काठमाण्डु, ६ पुस– राजनीतिक दलहरुबीच ध्रुवीकरण बढिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे तीव्र असन्तुटि जनाएका छन् । बुधबार विज्ञप्तिमार्फत उनले नेपाली जनताको आस्था नढलेको भन्दै सक्रिय हुने संकेत समेत गरेका छन् । उनले जनता जाग्ने बेला आएको पनि उल्लेख गरेका छन्...
गुल्मी, ६ पुस– काँग्रेस नेता समेत रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एमालेको उक्साहटमा लागेर संविधान संशोधन विधेयकविरुद्ध नलाग्न काँग्रेस कार्यकर्तालाई निर्देशन दिएका छन् । गुल्मीमा बुधबार आयोजित कार्यक्रममा निधिले पार्टीको निर्णय मान्न निर्देशन दिएका हुन् । एमालेले झुठको खेती गरिरहेको आरोप लगाउँदै झुठको...
कैलाली, ६ पुस– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुने अडान दोहो¥याएका छन् । कैलालीमा बुधबार ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ (सुपरजोन) को उदघाटन गर्दै उनले असफल भए पनि सरकार विधेयक फिर्ता लिने पक्षमा नरहेको उल्लेख गरे...
रुपन्देही, ६ पुस– केही दिनअघि गोली हानी हत्या गरिएका एमाले युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई सहिद घोषणाका लागि सिफारिस गरिएकोछ । जिल्ला सुरक्षा समितिको बैठकले तिवारीलाई सहिद घोषणा गर्दा बुधबार गृह मन्त्रालयलाई सिफारिस गरेको हो । एमालेले राजनीतिक प्रतिशोधका आधारमा हत्या गरिएकाले तिवारीलाई...
खोटाङ, ६ पुस- जिल्ला निर्वाचन कार्यालय खोटाङले फोटोसहित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न एक महिने कार्यक्रम सञ्चालन गर्ने भएको छ । १६ वर्ष उमेर पुगेका नेपाली नागरिकको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा यसअघि नाम दर्ता गर्न छुट भएका मतदाताको दर्ता, गलत विवरण भरिएका...
काठमाण्डु, ६ पुस– स्वास्थ्य मन्त्रालयले बिरामी तथा तिनका कुरुवाहरुलाई शिष्ट, नम्र तथा उत्तरदायी व्यवहार गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले देशभरका सबै स्वास्थ्य संस्थाहरुलाई परिपत्र गर्दै स्वास्थ्य सेवा ऐन, २०५३ को परिच्छेद ८ (दफा ५२ (६७) मा उल्लेख भएअनुसारको आचरणसम्बन्धी व्यवस्थाको पूर्ण कार्यान्वयन...
भक्तपुर, ६ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार विदेशीको चाहनामा चलेको आरोप लगाएका छन् । ओलीले विदेशी रिझाउन खोज्दा सरकारले आफ्नो अधिकार र कर्तव्य दुवै भुलेको आरोप लगाए । आफ्नै निवास बालकोटमा बुधबार पूर्वसांसद मञ्चका पदाधिकारीसँगको भेटमा ओलीले काँग्रेस...
काठमाण्डु, ६ पुस– एमाले उपाध्यक्ष बामदेव गौतमले एमालेले बाध्य भएर संघीयता स्वीकार गरेको बताएका छन् । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन आफूहरुले मन नपरे पनि संघीयता स्वीकार गरेको उनको प्रष्टीकरण थियो । ‘माओवादीलाई शान्तिमा ल्याउने नाममा हामीले हुने र नहुने सबै गरियो’, राजधानीमा बुधबार आयोजित...
भक्तपुरु, ६ पुस– कानूनमन्त्री अजयशंकर नायकले राष्ट्रवादको कुरा गर्ने र मधेसको माग सम्बोधन गर्ने अन्तिम विकल्प स्थानीय तहको निर्वाचन भएको बताएका छन् । रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको कार्यक्रममा नायकले वर्तमान समयमा जसले जे भने पनि राष्ट्रको पहिलो आवश्यकता र सबैको मिलन बिन्दु...
काठमाण्डु, ६ पुस– विश्वमा आतंककारी घट्नामा वृद्धि भइरहेकै बेला चार महिनाअघि गत असोज २३ मा नेपाली सेनाले भक्तपुरमा आतंकप्रतिकार–१ नामक अभ्यासको सुरुवात गरेको थियो । उक्त अभ्यासमा काठमाण्डुस्थित अमेरिका, चीन र भारतसहित विभिन्न देशका सैनिक सहचारीलाई समेत सेनाले निम्त्याएको थियो । नेपाली सेनाको विशेष...
चितवन, ६ पुस- नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने सरकारी र निजी क्षेत्रका विद्युत् लाइन काट्ने अभियानलाई तीव्रता दिएको छ । साठी दिनभन्दा लामो समय विद्युत् महसुल नतिर्ने जिल्ला अदालत, जिल्ला शिक्षा कार्यालय, नापी कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयसहित निजी...
जनकपुर, ६ पुस- स्वास्थ्यमन्त्री गगन थापाले राजनीतिका पहिलो पुस्ताको आदर्शलाई अनुसरण गरेमा राजनीतिक मूल्यमान्यता जीवन्त हुन सक्ने बताएका छन् । प्रजातान्त्रिक योद्धा स्व रामनारायाण मिश्रको ४९ पुण्यतिथिका अवसरमा आज जनकपुरमा आयोजित श्रद्धाञ्जलि र प्रार्थनासभामा उनले आजका पुस्ताले राष्ट्रिय चिन्तनलाई गलत ढङ्गले बङ्ग्याउन उद्यत रहेकाले...