समाचार

केपी ओलीले तोके प्रचण्डविरोधी मोर्चाका १३ कमाण्डर

२०७३ पुष ७ गते १९:३२

काठमाण्डु, ७ पुस– प्रमुख विपक्षी एमालेले संविधान संशोधन प्रस्तावविरुद्ध आगामी २२ पुसमा गर्ने भनिएको जनप्रदर्शन तयारीका लागि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको छ । उच्च स्रतरीय कार्यदल नाम दिइएको उक्त समितिमा पार्टी उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरु योगेश भट्टराई, प्रदीप...

यी हुन् लोकमानलाई कालोमोसो दल्ने दुई युवा

२०७३ पुष ७ गते १९:१७

काठमाण्डु, ७ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्ने दुई युवा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका केन्द्रीय सदस्य रहेको खुलेको छ । विप्वल माओवादीका युवा नेता रजमान तामाङले आफ्नो पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यहरु प्रकाश शाही र चन्द्रबहादुर...

कालोमोसो दले लगत्तै आयोलोकमानको कडा प्रतिक्रिया, धेरैको शरीरबाट बस्त्र उतार्ने चेतावनी

२०७३ पुष ७ गते १९:०७

काठमाण्डु, ७ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले आफू पुनः अख्तियार फर्कने दाबी गर्दै राजनीतिक दलका नेतालाई धम्की दिएका छन् । आफ्नो निजी वेभफेजमार्फत बिहीबार एक अपिल जारी गर्दै उनले नेताहरुको शरीरबाट बस्त्र (कपडा) तार्ने चेतावनी दिएका हुन् । ‘अख्तियार प्रमुखका...

प्रचण्डले मन्त्री नदिएपछि केपी ओलीको गठबन्धनमा छिरे पासवान

२०७३ पुष ७ गते १६:५५

काठमाण्डु, ७ पुस– विश्वेन्द्र पासवान नेतृत्वको बहुजन शक्ति पार्टी सरकारमा मन्त्री नपाएपछि विपक्षी गठबन्धनमा सामेल भएको छ । पासवान बिहीबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी गठबन्धनको बैठकमा सहभागी भएका हुन् । यो सँगै विपक्षी गठबन्धनमा आवद्ध दलको संख्या नौ पुगेको छ ।...

लोकमानसिंह कार्कीलाई सर्वोच्चभित्रै दलियो कालोमोसो

२०७३ पुष ७ गते १६:४४

काठमाण्डु, ७ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि बिहीबार सर्वोच्च अदालतभित्रै कालोमोसो दलिएको छ । अख्तियार पं्रमुखको योग्यतामा प्रश्न उठाउँदै दायर भएको रिटको सुनुवाइमा सहभागी भएर अर्को सुनुवाइको पेसी बुझ्ने क्रममा कार्कीमाथि दुई अज्ञात व्यक्तिले कालोमोसो दलेका हुन् । कार्की सर्वोच्च प्रशासनमा...

एमालेमाथि मधेसी दलको गम्भीर आरोप, आरोप सत्य भए बर्बाद हुन सक्छ नेपाल

२०७३ पुष ७ गते १६:०९

काठमाण्डु, ७ पुस– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमालेसहितका विपक्षी दलले संविधान संशोधन प्रस्तावलाई लिएर गरेको टिप्पणीप्रति आपत्ति जनाएको छ । तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालयमा बिहीबार बसेको मोर्चा बैठकले एमालेका कारण मुलुकको अखण्डता कमजोर बनेको निस्कर्ष निकालेको हो । बैठकपछि गठबन्धन संयोजक उपेन्द्र यादवद्वारा...

गाडी र मोटरसाइकल चालकका लागि खुसीको खबर

२०७३ पुष ७ गते १५:४९

काठमाण्डु, ७ पुस– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अबदेखि घण्टौं लाइन लाग्ने समस्याबाट मुक्ति मिल्ने भएको छ । यातायात व्यवस्था कार्यालयले आगामी आइतबारदेखि अनलाइनबाटै लाइसेन्सको आवेदन लिने भएपछि लाइन बस्नुपर्ने झण्झटबाट सेवाग्राही मुक्त हुने भएका छन् । यातायात व्यवस्था कार्यालयका अनुसार त्यसका लागि...

अब नलाग्ने भयो प्रचण्डको निधारमा कलंकको टीका !

२०७३ पुष ७ गते १४:३३

काठमाण्डु, ७ पुस– सरकारले काठमाण्डु–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण नेपाल आफैंले गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त आयोजना निर्माणको काम भारतीय कम्पनीलाई दिनेसम्बन्धी सम्झौता खारेज गरेको हो । यसअघि उक्त आयोजना निर्माणको काम भारतको ‘आइएल एन्ड एफसी’ नामक कम्पनीलाई दिने सम्झौता...

प्रचण्डको क्याबिनेटमा ज्ञानेन्द्र र पारसलाई जेल हाल्ने विषयमा छलफल

२०७३ पुष ७ गते १४:१२

काठमाण्डु, ७ पुस– पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुलाई चुनौती दिँदै वक्तव्यबाजी गर्न थालेपछि सरकारले तत्कालिन राजदबार हत्या काण्डको छानबिन गर्ने प्रक्रिया अगाडि बढाउने संकेत देखिएको छ । मन्त्रिपरिषलको बिहीबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने विषय प्रवेश गराएका हुन् ।...

प्रचण्ड, देउवा र ओली मिल्न नसकेपछि ओनसरीले चालिन यो कदम

२०७३ पुष ७ गते १२:३३

काठमाण्डु, ७ पुस– सभामुख ओनसरी घर्तीले बिहीबारका लागि बोलाएको बैठक स्थगित गरेकी छन् । प्रमुख दलबीच विवाद नसुल्झिएका कारण बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । बैठक आगामी १० पुसमा बस्ने गरी स्थगित भएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबीन शर्माले जानकारी दिए ।...

बाबुरामका नजरमा पूर्वराजा ज्ञानेन्द्र पाखण्डी, खोदिलिए पोल

२०७३ पुष ७ गते १०:२५

काठमाण्डु, ७ पुस – नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । ज्ञानेन्द्रले पश्चगामी ध्येयका साथ अभिव्यक्ति दिन थालेको र त्यसका लागि सक्रियता बढाएको भन्दै भट्टराईले आपत्ति जनाएका हुन् । ज्ञानेन्द्रको अग्रगामी शक्तिबाट प्रतिवाद हुनुपर्ने समेत...

काठमाण्डुमा छैन बन्द

२०७३ पुष ७ गते ९:३५

काठमाण्डु ७ पुस नेत्रविक्रम चन्द नेत्रित्वको नेकपा माअोवादीले अाव्हान गरेको उपत्यका बन्दको असर नगण्य देखिएको छ ा सडकमा बाक्लो संख्यामा सवारी साधन चलेका छन ा सुरक्षाकर्मीको बाक्लो तैनाथी छ ा प्रहरीले राजधानीका विभिन्न स्थानबाट दर्जनबढी बन्दकर्तालाई पक्राउ गरेको छ ा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव माअोवादीले बिहीबार उपत्यका बन्द...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us