समाचार

राहत वितरणको निगरानी गर्न प्रधानमन्त्रीको आग्रह

२०७२ जेठ ३२ गते १२:१४

काठमाण्डु, ३२ जेठ– प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडित नेपालीहरुको सहयोगको लागि दिइएको रकमबाट वितरण गरिने राहतको निगरानी गर्न समेत दाताहरुसँगग आग्रह गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न एका दाताहरुसँग कोइरालाले दाताहरुबाट सहयोग...

सुनवल पहिलो बालमैत्री नगरपालिका घोषणा

२०७२ जेठ ३२ गते १२:०९

नवलपरासी, ३२ जेठ –नवलपरासीको सुनवल नगरपालिका नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा भएको छ । सोमबार महिला, बालबालिका तथा समाजकल्याण मन्त्री नीलम केसीले सुनवललाई नेपालको पहिलो बालमैत्री नगरपालिका घोषणा गरेकी हुन् । बालमैत्री स्थानीय शासनका न्यूनतम् सूचक बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता...

कार्बन व्यापारका लागि समुदायको क्षमता विकास हुनुपर्ने

२०७२ जेठ ३२ गते ११:५२

काठमाण्डु, ३२ जेठ – आफ्नो गाउँनजिकको वन विनास तथा क्षयीकरण नियन्त्रण र वन संरक्षण गरी कार्बन उत्सर्जनमा कमी ल्याई आम्दानी गर्न स्थानीय समुदायको भूमिकामा जोड दिइएको छ । राष्ट्रिय जन वकालत मञ्च नेपालले सोमबार गरेको परामर्श कार्यक्रममा वक्ताहरुले वनको दीगो व्यवस्थापन, वन कार्बन संरक्षण...

आफ्नै दिदीबाट भारतको वेश्यालयमा बेचिएकी बालिकाको चार वर्षपछि उद्धार

२०७२ जेठ ३२ गते ११:३६

कपिलवस्तु, ३२ जेठ–आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले उद्धार गरेको छ । नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष पहिले हराएकी ११ वर्षीया पूजा (नाम परिवर्तन) लाई चार वर्षपछि भारत इलाहावादको मिरगन्जस्थित वेश्यालयबाट उद्धार गरिएको गृहका संयोजक भूमीराज भट्टराईले बताए । उद्धार गरिएकी...

बजेटबाटै पुननिर्माणका योजनाः डा महत

२०७२ जेठ ३२ गते ११:३६

नुवाकोट, ३१ जेठ– अर्थमन्त्री डा रामशरण महतले भूकम्पले क्षतविक्षत नेपाललाई यथाशीघ्र पुननिर्माण गरी भूकम्प प्रतिरोधी र मजबुत बनाइने बताएका छन् । सोमबार नुवाकोट बालकुमारीस्थित महादेव माध्यमिक विद्यालयको अस्थायी भवनको उद्घाटन गर्दै अर्थमन्त्री डा महतले आगामी बजेटमै पुननिर्माणका कार्यक्रमहरुको घोषणा गरिने पनि स्पष्ट पारे ।...

अर्नाको आक्रमणबाट एकको मृत्यु, चार घाइते

२०७२ जेठ ३२ गते १०:०६

झापा, ३२ जेठ– जङ्गली अर्नाको आक्रमणबाट सोमबार बिहान झापाको विर्तामोडमा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चारआलीको जङ्गलबाट निस्किएको अर्नाले आक्रमण गर्दा विर्तामोड नगरपालिका–९ निवासी १८ वर्षीय बोलु सतारको मृत्यु भएको र चार जना गम्भीर घाइते भएको...

पाँच जनाको ज्यान लिएको अज्ञात रोग नियन्त्रणमा, रोग के हो पीडितले रिपोर्ट नै पाएनन्

२०७२ जेठ ३२ गते ९:५७

लहान, ३२ जेठ– विगत एक सातादेखि सिरहाको चन्द्रअयोध्यापुर गाविस–६ स्थित दलित बस्तीमा फैलिएको अज्ञात रोग पूर्ण नियन्त्रणमा आएको छ । एक्कासि रिङगटा लाग्ने र बान्ता आउनेजस्ता लक्षण देखिने अज्ञात रोगका कारण पाँच जनाको मृत्यु भएको थियो । अज्ञात रोगबाट प्रभावित अधिकांश बिरामीको जिल्ला अस्पताल...

इन्द्रमार्गमा खानेपानी पाइप विस्तार

२०७२ जेठ ३२ गते ९:२८

पोखरा, ३२ जेठ– पोखरा–१४ चाउथेस्थित इन्द्रमार्ग टोलमा खानेपानी पाइप लाइन विस्तार गरिएको छ । पोखरा उपमहानगरपालिका कार्यालयको ४० प्रतिशत र स्थानीय उपभोक्ताको ६० प्रतिशत लागत सहभागितामा खानेपानी पाइप लाइन विस्तार योजना सम्पन्न गरिएको हो । इन्द्रमार्ग टोल विकास संस्थाको पहलमा सञ्चालित उक्त योजनाबाट हाललाई...

चक्रपथ बाहिर सिमेन्ट उद्योग सञ्चालन गर्न सरकारको अनुमति

२०७२ जेठ ३२ गते ९:२६

काठमाण्डु ३२ जेठ – भूकम्पपछिको पुनःनिर्माणलाई ध्यानमा राखी सरकारले घर तथा आवासस्थल निर्माणका लागि प्रयोग हुने सिमेन्ट ब्लक उत्पादन गर्न चक्रपथ बाहिर कारखाना स्थापना गर्न अनुमति दिने निर्णय गरेको छ । औद्योगिक प्रवद्र्धन बोर्डको बैठकले पुनःनिर्माणलाई सहज बनाउन उक्त निर्णय गरेको हो । बोर्डका सदस्य...

भत्किएका खानेपानी संरचना निर्माणमा १८ अर्ब लाग्ने

२०७२ जेठ ३२ गते ९:०६

काठमाण्डु, ३२ जेठ – गत वैशाख १२ गतेको भूकम्प र पटक–पटकका पराकम्पले क्षति पु¥याएको खानेपानीको संरचना निर्माणका लागि रु १८ अर्ब लाग्ने सहरी विकास मन्त्रालयले जनाएको छ । भत्किएका खानेपानी संरचनामा स्तरीय पानी वितरणका लागि सो रकम खर्चनुपर्ने मन्त्रालयका सूचना अधिकारी कवीन्द्रविक्रम कार्कीले जानकारी...

ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

२०७२ जेठ ३२ गते ९:०४

कञ्चनपुर, ३२ जेठ– कञ्चनपुरको देखतभुली–१ कालागौँडी नजिक सोमबार। बिहान दिनापुरबाट इँटा बोकेर ल्याउँदै गरेको से१त २४५० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बेलौरी नगरपालिकाको पौलाहाका ट्र्याक्टर चालक अन्दाजी ४३ वर्षीय फूलचन्द रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक...

तीन लाख ५१ हजार भूकम्पपीडितलाई सहयोग

२०७२ जेठ ३२ गते ८:५३

पाल्पा, ३२ जेठ– दक्षिण कोरियामा काम गर्ने साझा संस्था नमस्ते पाल्पाले भूकम्पपीडितका लागि तीन लाख ५१ हजार सहयोग गरेको छ । नमस्ते पाल्पाका अध्यक्ष बुद्ध ढकालले तीन लाख ५१ हजार पाल्पा प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीलाई हस्तान्तरण गरे । ढकालले कोरियामा काम गर्ने पाल्पालीको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us