काठमाण्डु २० माघ–लुम्बिनी अञ्चल अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले स्वास्थ्य मन्त्रालयबाट फार्मेसी सञ्चालनका लागि रु १५ लाख बीउ पुँजी पाए पछि फार्मेसी सञ्चालनको तयारी थालिएको हो । अस्पताल प्रमुख डा विकास देवकोटाले भने – ‘मन्त्रालयबाट बजेट पनि पाइसकेका छौँ...
काठमाण्डु २० माघ–नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका छन्। प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को बिहीबार लोकार्पण गर्दै सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका हुन्। उनले भने,...
काठमाण्डु २० माघ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा एउटा देशको मुठ्ठीमा रहेको नेपाललाई अन्य छिमेकी देशसँग पनि सम्पर्क विस्तार गरेको दावी गरेका छन्। एमाले निकट किसान संगठन अखिल नेपाल किसान महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भारततर्फ लक्षित गर्दै देश विशेषको...
काठमाण्डु २० माघ–भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिएका छन् । भारत विहारको मधुवनी जिल्लाको जयनगर सहरमा अवस्थित भारतीय सीमा सुरक्षा बल ९एसएसबी० को ४८...
काठमाण्डु २० माघ–चितवनको दोस्रो नगरपालिका रत्ननगर नगरपालिकामा सुविधायुक्त सभाहल निर्माण सुरु भएको छ । नगरपालिका बनेको दुई दशकपछि यहाँ सुविधायुक्त सभाहल निर्माण सुरु भएको हो । विसं २०५३ मा स्थापना भएको रत्ननगर नगरपालिका भरतपुरपछि बनेको पहिलो नगरपालिका हो । हाल चितवनमा सात नगरपालिका र...
काठमाण्डु २० माघ–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावको मिति घोषणाबारे कानुनमन्त्री अजयशंकर नायक र महान्यायाधिवक्ता रमन श्रेष्ठसँग बालुवाटारमा छलफल गरिरहेका छन् । बिहीबारको मन्त्रिपरिषद् बैठकमा स्थानीय चुनावको मिति घोषणासम्बन्धी प्रस्ताव लैजाने तयारी भइरहेका बेला प्रधानमन्त्रीले कानुनमन्त्री र महान्यायाधिवक्तालाई बिहानै बालुवाटार बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो...
काठमाण्डु २० माघ–विभिन्न कालखण्डमा टुक्रिएका नेकपा (माओवादी केन्द्र) निकट पर्यटन व्यवसायी सङ्गठनबीच एकता हुने भएको छ । ती सङ्गठनले भोलि शुक्रबार एकता भेला गरी पर्यटन प्रवद्र्धनका लागि नयाँ कार्ययोजना ल्याउने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । व्यवसायीको एकतासँगै पर्यटन क्षेत्रको सुदृढीकरण र...
काठमाण्डु २० माघ–राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पारदर्शी र जवाफदेही रुपमा पुनःनिर्माणका काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई निर्देशन दिएको छ । भूकम्प प्रभावित जिल्लामा साझेदार संस्थाका तर्फबाट भइरहेका पुनःनिर्माणका कामप्रति विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्राधिकरणले निजी आवास पुनःनिर्माणमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका...
काठमाण्डु २० माघ–सोलुखुम्बुको अधिकांश स्वास्थ्य केन्द्रमा सामान्य टाउको दुख्दा, प्रयोग गरिने सिटामोल नपाएर बाहिर मेडिकलमा किन्नुपरेको सेवा ग्राहीको गुनासो छ । घन्टौँ लगाएर उपचार गर्न स्वास्थ्य चौकीमा पुगे पनि रित्तो हात फर्कनुपरेको इलाका स्वास्थ्य चौकी नेलेमा ज्वरोले ग्रस्त भएपछि चेकजाँच गराई फर्किएका स्थानीय श्याम...
काठमाण्डु २० माघ–म सपना रावतको ठूलोबुवा हुँ । उनी मेरी सालीकी छोरी हुन् । सपनाले आत्माहत्या गर्नु १० दिनअघि म उनको घरमा पुगेको थिएँ । त्यसबेला लघुवित्तमा समूह बनाएका त्यहींका महिलाहरु आएर नानाभाँती गाली गरिरहेका थिए । सपनालाई कोही ‘किस्ता देउ’ भन्दै कराइरहेका थिए...
काठमाण्डु २० माघ–नेपाली काँग्रेसका नेता चिरञ्जीवीनिधि तिवारीको ७३ वर्षको उमेरमा निधन भएको छ । प्याङ्क्रियाजको क्यान्सरबाट पीडित तिवारीको बुधबार साँझ नेपाल क्यान्सर अस्पताल हरिसिद्धीमा उपचारको क्रममा निधन भएको उनको परिवार निकट काँग्रेस नेता लोकेश ढकालले जानकारी दिए । काठमाडौँ क्षेत्र नं ४ का महासमिति...
काठमाण्डु २० माघ–दलितलाई रजिस्ट्रेसन पासमा थैली अङ्कका आधारमा दिइने २५ प्रतिशत छुट्को प्रक्रिया झन्झटिलो हुने गरेको छ । सरकारको झन्झटिलो प्रक्रियाले सो सेवाबाट उनीहरु वञ्चित भएका छन् । तर सरकारले दलित समुदायका लागि घरजग्गा रजिस्ट्रेसनमा थैली अङ्कका आधारमै २५ प्रतिशत छुटको व्यवस्था गरेको छ...