगेकाले कमजोर सुरक्षाका कारणले गर्दा बन्द गरिएको थियो । पाटन सङ्ग्रहालय खुला गर्न भने अझै एक हप्ता लाग्ने सङ्ग्रहालयका सूचना अधिकृत सुरेशमान लाखेले बताए ।...

दुई दिनभित्र राहत वितरणको सम्पूर्ण जानकारी देऊ: लेखा समिति

२०७२ जेठ २८ गते १६:२८

काठमाण्डु, २८ जेठ-व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिले भूकम्प प्रभावित जिल्लाका जनतालाई सरकारले हालसम्म प्रदान गरेको राहत वितरणको सम्पूर्ण विवरण दुई दिनभित्र जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ ।   सो समितिको बिहीबार बसेको बैठकले राहत तथा पुनःनिर्माणमा भएका प्रगति तथा आवश्यक व्यवस्थापनका सम्बन्धमा सत्यतथ्य जानकारी...

१६ बुँदे सहमतिमा गगनको ‘नोट अफ डिसेन्ट’ : भन्छन्, ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ’

२०७२ जेठ २८ गते १६:२६

काठमाण्डु, २८ जेठ–कांग्रेसका युवा नेता गगन थापाले दलहरुबीचमा भएको १६ बुँदे सहमतिमा रहेको निर्वाचन प्रणाली र शासकीय स्वरुपका विषयमा आफ्नो फरक मत रहेको बताएका छन् । नेता थापाले आफ्नो फेसबुक पेजमा स्टाटस लेखेर आफू समानुपातिक सूचिी प्रदेशलाई निर्वाचन क्षेत्र मानेर हुनुपर्छ र शासकीय स्वरूप...

८३ वर्षमा नागरिकता पाएपछि…

२०७२ जेठ २८ गते १६:०२

रौतहट, २८ जेठ-यतिखेर वृद्ध मगरी देवीलाई खुसीको सीमा छैन । उनले ८३ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् ।   हातखुट्टा समेत नचल्ने अवस्थामा पुगेकी मगरीले आफूले नागरिकता पाउँदा असाध्यै खुसी लागेको बताइन् । उनका एक मात्र छोरा छन् । चन्द्रपुर नगरपालिका–...

दलहरुबीचको सहमति संविधान जारी गर्न कोशेढुंगा सावित हुनेछ : बामदेव

२०७२ जेठ २८ गते १५:५८

काठमाण्डु, २८ जेठ –उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले दलहरुबीच भएको सहमतिले महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । बिहीबार ललितपुरमा नेपाल पुनर्निर्माणको निम्ति विचार संकलन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गौतमले दलहरुबीचको सहमति संविधान जारी गर्न कोशेढुंगा सावित भएको बताए । उनले आठ वर्षदेखि अड्किरहेको विषयलाई...

सङ्खुवासभामा बाढीले आधा दर्जन झोलुङ्गे पुल बगायो !

२०७२ जेठ २८ गते १५:५२

सङ्खुवासभा, २८ जेठ-सङ्खुवासभाको हेवा खोलामा बाढी आउँदा आधा दर्जन झोलुङ्गे पुल तथा दुईवटा पावर हाउस—वरुण हाइड्रो पावर हाउस र निगुरे पावर हाउसमा क्षति पुगेको छ ।   बाढीले एक हजार रोपनीभन्दा बढी बेंसीफाँटका खेत बगरमा परिणत गरिदिएको छ ।   यसैगरी, चैनपुर नगरपालिका र...

पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ४१ को पुग्यो, मेची राजमार्ग पनि अवरुद्ध

२०७२ जेठ २८ गते १५:४१

पाँचथर, २८ जेठ-ताप्लेजुङको विकट पश्चिमी क्षेत्रका विभिन्न गाउँंमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।   मृतकमध्ये लिङ्तेपका चमेली लिम्बू र मनमाया लिम्बू, लिबाङका देवेन्द्र लिबाङ, खोक्लिङका सविन मादेन र वसन्त विकको मात्र सनाखत...

सिके राउतलाई उचाल्ने संस्था एम्नेस्टी इन्टरनेसनल, संस्थाका अध्यक्ष भारतीय

२०७२ जेठ २८ गते १३:५९

काठमाण्डु, २८ जेठ– एमनेस्टी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष कृष्ण पहाडीले सिके राउतलाई उचाल्ने निकाय एम्नेस्टी इन्टरनेसनल रहेको आरोप लगाएका छन् । एमनेस्टीको क्रियाकलाप र नेपालको मानवअधिकार क्षेत्रको विषयमा पछिल्लो समय सार्वजनिक धारणाले यो संस्था शंकाको घरमा परेको पहाडीले स्पष्ट पारेका छन् । मानवअधिकारकर्मी पहाडीले बिहीबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us