समाचार

खेतमा मृत फेला

२०७१ माघ १७ गते ६:१०

सुनसरी, १७ माघ– सुनसरीको रामधुनी भासी नगरपालिकामा एक व्यक्तिको अत्यधिक मादक पदार्थ सेवनबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी भासी नगरपालिका–५ का ४० वर्षीय हरि मगराती रहेका छन् । मगरातीले शुक्रबार साँझ अत्यधिक मादक पदार्थ सेवन गरेको र घर नजिकैको खेतमा मृत अवस्थामा...

सूर्यबहादुर भन्छन्, ‘माओवादी र मधेसीलाई पाखा लगाएर ल्याएको संविधान काम लाग्दैन’

२०७१ माघ १७ गते ५:४२

काठमाण्डु, १७ माघ– पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले दलीय सहमतिमै संविधान जारी गर्नुपर्ने बताएका छन् । शनिबार मालिगाउँस्थित आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थापाले विपक्षीको सहमतिबिना आएको संविधान काम नलाग्ने बताए । सत्तारुढ काँग्रेस–एमालेले विपक्षी एमाओवादी र मधेसी मोर्चासँग तत्काल वार्ता गरेर सहमतिको वातावरण बनाउनुपर्ने...

मोदी भेट्न दिल्ली जाँदैछन् खुमबहादुर

२०७१ माघ १७ गते ५:२६

काठमाण्डु, १७ माघ– काँग्रेस नेता तथा हिन्दू राष्ट्र पुनस्र्थापना अभियानका संयोजक खुमबहादुर खड्का भारतीय नेताहरुसँगको भेटघाटका लागि दिल्ली जाने भएका छन् । उनीनिटक स्रोतका अनुसार खड्का आगामी साता दिल्ली जानेछन् । एक साता लामो दिल्ली बसाइका क्रममा उनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वँराजसहित...

तीन दिनदेखि तीन बालिका बेपता

२०७१ माघ १७ गते ५:१९

जाजरकोट, १७ माघ– जाजरकोट नायकवाडा गाविस–७ का तीन बालिका तीन दिनदेखि बेपता भएका छन् । बिहीबार बिहान घरबाट दाउरा ल्याउन हिँडेका नायकवाडा–७ की १२ वर्षीया उषा शाही, ११ वर्षीया कमला शाही र १० वर्षीया लक्ष्मी सिंह सम्पर्कविहीन भएको परिवारले बताएका छन् । बेपता बालिकाको...

हिमपातपछि हुम्लामा चरम खाद्य संकट

२०७१ माघ १७ गते ५:११

हुम्ला, १७ माघ– नेपाल खाद्य संस्थान शाखा हुम्लाले तीन महिनापछि खाद्यान्न वितरण सुरु गरेता पनि गोदाममा मौज्दात सकिएकाले जिल्लामा फेरि खाद्यान्न सङ्कट हुन थालेको छ । हुम्ला जिल्लाको आर्थिक वर्ष २०७१-०७२ मा कोटा १० हजार ९०० क्विन्टल स्वीकृत भएपनि पुस २ गतेदेखि हालसम्म दुई...

प्रेमीले अकैसँग ‘इन्गेज्मेन्ट’ गरेको तस्वीर फेसबुकमा राखेपछि…

२०७१ माघ १७ गते ४:५३

सुनसरी, १७ माघ– धरानकी एक युवतीले प्रेममा धोका पाएको भन्दै आत्महत्या गरेकी छन् । धरान नगरपालिका– १९ की २६ वर्षीया प्रीति मुखियाले ‘धोका पाएको’ भन्दै आत्महत्या गरेकी हुन् । सागर सागर खड्का नाम गरेका युवकसँग प्रेम सम्बन्ध रहेको र उनकै कारण प्रीतिको ज्यान गएको...

प्रचण्डले ‘नआउनु’ भन्दाभन्दै सुशील लाजिम्पाट गएकामा ओली आक्रोशित

२०७१ माघ १७ गते ४:३०

काठमाण्डु, १७ माघ– प्रधानमन्त्री सुशील कोइराला एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न उनकै निवास लाजिम्पाट पुगेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि पोखेका छन् । ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन् । प्रधानमन्त्री कोइराला प्रचण्डले ‘नआउनु’ भन्दाभन्दै शुक्रबार बिहान एक्लै लाजम्पिाट...

काँग्रेस–एमालेबीच प्रश्नावली समिति बैठक तयारीबारे छलफल

२०७१ माघ १७ गते १:३४

काठमाण्डु, १७ माघ– संविधानसभाको प्रश्नावली तयार पार्ने प्रस्ताव समितिको बैठकको तयारीका लागि गठित प्रमुख सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित कार्यदलले शीर्ष नेतालाई आफ्नो तयारीबारे अवगत गराएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सो समितिको कार्यविधि, आफ्ना पार्टीगत तयारीलगायत विषयमा कुराकानी...

भारतलाई गाली गर्दैै झलनाथले गरे चीनको प्रशंसा

२०७१ माघ १६ गते १६:१५

काठमाण्डु, १६ माघ- एमाले वरिष्ठ नेता झलनाथ खनालले उत्तर छिमेकी चीनले संविधान निर्माणमा कुनै दबाब भनिएको भन्दै चिनियाँ नीतिको प्रशंसा गरेका छन् । कतिपय मुलुकले दबाब दिइरहेको भए पनि चीन तटस्थ बसेको भन्दै खनालले खुसी व्यक्त गरे । ‘कतिपय छिमेकीले उपदेश दिइरहेका छन्, खनालले...

ज्ञानेन्द्र सल्बलाएका बेला खुमबहादुरले किन गरे काँग्रेस र पूर्वराजा मिल्नुपर्ने प्रस्ताव ?

२०७१ माघ १६ गते १५:१६

काठमाण्डु, १६ माघ- काँग्रेस नेता खुमबहादुर खड्काले आफ्नो पार्टी काँग्रेस र पूर्वराजा ज्ञानेन्द्र शाह मिल्नुपर्ने बताएका छन् । बीपी मेमोरियल स्टुडेन्ट फाउन्डेशनले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनले संकटमा परेको राष्ट्रियता जोगाउन काँग्रेस र ज्ञानेन्द्र मिल्नुपर्ने बताएका हुन् । राष्ट्रियता बचाउने एक मात्र विकल्प काँग्रेस...

लुम्बिनीमा वायु प्रदूषण मापक यन्त्र जडान गरिने

२०७१ माघ १६ गते १३:४७

सिद्धार्थनगर,१६ माघ– सहरी विकास मन्त्रालयले लुम्बिनी क्षेत्रभित्र वायु प्रदूषण मापन यन्त्र जडान गर्ने भएको छ । लुम्बिनी विकास कोष र सहरी विकास मन्त्रालयको संयुक्त लगानीमा लुम्बिनी क्षेत्रभित्रका तीन स्थानमा सो यन्त्र जडान गर्न लागिएको हो । लुम्बिनीमा रहेको ऐतिहासिक अशोक स्तम्भलाई विभिन्न सिमेन्ट कम्पनीबाट...

लाजिम्पाटमा प्रचण्डले सुशीललाई यसो भने

२०७१ माघ १६ गते १३:४७

काठमाण्डु, १६ माघ– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा अध्यक्ष सुवास नेम्वाङले थालेको बहुमतीय प्रक्रिया नसच्चिएसम्म आफूहरु प्रक्रियामा सहभागी नहुने बताएका छन् । आफूलाई भेट्न शुक्रबार लाजिम्पाटस्थित निवासमै आएका प्रधानमन्त्री सुशील कोइरालालाई उनले प्रक्रिया नरोकेसम्म वार्तामा बस्न तयार नरहेको जवाफ दिएका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us