समाचार

केपी ओलीको पुस्तक ‘म प्रधानमन्त्री हुँदा’ शुक्रबार बजारमा

२०७३ माघ १३ गते ११:०३

काठमाण्डु, १३ माघ– एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीको पुस्तक बजारमा आउने भएको छ । ओलीको पुस्तक ‘म प्रधानमन्त्री हुँदा’ को शुक्रबार नयाँ बानेश्वरको अल्फाबिटा कम्प्लेक्समा आयोजित कार्यक्रममा लोकार्पण हुने छ । प्रेस चौतारीको आयोजनामा हुने कार्यक्रममा ओलीसहित लेखक सौरभ, (दिनेश सत्याल) पत्रकार विजयकुमार...

पत्रकारिता पुरस्कार सिग्देललाई

२०७३ माघ १३ गते ११:०२

काठमाण्डु, १३ माघ – प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा सञ्चालित प्रेस चौतारी पत्रकारिता पुरस्कार पत्रकार श्रीराम सिग्देललाई प्रदान गरिने भएको छ । संस्थागत विकासका साथै प्रेस स्वतन्त्रता, लोकतान्त्रिक आन्दोलन र नागरिक अधिकारको संरक्षणमा योगदान पुर्याएबापत प्रत्येक वर्ष एक जनालाई प्रदान गरिने सो पुरस्कारको राशि...

उपकुलपति नियुक्ति नगरे सेवा ठप्प पार्ने चेतावनी

२०७३ माघ १३ गते १०:५२

काठमाण्डु , १३ माघ – नौ महिनादेखि उपकुलपतिबिहीन बनाइएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले उपकुलपति नियुक्त गर्न अझै ढिलाइ गरिए सेवा ठप्प गर्ने चेतावनी दिएको छ । प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईको अध्यक्षतामा मेडिकल डाइरेक्टर, चिकित्सक तथा कर्मचारी सहभागी बैठकले सेवा बन्द गर्ने...

वृद्ध भत्ताको पैसाले पढेर ७६ वर्षमा १२ कक्षा उत्तीर्ण

२०७३ माघ १३ गते १०:३२

सोलुखुम्बु, १३ माघ– विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गरेका छन् । गाउँमा योजनाको उपभोक्ता समितिमा बस्दा समस्या भएपछि ‘पढाइ महत्वपूर्ण रहेछ जसरी पनि पढ्छु’ भन्दै २०६३...

पूर्वराजपरिवारको दश कट्ठा जग्गा फेला

२०७३ माघ १३ गते १०:२८

काठमाण्डु, १३ माघ– पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको हो । ट्रस्टका सहसचिव लेखबहादुर कार्कीले पूर्वराजपरिवारको नाममा रहेको उक्त जग्गा...

माओवादी केन्द्रका चार पोलिट्ब्युरोसहित ७० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

२०७३ माघ १३ गते ८:४०

काठमाण्डु, १३ माघ– नेकपा माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले एकैसाथ सामूहिक राजीनामा दिएका छन् । सिन्धुपाल्चोकका चार पोलिट्ब्युरो सदस्यसहित ७० जनाले मंगलबार चौतारास्थित सहिद स्मृति हलमा आयोजित एकता जिल्ला भेलामार्फत पार्टी नेतृत्वसमक्ष राजीनामा दिएका हुन् । राजीनामा दिनेमा पोलिट्ब्युरो सदस्यहरु कृष्णप्रसाद सापकोटा, केशव...

प्रकाशचन्द्र लोहनी राप्रपाको राष्ट्रिय अध्यक्ष

२०७३ माघ १२ गते २१:३९

काठमाण्डु, १२ माघ– बुधबारदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको पदभार डा. प्रकाशचन्द्र लोहनीले सम्हालेका छन् । निवर्तमान अध्यक्ष पशुपति शम्शेर राणा सो पदबाट अलग हुन चाहेकाले पार्टीको विधानअनुसार डा. लोहनीलाई बुधबार सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो जिम्मेवारी दिएको हो । उक्त कार्यक्रममा...

एकसिटे मन्त्रीको घोषणा, राष्ट्रलाई नै तरंगित पार्दैछु !

२०७३ माघ १२ गते २१:२७

काठमाण्डु, १२ माघ– महिला, बालबालिका एवम् समाज कल्याणमन्त्री कुमार खड्काले राष्ट्रलाई नै तरङ्गित पार्ने चार विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री खड्काले अखण्ड नेपाल पार्टी कास्कीद्वारा आफ्नो सम्मानमा आयोजित कार्यक्रममा छोराछोरीबाट अपहेलित बन्दै बाबुआमा वृद्धाश्रममा गएर बस्नुपरेका घटना बढ्दै गएकाले अब तिनका...

बिहीबार घेरिने भयो लैनचौरको भारतीय दूतावास, यस्तो छ कारण

२०७३ माघ १२ गते २१:१७

काठमाण्डु, १२ माघ– ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बिहीबार लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शनसहित विरोध कार्यक्रम गर्ने भएको छ । भारतले नेपाली भूमिमा अवैध रुपमा गणतन्त्र दिवस मनाउन लागेको भन्दै मोर्चाले विरोध कार्यक्रम गर्न लागेको हो । बिहीबार भारतको ६८ औं गणतन्त्र दिवसका अवसरमा भारतीय...

भारतीय राजदूत रायको यस्तो दाबी, कसले पत्याउला ?

२०७३ माघ १२ गते २०:००

काठमाण्डु, १२ माघ– नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतले कहिल्यै पनि हस्तक्षेप नगरेको दाबी गरेका छन् । रिापेर्टर्स क्लबले बुधबार गरेको साक्षत्कारमा उनले नेपालमा हस्तक्षेप गरेर भारतलाई केही फाइदा नहुने तर्क गरे । नेपालमा अस्थिरता हुँदा भारतलाई फाइदा नहुने...

लोडसेडिङ अन्त्य अभियानविरुद्ध लागेको आरोपमा प्राधिकरणका २५ सय कर्मचारीको एकैसाथ सरुवा

२०७३ माघ १२ गते १९:४३

काठमाण्डु, १२ माघ– लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोधक बनेको आरोपमा नेपाल विद्युत प्राधिकरणले एकैसाथ ठूलो संख्यामा कर्मचारी सरुवा गरेको छ । प्राधिकरणले आफूमातहका २ हजार ४ सय ८० कर्मचारीको एकैपटक सरुवा गरेको हो । प्राधिकरणको इतिहासमै यति धेरै संख्यामा एकैपटक सरुवा भएको यो पहिलोपटक...

बिजुली चोरेर उपत्यका अन्धार पार्नेहरु काँग्रेस–एमाले कर्मचारीका नेता

२०७३ माघ १२ गते १९:३३

काठमाण्डु, १२ माघ– विद्युत मिटर बिगारेको आरोपमा पक्राउ परेका कर्मचारी काँग्रेस र एमाले निकट कर्मचारी संगठनका नेता भएको खुलासा भएको छ । मिटर बिगारेर लोडसेडिङ बढाउने काममा सक्रिय रहेको आरोपमा पक्राउ परेका प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कका मिटर रिडर मनिज श्रेष्ठ नेपाली कांग्रेसनिकट कर्मचारी संघका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us