संखुवासभा, ३० जेठ– संखुवासभामा शुक्रबार राती गएको पहिरोमा परेर एकै परिवारका ३ जना वेपत्ता भएका छन् । जिल्लाको नुम गाविसमा गएको पहिरोमा परेर स्थानीय रोशन तामाङ, उनकी श्रीमती उर्मिला तामाङ र उनीहरुकी १९ महिनाकी छोरी सुनिता हराइरहेको प्रहरीले बताएको छ । उनीहरुको खोजी कार्य...
काठमाण्डु, ३० जेठ-भक्तपुर नलिन्चोकमा भएको सवारी दुर्घटनाका क्रममा गाडीका चालक भागेर ज्यान जोगाउन सफल भएका छन् । शनिबार बिहान १०:४५ बजे बनेपाबाट फर्की आइरहेको मिनी टाटा गाडीले काठमाण्डुबाट बनेपातर्फ गइरहेको मोटरसाइकललाई भक्तपुरको नलिन्चोकमा ठक्कर दिएपछि चालकलाई गाडीभित्र अनियन्त्रित भिडले कुटपिट गर्ने क्रममा प्रहरीले...
काठमाण्डु, ३० वैशाख– जेठ १८ मा प्रधानमन्त्री सुशील कोइरालाले मेगा कलेजले संकलन गरेको ५ लाख १ हजार सहयोग स्वीकार गरे । मेगा कलेजका सञ्चालकहरुले प्रधानमन्त्री कोइरालाई बीचमा राखेर चेक दिए । कलेजका ६ जना वरपरी बसेर चेक दिँदै गरेको फोटो खिचाए । जेठ २९...
परासी, ३० जेठ-नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले १६ बुँदे सहमतिप्रति असन्तुष्ट रहेका दलहरुलाई पनि सहमतिमा ल्याउने प्रयत्न भइरहेको बताएका छन् । शनिबार नवलपरासीको कावासोतीमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले असन्तुष्ट पक्षलाई पनि संवाद र छलफलमार्फत सहमतिमा ल्याउने प्रयास भइरहेको उल्लेख...
काठमाण्डु, ३० जेठ– चार दलले गरेको १६ बुँदे सहमतिप्रति असंतुष्ट रहेका दलहरुले राष्ट्रपति डा रामवरण यादवको ध्यानाकर्षण गराएका छन् । शनिबार बिहान राष्ट्रपति निवास पुगेका असंतुष्ट दलहरुले चार दलले सहमतिका नाममा अन्तरिम संविधान र संविधानसभा नियमावली मिचेको भन्दै त्यसलाई रोक्न राष्ट्रपतिलाई आग्रह गरेका थिए...
विराटनगर, ३० जेठ– मोरङको डाइनिया गाविसमा शुक्रबार राति भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार दुर्घटनामा विराटनगर–१६ का देवराज कामत र ढके कामतको मृत्यु भएको हो । हुलाकी राजमार्गअन्तर्गत डाइनिया–रङ्गेली सडकखण्डअन्तर्गत मोरङकको डाइनिया गाविस–७ मा उनीहरु सवार को...
रसुवा, ३० जेठ– रसुवा जिल्ला अस्पतालमा पहिलो पटक शल्यक्रिया सुरु भएको छ । भूकम्पपछि जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा नेपाल, हङ्कङ, फिलिपिन्स र क्यानेडियन रेडक्रसको सहयोगमा सञ्चालित रसुवा जिल्ला अस्पतालभित्र एपेन्डिसाइटिस, पत्थरीका साथै बच्चा पैदा गराउन पेटको शल्यक्रिया सुरु भइसकेको छ । पहिलो चरणमा यस्ता...
काठमाण्डु, ३० जेठ– शनिबार बिहान ७ बजेर ३ मिनेट जाँदा ‘गोरखा भूकम्प’को परकम्प महसुस गरिएको छ । दोलखास्थित तामाकोसी नदी छेउ सिङटी र सुनखानी गाविसबीच केन्द्रविन्दु भएको ५ दशमलव २ रिक्टर स्केलको परकम्प खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले मापन गरेको केन्द्रको...
भक्तपुर, ३० जेठ– गत वैशाख १२ गतेको विनाशकारी भूकम्पले सम्पदालाई क्षति पु¥याएपछि बन्द भएको सम्पदा पर्यटकको अवलोकनका लागि आगामी सोमबारदेखि खुल्ला गरिने भएको छ । भूकम्पले विश्वसम्पदा सूचीमा सूचीकृत दरबार स्क्वाएर देखि भक्तपुर नगरभित्रका धेरै सम्पदामा क्षति पुगेपछि पर्यटकको आगमनसमेत रोकिएको थियो । पर्यटकको...
काठमाण्डु, ३० जेठ – संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफेरी फेल्टम्यानले शुक्रबार साँझ प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी उनको अग्रसरतामा हस्ताक्षर भएको सोह्रबुँदे सहमतिको स्वागत गर्दै बधाइ ज्ञापन गरेका छन् । उनले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा भएको निरन्तरको प्रयास र वार्ताको परिणामस्वरुप सोह्रबुँदे सहमति हुन सकेको...
चितवन, ३० जेठ– दक्षिण चितवनको माडी नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जाने सडकको पुल भाँचिएको छ । गिटी बालुवा बोकेको ना १ क ३४९५ टिपर गइरहेका बेला पुल भाँचिएर टिपर नै अड्किएको छ । शुक्रबार अपराह्न पुल भाँचिएपछि अहिले उक्त सडकखण्ड अवरुद्ध भएको छ । पुल...
मुस्ताङ, ३० जेठ– उपल्लो मुस्ताङको छ गाविसमा असोजदेखि फागुनसम्म पटक–पटक परेको हिमपातसँगै बढेको चिसाले चार हजार पशुचौपाया मरेका छन् । लोमान्थाङ, छोसेर, छोन्हुप, घमी, चराङ र झोङ गाविसमा किसानले पालेका पशुचौपाया मरेपछि त्यस क्षेत्रका किसानलाई कम्तीमा ४५ करोड बराबरको नोक्सानी भएको छ । जिल्ला...