समाचार

एमाओवादीद्वारा पहिरो पीडित क्षेत्रमा उद्धारमा खट्न निर्देशन

२०७२ जेठ २९ गते २०:०२

काठमाण्डु, २९ जेठ– एकीकृत माओवादीले ताप्लेजुङका विभिन्न गाविसमा गएको पहिराका कारण जनधनको क्षति भएकाले राहत तथा उद्धारमा खट्न स्थानीय पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ । यही जेठ २७ गतेको अविरल वर्षाले निम्त्याएको पहिराका कारण सो जिल्लाका खालिबाङ, खोक्लिङ, लिङगटेप, थिङलाबु, सान्थाक्रा, मामाङखेलगायत गाविस प्रभावित...

दोलखामा १४ जना वेपत्ता !

२०७२ जेठ २९ गते २०:००

चरिकोट, २९ जेठ-भूकम्पका कारण दोलखामा हराउने (बेपत्ता) व्यक्तिको सङ्ख्या १४ रहेको छ ।   जिल्ला प्रहरी कार्यालयका अनुसार लामाबगरको तामाकोसी नदीको किनारमा केही दिनसम्म मृत्यु भएको व्यक्तिको शरीर देखिए पनि नदी छेउमा भएका कारण बगाएको शव पासाङछिरिङ शेर्पा, पेम्बानुर्बु शेर्पा र राम तामाङको रहेका...

संविधानको प्रतिवेदन मस्यौदा समितिमा पठाउने प्रस्ताव बहुमतले पारित

२०७२ जेठ २९ गते १९:५४

काठमाण्डु, २९ जेठ– संविधानसभाले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनलाई संविधानको प्रारम्भिक मस्यौदाका लागि आवश्यक सुझाव र निर्देशनसहित मस्यौदा समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ ।   संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाको आजको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकोमा सभाले बहुमतले स्वीकृति प्रदान...

संजयलाई रिज्वूड नेपाली समाज अमेरिकाको साथ

२०७२ जेठ २९ गते १९:१६

अमेरिका– उत्तर अमेरिककाको सर्वोच्च शिखर डेनाली आरोहणको तयारीमा रहेका अल्ट्रा धावक संजय पण्डितलाई रिज्वूड नेपाली समाजले आज जुन ११ तारिकका दिन रिज्वूडको दुर्गा मन्दिरमा अन्तरक्रिया कार्यक्रम समारोह बीच सम्मान गर्नुका साथै सफलताको कामना गर्दै आर्थिक रकम समेत हस्तान्तरण गरिएको छ ।   सात महादेशका...

जोखिमपूर्ण बस्तीहरुको अध्ययन गर्न भूगर्भविदहरु जाँदै, हिमताल अध्ययन गर्ने टोली जान सकेन

२०७२ जेठ २९ गते १८:४०

काठमाण्डु, २९ जेठ– भूकम्पले जमिन धाँजा फाटी पहिराको जोखिममा रहेका १६ जिल्लामा खानी तथा भूगर्भ विभागले सभासद्को संयोजकत्वमा गठन भएको बस्ती स्थानान्तरण समिति मातहत रही अध्ययन गर्न भूगर्भविद् खटाएको छ । लमजुङ, गोरखा, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, तनहुँ,...

राष्ट्रपति र सभासदबीच भनाभन

२०७२ जेठ २९ गते १८:३८

ओखलढुङ्गा, २९ जेठ– राष्ट्रपति डा रामवरण यादव र ओखलढुङ्गा क्षेत्र नं १ का सभासद यज्ञराज सुनुवारबीच भनाभन भएको छ । शुक्रबार भूकम्पबाट भएको क्षति र राहत तथा पुननिर्माणको बारेमा बुझ्न ओखलढुङ्गा पुगेका राष्ट्रपति यादवले बोल्न नदिएको भन्दै सभासद सुनुवारले बिरोध गरेपछि चर्काचर्की भएको हो...

चार दलको सहमति सात वर्षसम्मका लागि भएको हो : जितेन्द्र देव

२०७२ जेठ २९ गते १८:१९

काठमाण्डु, २९ जेठ–मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देवले चार दलको सहमति सात वर्षसम्मका लागि भएको बताएका छन् । शुक्रबार संविधानसभामा संवाद समितिले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल गर्दै उनले कांग्रेस–एमालेलाई सीमांकनको विषय टुंग्याएर जाऊ भने पनि आफूहरु सफल हुन नसकेको बताए । उनले दलहरुको...

आमाको हत्या गरेको आरोपमा दुई छोरासहित चारजना पक्राउ

२०७२ जेठ २९ गते १८:१४

चितवन, २९ जेठ-पूर्वी चितवनको वीरेन्द्रनगरमा आमाको रहस्यमय मृत्यु प्रकरणमा दुई छोरासहित चारजना पक्राउ परेका छन् ।   रहस्यमय रहेको उक्त घटनामा दुई छोराले एकअर्काविरुद्ध जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले शुक्रबार जानकारी दिए ।...

कुर्सीको खेललाई सहमति र संविधानको जामा पहिर्‍याइयो : यादव

२०७२ जेठ २९ गते १७:५०

काठमाण्डु, २९ जेठ–मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले १६ बुँदे सहमतिका नाममा फेरि सक्ताको खेल सुरु भएको बताएका छन् । शुक्रबार संविधानसभामा संवाद समितिको प्रतिवेदन माथिको छलफलमा बोल्दै अध्यक्ष यादवले सत्ताको खेललाई सहमतिको र संविधानको जामा पहिर्‍याइकोमा आपत्ति जनाएका छन् । सहमतिले संविधान...

चार दलको सहमति आर्थिक भागवण्डाको दस्तावेजः अध्यक्ष थापा

२०७२ जेठ २९ गते १७:५०

काठमाण्डु, २९ जेठ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले फरक दृष्टिकोण लिएर पनि संविधानसभामा उपस्थित भएको बताए । शुक्रबारको संविधानसभाको बैठकमा अध्यक्ष थापाले सत्ता स्वार्थ, व्यक्तिको महत्वकाक्षां र आर्थिक स्वार्थ कति सशक्त हुन्छ भन्ने चार दलले पछिल्लो पाटक गरेको चार बुँदे सहमतिले देखाएको बताए ।...

बर्दिया तराइको पहिलो खुला दिसामुक्त जिल्ला !

२०७२ जेठ २९ गते १७:३७

बर्दिया, २९ जेठ-बर्दिया जिल्लालाई तराइकै पहिलो खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ ।   नेपाल सरकारका उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतमले शुक्रबार गुलरियामा आयोजित एक कार्यक्रममा यस्तो घोषणा गरेका हुन् । कार्यक्रममा गृहमन्त्री गौतमले सरसफाइ अभियान अरुका लागि नभई आफ्नै लागि भएको र यसलाई...

यी हुन् भूकम्पका बेला पनि पत्रकारलाई तलब नदिने मिडिया

२०७२ जेठ २९ गते १७:१४

काठमाण्डु, २९ जेठ– वैशाख १२ गतेको भूकम्पपछि पीडितहरुको राहत तथा पुर्नबासका लागि करोडौं रुपैयाँको सहयोग जुटेको छ । देश विदेशबाट मनकारी व्यक्तिहरुले आर्थिक र भौतिक सहयोग गरेर भूकम्पपीडितलाई गच्छेअनुसारको सहयोग गरे । तर भूकम्पका बेला ज्यानको बाजी मारेर अहोरात्र खटिएका पत्रकारले भने तलब पाएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us