समाचार

छब्बीस दिनदेखिको सडक बन्द फिर्ता

२०७३ माघ २० गते १०:३६

काठमाण्डु २० माघ–स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनको विषयमा असन्तुष्टी जनाउँदै खोटाङमा तीन साताअघि देखि सुरु भएको अनिश्चितकालीन सडक बन्द फिर्ता भएको छ । जिल्लाबाट सर्वसम्मतिमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर लामीडाँडा बनाइएको विरोधमा पुस २३ गतेदेखि सुरु गरिएको अनिश्चितकालीन सडक बन्द जिल्ला...

नेपाल प्रहरीमा जागिर खुल्यो

२०७३ माघ २० गते १०:३२

काठमाण्डु २० माघ–प्रहरी प्रधान कार्यालयले २६ सय ७८ पदका लागि भर्ना आह्वान गरेको छ । कार्यालयले प्राविधिकतर्फ एक हजार ३३ र जनपदतर्फ १६ सय ४५ जना प्रहरी जवान माग गरेको हो । प्रविधिक समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन, स्वास्थ्य, सञ्चार र...

कारागारमा एक कैदीको मृत्यु

२०७३ माघ २० गते १०:२३

काठमाण्डु २० माघ–चितवनको जिल्ला कारागार भरतपुरमा कैद भुक्तान गरिरहेका एक कैदीको बिहीबार मृत्यु भएको छ । नुवाकोट जिल्ला छत्रे आरुखर्क–४ का ब्रेन ट्यूमर भएका २३ वर्षीय बादल शाहीको बिहीबारबिहान करिब ६ बजेको समयमा मृत्यु भएको जिल्ला कारागार चितवनका प्रमुख कमल काफ्लेले जानकारी दिए ।...

ट्रयाक्टरको ठक्करबाट युवकको मृत्यु

२०७३ माघ २० गते १०:०९

काठमाण्डु, २० माघ– ट्रयाक्टरको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार बिहान एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला लाली घर भई हाल भीमदत्तनगरपालिका–१२ ऐरीमा बस्दै आएका ३२ वर्षीय धर्मानन्द भट्ट रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । ढुङ्गा लिन महाकाली नदीतर्फ गइरहेको से...

लोकमानको पछिपछि किन सुटुक्क भारत उडे गुप्तचर प्रमुख रेग्मी ?

२०७३ माघ २० गते ८:१३

काठमाण्ड २० माघ– मुलुकको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी सुटुक्क भारत भ्रमणको लागी दिल्ली पुगेका छन् । गृहमन्त्रालय स्रोतका अनुसार रेग्मी तीन दिने भ्रमणको क्रममा मंगलबार नेपाल एयरलाइन्सको विमानवाट खुसुक्क दिल्ली पुगेका हुन । रेग्मीमाथि सर्वोच्च अदालतबाट भर्खरै निलम्बित...

पार्टी अध्यक्ष प्रचण्डसँग मिलेको भन्दै उपाध्यक्ष एमालेमा प्रवेश !

२०७३ माघ १९ गते २०:००

काठमाण्डु, १९ माघ– अखण्ड नेपाल पार्टीकी केन्द्रीय उपाध्यक्ष रूपा भण्डारी आज नेकपा एमालेमा प्रवेश गरेकी छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले वन विज्ञान क्याम्पस पोखराका पूर्वप्राध्यापकसमेत रहेकी भण्डारीलाई पार्टी प्रवेश गराएका हुन् । नेतृ भण्डारीले अखण्ड पार्टीका अध्यक्ष...

केपी ओलीले भने– पुष्पकमल दाहाललाई आऊ भिडौं भन्न मिलेन, सम्हालिएर बोले हुन्थ्यो

२०७३ माघ १९ गते १९:४४

काठमाण्डु, १९ माघ– एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रमुख प्रतिपक्षी दलको नेता बन्न सुझाव दिएका छन् । एमाले मुख्यालय धुम्बाराहीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा ओलीले प्रतिपक्षी दलको नेतासमेत सत्तापक्षले नै राख्दा ठीक हुने बताए । यद्यपि उनको असन्तुष्टि संसदको...

बाबुरामले भने– उखाने (केपी ओली) र सिके राउत देश टुक्र्याउन लागेका छन्

२०७३ माघ १९ गते १९:२६

मोरङ, १९ माघ– नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन प्रक्रिया बीचैमा रोकेर निर्वाचनमा जान नसकिने बताएका छन् । विराटनगरमा बुधबार भएको एक कार्यक्रममा भट्टराईले संविधान संशोधन नगरी हुने निर्वाचनले मुलुकलाई निकास नदिने उल्लखे गरे । संविधानको स्वीकार्यता बढाउन संशोधन जरुरी रहेको...

सुशील कोइरालालाई श्रद्धाञ्जली दिँदा दिँदै ढलेका आचार्य जब संसदमा आए…

२०७३ माघ १९ गते १९:०८

काठमाण्डु, १९ माघ– स्वास्थ्यमा सुधार भएपछि नेपाली काँग्रेसका नेता नरहरि आचार्यले आज एक वर्षपछि व्यवस्थापिका–संसद्को बैठकमा भाग लिए । गत वर्षको पुस २६ गते सो पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि श्रद्धाञ्जलि दिने क्रममा हृदयाघातका कारण अचेत भएका नेता आचार्य स्वास्थ्यमा सुधार आएपछि राजनीतिक...

ट्रकको ठक्करबाट २ जना घाइते

२०७३ माघ १९ गते १७:४८

काठमाण्डु, १९ माघ–घोराहीमा बुधबार ट्रकले स्कुटीलाई ठक्कर दिँदा दुई महिला गम्भीर घाइते भएका छन् । घाइते दुबै शिक्षिकाको थप उपचारका लागि काठमाडौँ लगिएको छ । घोराही–६ निवासी ३० वर्षीया वसन्ता गौतम र सोही ठाउँ निवासी ३६ वर्षीया सिर्जना भट्ट सवार स्कुटीलाई ट्रकले ठक्कर दिएको...

अस्थायी शिक्षकको रिले अनशन शुरु

२०७३ माघ १९ गते १७:३१

काठमाण्डु, १९ माघ–अस्थायी शिक्षक आन्दोलन, केन्द्रीय समिति २०५५ ले आजदेखि केशरमहलस्थित नेपाल शिक्षक महासङ्घको कार्यालयअगाडि अनिश्चितकालीन रिले अनशन सुरु गरेको छ । अस्थायी शिक्षकलाई प्रक्रिया पूरा गरी स्थायी गराउने माग सम्बोधनमा महासङ्घले चासो नदिएको भन्दै समितिले अनशन सुरु गरेको हो । आजको अनशनमा समितिका...

स्थानीय निकायकै निर्वाचन पहिले: महामन्त्री कोइराला

२०७३ माघ १९ गते १७:२७

काठमाण्डु, १९ माघ–नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तह नभई निकायकै निर्वाचन हुनुपर्ने बताए । भीमबहादुर तामाङ लोकतन्त्र केन्द्रको शुभारम्भ एवम् लिटिल योङ प्रिन्सेस अफ द युनिभर्स २०१७ विजेता रक्षा थापालाई सम्मान गर्न आज यहाँ आयोजना गरिएको कार्यक्रममा उनले एक वर्षभित्र तीनै तहको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us