समाचार

झापाको कनकाइ नगरको विकासका लागि आठबुँदे घोषणापत्र जारी

२०७२ जेठ ३१ गते ८:४४

झापा, ३१ जेठ – सूचना, सञ्चार र विकासलाई एकैसाथ अगाडि बढाउँदै झापाको कनकाई नगर क्षेत्रलाई नमुनाको रुपमा विकसित गराउन यस क्षेत्रका सञ्चारकर्मी र नागरिक समूहका अगुवा एकमत भएका छन् । शनिबार सुरुङ्गा प्रेस क्लबको आयोजनामा भएको ‘स्थानीय निकायको विकासका लागि सञ्चारको भूमिका’ विषयक कार्यक्रममा...

दाङका बाढीपीडितले पाए एक वर्षपछि राहत

२०७२ जेठ ३१ गते ८:४३

दाङ, ३१ जेठ– गत बर्ष साउन महिनाको अन्त्यतिर बबई नदीमा आएको बाढीका कारण दाङ जिल्लामा मरेका पशु चौपायाको अहिले पशुसेवा कार्यालय दाङले सम्बन्धित गाविसमा पुगेर पीडितहरूलाई राहत वितरण गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला पशु सेवा कार्यालयको संयुक्त टोली खटिएर अहिले सम्बन्धित...

संविधानको मस्यौैदा लेखन आइतबारदेखि

२०७२ जेठ ३१ गते ७:५२

काठमाण्डु, ३१ जेठ – अन्ततः संविधानसभाले संविधान लेखनका लागि संविधानसभा मस्यौदा समितिलाई निर्देशन दिएपछि आज आइतबारदेखि मस्यौदा लेखन प्रारम्भ हुने भएको छ । संविधान गर्दै संविधानको प्रारम्भिक मस्यौदा तयार गर्दै संविधानको प्रारम्भिक मस्यौदा तयार गर्न बढीमा १५ दिनको समय दिएको छ ।  तर समितिले...

चक्कु प्रहारबाट राधिकाको मृत्यु !

२०७२ जेठ ३० गते १९:५७

काठमाण्डु, ३० जेठ-काठमाण्डुको मनमैजुमा डेरा गरी बस्ने ३२ वर्षीया राधिका कार्कीको चक्कु प्रहारबाट शनिबार मृत्यु भएको छ ।   धादिङ छत्रेदेउराली–६ की राधिकालाई उनकै श्रीमान् ४२ वर्षीय हरिहर कार्कीले शुक्रबार तरकारी काट्ने चक्कुले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको शिक्षण अस्पतालमा उपचारको क्रममा...

माओवादी बैठकमा प्रचण्डलाई १६ बुँदे सहमति कार्यान्यनको चिन्ता

२०७२ जेठ ३० गते १९:५०

काठमाण्डु, ३० जेठ– एकीकृत नेकपा माओवादी पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय समिति बैठकमा १६ बुँदे समझदारीले मधेसमा हुन सक्ने भावुकताबारे छलफल भएको छ । बैठकमा नेताहरु मधेस केन्द्रित हुने कुरामा विशेष छलफल भएको एक नेताले काठमाण्डु टुडेलाई बताए । बैठकमा अधिकांश केन्द्रीय सदस्यले...

दूधकोसी नदीमा डुबेर विक बेपत्ता

२०७२ जेठ ३० गते १८:५१

खोटाङ, ३० जेठ-दूधकोसी नदीमा डुबेर खोटाङका एक किशोर बेपत्ता भएका छन् । नदीमा चिप्लिएर च्यास्मिटार–२ खानीगाउँका १२ वर्षीय केशव विश्वकर्मा बेपत्ता भएका हुन् ।   उनी शुक्रबार दिउँसो नदीको किनारमा बसेर पानीमा खेलिरहेको अवस्थामा चिप्लिएर बेपत्ता भएको स्थानीय मोहन विश्वकर्माले जानकारी दिए ।  ...

बडुले भने, ‘संविधान जारी नभएसम्म सुशील नै प्रधानमन्त्री रहन्छन् ’

२०७२ जेठ ३० गते १८:४४

भक्तपुर, ३० जेठ-नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले संविधान जारी गरेलगत्तै सुशील कोइरालाले प्रधानमन्त्रीको पद छाड्ने बताएका छन् ।   रफत् सञ्चार क्लबले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बडूले संविधान जारी नभएसम्म प्रधानमन्रीालको विकल्प नभएको बताएका हुन् ।   अहिले पनि सरकारमा आउन सबै...

ट्र्याक्टरबाट खसेर बालकको मृत्यु

२०७२ जेठ ३० गते १८:३१

धनगढी, ३० जेठ-कैलालीको अत्तरिया नगरपालिका–१० मा शनिबार ट्र्याक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।   स्याउले बजारबाट मटियारीतर्फ आउँदै गरेको से१त ४०२ नं को ट्र्याक्टरमा सवार बेलादेवीपुर गाविस–७ का १० वर्षीय जोशिव रानाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।...

१६ बुँदे जनताको म्याण्डेड विपरीतः आदिबासी जनजाती

२०७२ जेठ ३० गते १७:३८

काठमाण्डु, ३० जेठ– आदिवासी जनजातिका अगुवाहरुले चार दलले गरेको १६ बुँदे सहमतिले आफूहरुले विगतदेखि गर्दै आएको त्याग र बलिदानको पक्षमा न्याय नगरेको आरोप लगाएका छन् । शनिबार काठमाण्डुमा आदिवासी जनजाती अनुसन्धान केन्द्रले आयोजना गरेको अन्तरक्रियामा सहभागी जनजाती नेताहरुले दलहरुले गरेको १६ बुँदे सहमति विरुद्ध...

गोरखाबाट बाबुरामले ल्याउँदै छन् अबोध बालकलाई काठमाण्डु पढाउन

२०७२ जेठ ३० गते १७:२९

काठमाण्डु, ३० जेठ– एनेकपा माओवादीका नेता बाबुराम भट्टराईले भूकम्प प्रभावित क्षेत्र गोरखाबाट एक अबोध बालकलाई शिक्षाका लागि काठमाण्डु ल्याउन लागेका छन् ।   उनले शनिबार आफ्नो फेसबुकमा स्ट्याटस राख्दै हिमालपारी गोरखाको उत्तरपूर्वी गाऊ चुम्चेबाट बालकलाई हेलिकप्टरमा ल्याउन लागेको बताएका हुन् ।   साथै उनले...

काठमाण्डुको तारेभीरमा पहिरो बग्दै, ७० घर जोखिममा

२०७२ जेठ ३० गते १७:१५

काठमाण्डु, ३० जेठ-काठमाण्डुको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका– ७ तारेभिरमा शनिबार बिहान १०:२० बजेदेखि पहिरो जान थालेको छ ।   पहिराका कारण ७० घर जोखिममा परेको स्थानीयवासीले जनाएका छन् । ‘ठूला ढुङ्गा खसेर पहिरो जान थालेपछि घरमा बस्न नसकिने अवस्था भएको छ, भूकम्पले एक महिना...

‘असार वा साउनमा संविधान आउँछ’

२०७२ जेठ ३० गते १७:०९

विराटनगर, ३० जेठ– मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले समावेशी र समानतामा आधारित आठ प्रदेशको सङ्घीयतासहितको संविधान मुलुकले अविलम्ब पाउने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले सकभर असार महिनामै नभए साउनको मध्यसम्ममा मुलुकले संविधान पाउने विश्वास व्यक्त गरे । उहाँले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us