समाचार

नदीमा डुबेर एक बालिकाको मृत्यु

२०७३ मंसिर १८ गते १४:३८

कपिलवस्तु-सिसवा गाविसको कञ्चनिया नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । सो गाविस– ५ का भदई चमारकी १६ वर्षीय छोरी उर्मिला चमार खोलामा डुबेको अवस्थामा शनिबार फेला परेको प्रहरीले जनाएको छ । मृतक चमारको शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगन्ज पठाइएको प्रहरीले जनाएको छ...

संविधान संशोधन विधेयक प्रतिगामी छ: लेखी

२०७३ मंसिर १८ गते १४:३४

विराटनगर-नागरिक समाज पार्टीका केन्द्रीय संयोजक राजकुमार लेखीले संविधान संशोधनको विधेयक प्रतिगामी रहेको आरोप लगाएका छन् । सो पार्टीद्वारा शनिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले थारु, आदिवासी जनजाति, मधेसी, मुस्लिम र दलितसँग छलफल नगरी ल्याइएको र सो विधेयकमा सङ्घीय सीमाङ्कन र राज्यको हरेक तहमा समावेशी...

ठुला दलले सडकमा टायर बाल्ने होइन: बानियाँ

२०७३ मंसिर १८ गते १४:२४

हेटौँडा-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रमुख दल सडकमा ढुङ्गामुढा र टायर बालेर होइन संसद्मा संसदीय प्रक्रियाबाट संविधान संशोधनको प्रस्तावमा छलफल गर्नु पर्ने बताएका छन् । राज्यमन्त्री बानियाँले नेपाली काँग्रेस मकवानपुरद्वारा शनिबार उनको सम्मानमा आयोजित एक स्वागत कार्यक्रममा राष्ट्रमा अहिले संविधानको कार्यान्वयनलाई...

अयोध्याबाट आएका जन्ती जनकपुरका लागि प्रस्थान

२०७३ मंसिर १८ गते १४:१८

बर्दिवास-विवाहपञ्चमी महोत्सवका लागि भारतको अयोध्यासहितका ठाउँबाट आएका साधुसन्तसहित जन्ती शनिबार महोत्तरी जिल्लाको मटिहानीबाट जनकपुरका लागि प्रस्थान गरेका छन् । त्रेता युगमा मर्यादा पुरुषोत्तम श्रीराम र जनकनन्दिनी सीताको विवाह भएको सम्झनामा मार्ग शुक्लपञ्चमीका दिन जनकपुरमा आयोजना हुने विवाह महोत्सवमा सरिक हुन अयोध्याबाट लावालस्करसहित जन्ती आएका...

एमालेबिना पनि संविधान संशोधन हुन्छ: राणा

२०७३ मंसिर १८ गते १४:०९

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्सेर राणाले एमाले सहमतिमा नआएपनि संविधान संशोधन हुने बताएका छन् । शनिबार सम्वाद क्लवमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले सकेसम्म सहमतिका लागि प्रयास हुने र नभए एमाले नआएपनि संविधान संशोधन हुने...

प्रचण्डको ठाडो निर्देशनमा डा.गोविन्द केसीको एउटा महत्वपूर्ण माग सम्बोधन

२०७३ मंसिर १८ गते १३:५७

काठमाण्डु– एक्काईस दिनदेखि अनसनरत डा.गोविन्द केसीको एउटा महत्वपूर्ण माग पूरा भएको छ । सरकारले शनिबार चिकित्साशास्त्र अध्ययन संस्थान (आईओम) का डिनमा प्रा.डा जगदीश प्रसाद अग्रवाललाई नियुक्त गरेसँगै डा.केसीको एउटा माग पूरा भएको हो । सरकारले डा.अग्रवाललाई संस्थानको डिनमा नियुक्त गरेको छ । श्रोतका अनुसार...

उपत्यकाका नदीबाट १५ मेट्रिक टन फोहर व्यवस्थापन

२०७३ मंसिर १८ गते १३:३१

काठमाण्डु-उपत्यकाका प्रमुख नदी सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइको १८६ औँ हप्तामा शनिबार त्रिपुरेश्वर पुलमुनि सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतःस्फूर्त रुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूह नदीभित्र छिरेर सफाइ गरेको र...

एमालेले सडक तताइरहेका बेला सभामुख र उपराष्ट्रपतिबीच यस्तो कुराकानी

२०७३ मंसिर १८ गते १३:२२

काठमाण्डु-उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख ओनसरी घर्तीबीच शनिबार बिहान भेटवार्ता भएको छ । उपराष्ट्रपतिको निवासमा भएको भेटका क्रममा सभामुख घर्तीले व्यवस्थापिका–संसद्मा भइरहेका गतिविधि, मङ्सिर ५ देखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमण र दुबईमा हुने महिला सभामुखहरुको अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन जान लागेको बारे...

म्याग्दी यातायात सेवाका जिप तोडफोड

२०७३ मंसिर १८ गते १३:०६

म्याग्दी-पश्चिम म्याग्दी यातायात सेवा प्रालि दरवाङले बेनी– दरबाङ सडकखण्डमा आइतबारदेखि सञ्चालन गर्न ल्याएको दुईवटा जिप पर्वत बेनीमा तोडफोड भएको छ । दरबाङमा आइतबार उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारीका साथ ल्याउन लागेको जिपमध्ये दुईवटा जिपको अगाडिको सिसा, झ्याल लगायतमा क्षति पुगेको छ । म्याग्दी आउने...

जंगली हात्तीको आक्रमणबाट ३५ जनाको मृत्यु

२०७३ मंसिर १८ गते १२:४९

बर्दिया- वन्यजन्तुको आक्रमणमा परी करिब सत्र वर्षका अवधिमा तीसभन्दा बढीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख रमेशकुमार थापाका अनुसार २०५६ देखि २०७३ भदौ मसान्तसम्म जङ्गली हात्तीको आक्रमणमा परी ३५ जनाको मृत्यु भएको छ । सरकारले उनीहरुका परिवारलाई राहतस्वरुप २५ हजारदेखि एक लाखसम्म...

टोपबहादुर भन्छन्– बरु प्रचण्डले छाड्लान म माओवादी छाड्दिन

२०७३ मंसिर १८ गते ११:५९

काठमाण्डु, १८ मंसिर– माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले आफू पार्टी छाडेर एमाले प्रवेश गर्न लागेको भन्ने प्रचारमा सत्यता नरहेको बताएका छन् । उनले आफूमा राजनीतिक चेतना आएदेखि माओवादी विचार बोकेर हिंडेको र बाचुञ्जेल माओवादी भइरहने दाबी गरे । आफ्नो राजनीतिक चरित्र हत्या गर्ने षड्यन्त्रअन्तर्गत...

सबै मधेसी नेतालाई भारतीय राजदूतले किन बोलाए दूतावास ?

२०७३ मंसिर १८ गते ८:३८

काठमाण्डु, १८ मंसिर– नेपालका लागि भारतीय राजदूत रञ्जित रेले मधेसी मोर्चा र संघीय गठबन्धन आवद्ध मधेस केन्द्रित दलका नेतालाई सामूहिक भेटका लागि बोलाएका छन् । राजदूत रेले लैनचौरूिथत दूतावासमा मोर्चाका नेतालाई शनिबार बिहान ‘लन्च मिटिङ’ मा बोलाएका हुन् । त्यसका लागि मधेस केन्द्रित दलका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us