समाचार

यो वर्षको मनसुन दुई दिनभित्र सुरु हुने

२०७२ जेठ २८ गते १३:३२

काठमाण्डु, २८ जेठ-मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन दुई दिनभित्र सुरु हुने जनाएको छ ।   महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार बङ्गालको खाडीबाट म्यान्मा आसपास क्षेत्रसम्म मौसमी हावाको गतिविधि सुरु भइसकेको छ । केही दिनमा देशको पूर्वी भेगबाट मनसुन प्रवेश गर्नेछ । महाशाखाका अनुसार...

पहिरामा परी छत्तीस जनाको निधन !

२०७२ जेठ २८ गते १३:१९

पाँचथर, २८ जेठ-ताप्लेजुङको विकट पश्चिमी क्षेत्रका विभिन्न गाउँमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या ३६ जना पुगेको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।   मृतकमध्ये ताप्लेजुङ लिङ्तेपका चमेली लिम्बू र मनमाया लिम्बू, लिबाङका देवेन्द्र लिबाङ, खोक्लिङका सविन मादेन र वसन्त विकको...

इनारमा डुबेर महिलाको मृत्यु

२०७२ जेठ २८ गते ९:१४

  गौशाला, २८ जेठ – इनारमा डुबेर गएराति महोत्तरीको भरतपुर गाविसमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर गाविस–४ बस्ने लखन साहकी ४५ वर्षीया पत्नी उर्मिलादेवी साह रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । केही दिनदेखि मानसिक अवस्था बिग्रिएको उर्मिलाको गएराति करिब...

ताप्लेजुङको पहिरोमा ३ को मृत्यु, मृतकको संख्या बढ्न सक्ने

२०७२ जेठ २८ गते ९:०४

काठमाण्डु, २८ जेठ– ताप्लेजुङको खोप्लिङ र निमतेपमा गएको पहिरोमा ३ जनाको मृत्यु भएको छ । क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले दिएको जानकारीअनुसार अहिलेसम्म ३ जनाको मात्रै पुष्टि हुन सकेको छ । अन्यको मृत्यु भएको खबर पुष्टि हुन सकेको छैन । खोप्लिङमा २ र नितेपमा एक...

चट्याङ लागेर चेपाङको मृत्यु

२०७२ जेठ २८ गते ९:०३

चितवन, २८ जेठ – चितवनको विकट सिद्धी गाविसमा चट्याङ लागेर एक जनाको मृत्युभएको छ । सिद्धी गाविसको वडा नम्बर २ बस्ने स्थानीय ४५ वर्षीय लोकबहादुर चेपाङको चट्याङ लागेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएराति हावाहुरीसहित वर्षा भएका बेला यहाँ चट्याङ परेको र...

महोत्तरीमा गर्मीसँगै बिरामी बढे

२०७२ जेठ २८ गते ९:००

  महोत्तरी, २८ जेठ – महोत्तरी जिल्लामा केही दिनदेखि असहनीय गर्मीसँगै बिरामीको सङ्ख्यामा अत्यधिक वृद्धि भएको छ । प्रचण्ड घामसँगै जिल्लामा ३८ देखि ४१ डिग्री सेन्टिग्रेडसम्म तापक्रम बढेको पाइएको छ भने असहनीय हुँदै गएको गर्मीका कारण अहिले जिल्लाभरि विभिन्न रोगको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय...

विद्यार्थी बेहोस हुन थालेपछि पर्वतमा विद्यालय बन्द

२०७२ जेठ २८ गते ७:४६

पर्वत, २८ जेठ – विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । पर्वत जिल्लाको लुंखुदेउराली गाविसमा रहेका महेन्द्रज्योति उच्च माविका विद्यार्थी एक्कासि बेहोस भएर ढलेपछि विद्यालयको पठनपाठन बुधबार दिउँसोदेखि बन्द गरिएको हो । दिउँसो कक्षा चलिरहेका बेला कक्षा ८ र...

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै तीन लाख २० हजार झ्वाम्म पारेपछि…

२०७२ जेठ २७ गते १८:४२

काठमाण्डु, २७ जेठ– प्रहरीमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने कैलाली धनगढी नगरपालिका बस्दै आएका बैतडी वास्लिङ गाविस–७ का राजेन्द्र चन्दलाई काठमाण्डु बुढानिलकण्ठ नगरपालिका–८ कपनबाट मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । चन्दले पाल्पा कोलडाँडा–१ का मनकुमार गाहामगर र कृष्णबहादुर गाहामगरलाई नेपाल प्रहरीको जवान पदमा भर्ना...

तत्काल सामुदायीक वनबाट काठ काट्न नपाइने

२०७२ जेठ २७ गते १८:१५

काठमाण्डु, २७ जेठ– भूकम्पबाट क्षति भएका संरचनाहरुको पुननिर्माणका लागि तत्काल सरकारी तथा सामुदायीक वनबाट काठ कटान गर्न नपाइने भएको छ । वन ऐनले वर्षा याममा सरकारी तथा सामुदायीक वनमा काठ काट्न बन्देज गरेका कारण आगामी कात्तिकसम्म वनबाट काठ निकाल्न व्यवहारिक समस्या देखिएको हो ।...

प्रस्तावित प्रधान न्यायाधीश विरुद्ध उजुरी गर्न समितिको आग्रह

२०७२ जेठ २७ गते १७:१२

काठमाण्डुृ, २७ जेठ– संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको भावी प्रधान न्यायधीशमा सिफारिस भएका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठको बारेमा उजुरी तथा सूचना उपलब्ध गराउन आह्वान गरेको छ । समितिले बुधबार सूचना जारी गरी १० दिनभित्र श्रेष्ठ विरुद्ध भएका सूचना र उजुरी उपलब्ध गराउन आग्रह...

यसकारण लाग्दैन टेलिकमको १९७ र १४९४ मा फोन

२०७२ जेठ २७ गते १६:४२

काठमाण्डु, २७ जेठ– भूकम्पपछि नेपाल टेलिकमका महत्वपूर्ण सेवा बन्द भएका छन् । वैशाख १२ र २९ गते आएको भूकम्पका कारण कार्यालयका संरचना भत्किएपछि टेलिकमको निकै महत्वपूर्ण १९७ को सोधपुछ सेवा, १९८ र १४९८ को मर्मत तथा आकश्मिक सूचना दिने १२३४ सेवा बन्द भएको हो...

संरक्षणका नाममा महिला र बालबालिका असुरक्षित

२०७२ जेठ २७ गते १५:५३

काठमाण्डु २७ जेठ– राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीहरुले राजनीतिक पँहुच नभएका भूकम्प पीडितहरुले पर्याप्त राहत पाउन नसकेको बताएका छन् । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिको बुधबारको बैठकमा आयोगका पदाधिकारीहरुले भूकम्प प्रभावित जिल्लाहरुमा राजनीतिक आस्थाका आधारमा राहत वितरण गरिएको आरोप लगाए । उनीहरुले राजनीतिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us