पाँचथर, २१ कात्तिक– स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समिति पाँचथर र जिल्लास्थित राजनीतिक दलले पाँचथर जिल्लामा आठओटा स्थानीय तह रहनेगरी भिन्नाभिन्नै दुई खाका स्थानीय तह पुनः संरचना आयोगमा पठाउने सहमति गरेका छन् । समिति र दलको छलफलबाट आठवटा स्थानीय तह रहेका...
काठमाण्डु, २० कात्तिक-नेपाल मेडिकल काउन्सिलले चालु शैक्षिकसत्रका लागि शुक्रबार मेडिकल कलेजको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ) को सिट सङ्ख्या निर्धारण गरेको छ । काउन्सिलको बिहीबार र शुक्रबार बसेको बैठकले एमबिबिएसमा अधिकतम ११५ सिट र बिडिएसमा अधिकतम ५० सिट तोक्ने निर्णय गरेको छ । यसपटकको सिट...
उर्लाबारी, २० कात्तिक-सवारी दुर्घटनामा परी मोरङको कोशीहरैचामा शनिबार दिउँसो एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोशीहरैचा–१ खोर्सानेका चेतराज कार्की रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए । कोशीहरैचा नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको को १४ प...
नुवाकोट, २० कात्तिक-परराष्ट्रमन्त्री प्रकाशशरण महतले संविधान जारी गर्न नेपाली काँग्रेसले धेरै ठूलो सङ्घर्ष गरेकाले यसको सफल कार्यान्वयनका लागि पनि काँग्रेसले अहम भूमिका लिएको बताएका छन् । नेपाल तरुण दल गाउँ कार्यसमिति थानसिङ नुवाकोटद्वारा शनिबार पार्टी कार्यालय भवनको उद्घाटनपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतले संविधानमा...
बुटवल, २० कात्तिक-नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधनका नाममा मुलुकमा खतरनाक खेल भइरहेको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले सरकारले अहिलेसम्म संविधान संशोधनको कुरा गरे पनि त्यसको पुष्टि गर्न नसकेको बताए । नेता...
काठमाण्डु, २० कातिक– मधेशी मोर्चाका नेता एवम् नेपाल सद्भावना पार्टीका नेता अनिल झाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण फलदायी भएको टिप्पणी गरेका छन् । शनिबार राजधानीमा रिपोर्टस् क्लव नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा झाले भने,...
काठमाण्डु, २० कातिक– नेपाली कांग्रेसका नेता तथा सांसद मीन विश्वकर्माले भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणले द्धिपक्षीय सम्बन्धमा देखा परेका चिसोपनाहरु हटेको दाबी गरेका छन् । शनिबार रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले भने, ‘महामहिम राष्ट्रपति मुखर्जीको...
काठमाण्डु,२० कातिक– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले भारतीय राष्ट्रपति मुखर्जीको तीन दिने नेपाल भ्रमण पूर्ण रुपमा सफल भएको दाबी गरेका छन् । शनिबार राजधानीमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले सो कुराको दाबी गरेका हुन् ।...
काठमाण्डु २० कातिक–नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने राजकीय नेपाल भ्रमण सकारात्मक भएको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै उनले राजनीतिक दृष्टिकोणमा शीर्ष तहको भ्रमणको...
काठमाण्डु, २० कात्तिक-नेकपा एमालेका नेता माधवकुमार नेपालले भारततर्फ संकेत गर्दै नेपालको राजनीतिक समस्या समाधानमा कसैको हस्तक्षेप र दबाब स्वीकार्य नहुने बताएका छन् । साझा प्रकाशनद्वारा प्रकाशित साहित्यकार राम विनयको कथाकृति ‘घर बिनाको घर’ को शनिबार यहाँ लोकार्पण गर्दै नेता नेपालले नेपालीहरु स्वाभिमान र स्वतन्त्रतापूर्वक...
बेंसीसहर (लमजुङ), २० कात्तिक-सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुईथरिलाई कारबाही सुरु गरेको छ । नियम विपरीत सवारी चलाउने र सवारीधनी दुवैलाई कारबाही सुरु गरिएको हो । चालक अनुमतिपत्र नभएकाहरुले सवारी चलाएको भेटिएमा मात्र कारबाही गर्दै आएको प्रहरीले चालक अनुमतिपत्र नभएका व्यक्ति र सवारीधनी...
काठमाण्डु, २० कात्तिक– नेपाल तरुण दल असन्तुष्ट पक्षले संस्थापन पक्षले एकलौटी ढंगले यही कातिक २७, २८, २९ गते चौथो महाधिवेशनको मिति तय गरेको भन्दै आफूहरुले उठाएका कुराहरु सम्बोधन नभए समानन्तर समिति गठन गर्ने चेतावनी दिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै...